×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

अदालतले स्थगित गर्यो ट्रम्पको सजायको फैसला

२८ कार्तिक २०८१

२८ कार्तिक , एजेन्सी ।

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा १९ नोभेम्बरसम्मका लागि सबै निर्णय स्थगित गरेका हुन् ।

Advertisement
Advertisement

ट्रम्पका वकिलहरू र अभियोजकहरू दुवैले म्याद थप एक हप्ता ढिलाइ गर्न अनुरोध गरेपछि न्यायधीशले स्वीकार गरेका हुन् । सन् २०१६ को चुनावअघि एक महिलासँगको शारीरिक सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई गएको मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।

चुनावअघिदेखि नै ट्रम्पका वकिलहरूले उच्च अदालतको निर्णयका आधारमा मुद्दा खारेज गर्न माग गरेका थिए तर अभियोजकहरूले अस्वीकार गर्दै आएका थिए । अब उनको मुद्दा खारेज भएमा ट्रम्पलाई कुनै सजाय हुनेछैन ।

यसैबीच ट्रम्पले आगामी आफ्नो सरकारको महत्त्वपूर्ण पदमा नियुक्ति सुरु गरेका छन् । ट्रम्पले एक्स, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई सरकारी दक्षता विभाग (डज) को प्रमुख नियुक्त गरेका हुन् ।

यो घोषणा गर्दै ट्रम्पले मस्कलाई ‘ग्रेट एलोन मस्क’ भनेका छन् भने रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् । यो जिम्मेवारी पाएपछि विवेक रामास्वामीले लेखेका छन– हामी नरम व्यवहार गर्ने छैनौँ ।

रामास्वामीले आफूलाई दिइएको जिम्मेवारी आक्रामकताका साथ कार्यान्वयन गर्ने संकेत गरेका छन् र ट्रम्प पनि यही चाहन्छन् । ट्रम्पले रामास्वामीलाई त्यही जिम्मेवारी दिएका छन् जसको उनले वकालत गर्दै आएका थिए ।

उदाहरणका लागि, रामास्वामीले धेरै सरकारी विभाग र एजेन्सीहरू बन्द गर्ने वकालत गर्दै आएका छन् । मस्कसँगै रामास्वामीले संघीय एजेन्सीहरूको पुनर्संरचनाका साथै कर्मचारीतन्त्र, अप्रासंगिक नियम–कानुन र सरकारमा हुने अनावश्यक खर्च रोक्ने काम गर्नेछन् ।

ट्रम्पले यसलाई ‘सेभ अमेरिका’ अभियानका लागि आवश्यक भएको बताएका छन् । यससँगै ट्रम्पले थप केही महत्त्वपूर्ण नियुक्तिलाई पनि अनुमोदन गरेका छन् । फ्लोरिडाका सांसद माइकल वाल्ट्ज अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाइने भएको छ ।

५० वर्षीय वाल्ट्ज पूर्व सैन्य अधिकारी हुन् र लामो समयदेखि ट्रम्पका समर्थक थिए । उनी अमेरिकी कांग्रेसमा पुनः निर्वाचित भएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जको नियुक्तिलाई सिनेटको अनुमोदन आवश्यक पर्दैन ।

त्यस्तै माइक हकाबीलाई इजरायलको राजदूतमा नियुक्त गरिएको छ । हकाबी पछिल्लो १३ वर्षमा इजरायलमा पदमा नियुक्त हुने पहिलो गैर–यहूदी हुन् । ६९ वर्षीय हकाबीले लामो समयदेखि इजरायललाई समर्थन गर्दै आएका छन् ।

यसबाहेक ट्रम्पले क्रिस्टी नोएमलाई होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको प्रमुखमा चयन गरेका छन् । नोएम दक्षिण डकोटाकी गभर्नर हुन् । उनी लामो समयदेखि ट्रम्पको सहयोगी थिइन् र चुनावी अभियानमा ट्रम्पको पक्षमा प्रचारप्रसार गरेकी थिइन् ।

अर्काे तर्फ ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । नाम उल्लेख नगरीकन विभिन्न तीनजनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “आफ्नो उपराष्ट्रपति पदको उमेदवारका रूपमा चयन गरेका रुबियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उमेदवारका रूपमा प्रस्तुत गरेका छन् यद्यपि यो निर्णय अन्तिम होइन ।

” जर्मनीका निम्ति पूर्वराजदूत रिक ग्रेनेलसँगै रुबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपंक्तिको व्यक्तिका रूपमा गएको सातादेखि चर्चा गरिएको छ । रुबियोले गएको साता सीएनएनसँग भनेका थिए, “म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु ।”

क्युबाको विरासत बोकेका कट्टरपन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ । सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका निम्ति उमेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ‘हालसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भनेका थिए ।

मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उनले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए । सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनको अति दक्षिणपन्थी दल टी पार्टीले उनको चुनावी अभियानलाई बढावा दिँदा रुबियो अमेरिकी सिनेटमा निर्वाचित भएका थिए ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top