निर्मला घटनाका प्रत्यक्षदर्शी भन्नेसँग सीआईबीको सोधपुछ

२७ कात्तिक ८१, बुधबार

२८ कार्तिक , काठमाण्डौ।

६ वर्षदेखि रहस्यमय रहेको कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या घटनामा आफू प्रत्यक्षदर्शी रहेको भन्दै सुरक्षाको प्रत्याभूति भए ३ जना सम्लग्नको नाम बताउछु भन्दै मिडियामा आएका ब्यक्तिसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ ।

प्राइम टेलिभिजनमा अन्र्तवार्ता दिँदै आफूले घटना प्रत्यक्ष देखेको र घटनामा तीनजना संलग्न रहेको दावी गरेका विभिन्न मन्त्रालयमा रहेर १६ जना मन्त्रीको सचिवालयको गाडी चलाएको दाबी गर्ने नवराज अर्याल नामक व्यक्तिसँग अन्र्तवार्ता सार्वजनिक भएसँगै सीआईबीले मंगलबार सोधपुछ गरेको हो ।

Advertisement

तर सोधपुछका क्रममा अर्यालका कुरा विश्वास गर्न लायक नरहेका प्रहरीले बताएको छ । प्रहरीले उनको मानसिक स्वास्थ्य समस्या रहेको हुन् सक्ने अनुमान गरेको हो । अर्यालले सोधपुछका क्रममा घटनामा संलग्न रहेका दावी गरेका तीनजनाको नाम पनि लिएका थिए ।

तर सीआईबीले उनले नाम दिएका व्यक्ति घटनासँग असम्बन्धित रहेको बताएको छ । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले उनीसँग सोधपुछ गरेको र उनको बयान घटनाक्रमसँग मेल नखाएको बताएका छन् ।

Advertisement

अर्यालले अन्तरवार्तामा भने आफू तत्कालीन खानेपानी मन्त्री बिना मगरको सवारी चालक रहेको र सोही सिलसिलामा कन्चनपुर गएको अवस्थामा आफूले सो घटना हुँदै गरेको देखेको उनले बताएका छन् । उनले भनेका छन्,‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु ।’

उनले निर्मला साइकलमा गएको , घटनास्थलमा जम्मा ४ जना रहेको, बाटो छेउमा रहेको उखुबारीमा उक्त घटना भएको र आफूले प्रत्यक्ष देखेको बताएका छन् । यद्यपि यस घटनाका बारेमा उनले पटक पटक विभिन्न मन्त्रीहरुलाई जानकारी दिने प्रयास गरेपनि आफुले समय नपाएको समेत उनले बताएका छन् ।

कुराकानीका क्रममा पटक पटक आँशु खसालेका अर्यालले कंचनपुरबाट फर्किएपछि घटनामा सम्लग्नहरुलाई सिंहदरबारको खाजा घरमा देखेको र बलात्कार र हत्याराका बाबुहरु भनेपछि आफ्नो खराब समय सुरु भएको समेत बताएका छन् ।

यो घटनाको प्रत्यक्षदर्शी भएकै कारण आफूमाथि पटक पटक सांघातिक आक्रमण भएको स्मरण गर्दै उनले आफ्नो सुरक्षा हुने नेपाल सरकारले ग्यारेन्टी गरे घटनाका सम्लग्नहरुको नाम सार्वजनिक गरिदिने बताएका थिए ।

२०७५ साल साउन १० गते घरबाट साथी कहाँ जान्छु भनेर निस्केकी निर्मला कहिल्यै घर फर्किनन् । निर्मलाको हत्या भएदेखि अहिलेसम्म रामबहादुर थापा , बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने फेरि दोहोरिए भने अहिले रमेश लेखक गृहमन्त्री भएका छन् ।

उनीहरूले निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएर छाड्ने बताउँदै आएका छन् तर परिणाम शून्यको अवस्थामा छ। निर्मलाको हत्या हुंदा नेपाल प्रहरीमा सर्वेन्द्र खनाल प्रहरी प्रमुख थिए।

उनले पनि हत्यारा पत्ता लगाउन उच्च स्तरीय अनुसन्धान टोली पटक पटक घटना स्थलमा पठाए तर त्यसले पनि केही उपलब्धि हासिल गर्न सकेन । खनालको कार्यकाल निर्मला हत्या प्रकरणमा रुमलिएर बित्यो ।

उनीपछि ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र हाल वसन्त कुँवर आइजीका रूपमा कार्यरत छन् । उनीहरू पनि हत्यारा पत्ता लगाएर छोड्ने बताउँदै आएका छन् । तर सबैका प्रतिवद्धता मात्रै आश्वासन बनेका छन् ।

अहिले सम्म यो घटनामा १ सय २५ जनाको डिएनए परीक्षण गरिएको छ भने ६ सय ७० जना भन्दा बढीसँग अनुसन्धान टोलीले सोधपुछ गरेको छ । तर अपराधीसँग प्रहरी अझै पुग्न सकेको छैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top