किभमा भिषण आक्रमण, स्थानीय मेट्रो स्टेसनमा लुके

२८ कार्तिक ,एजेन्सी ।

रूसले बुधबार किभमा भीषण आक्रमण गरेको छ । रुसले आफ्नो आक्रमण बढाइ राजधानीमा ड्रोन र मिसाइलद्वारा ७० भन्दा बढी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । रूसी सेनाहरू पूर्वमा अगाडि बढिरहेको अवस्थामा डोनाल्ड ट्रम्पको विजयपछि भविष्यको अमेरिकी सहायतामा बढ्दो चिन्ताबीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ।

राजधानीमा विस्फोट भएपछि बासिन्दाले किएभको मध्य क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेसनमा शरण लिइरहेको एएफपीले जनाएको छ । किभका अधिकारीहरूले ब्रोभरीको उपनगरमा ड्रोन खस्दा एक जना घाइते भएको तथा प्रभावित स्थलमा आगलागीका तस्बिरहरू देखाएका छन् ।

Advertisement

क्रेमलिनले खेरसनको दक्षिणी क्षेत्रमा गरेको ड्रोन हमलामा ५२ वर्षीया महिलाको मृत्यु भएको ‘ब्ल्याक सी’ क्षेत्रका प्रमुखले बताएका छन् । अधिकारीहरूले किएभ नजिक मिसाइलहरू आइरहेको जानकारी दिँदै गर्दा धेरै वटा हवाई आक्रमणको साइरन बजिरहेको सुनिएको थियो ।

युक्रेनी सहरहरू खासगरी दक्षिणमा बढ्दो आक्रमणको एक हप्तापछि यो आक्रमण भएको हो । एक दिनअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा भएको रूसी हमलामा ३२ वर्षीया आमा र उनका तीन सन्तानको मृत्यु भएको थियो ।

Advertisement

युक्रेनले महिनाौँदेखि आफ्ना पश्चिमी सहयोगीहरूलाई सहर र महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण रोक्न थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपिल गर्दै आएको छ । यसअघि युक्रेनी राष्ट्रपतिका “चिफ अफ स्टाफ” ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिएपछि अधिकारीहरूले देशव्यापी रुपमा आक्रमणको चेतावनी जारी गरेका थिए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत “पुटिनले पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका थिए । युक्रेनी सेनाले यसअघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो ।

“सावधान ! चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ“, भन्ने सूचना टेलिग्राम मार्फत जारी गरिएको थियो । पछिल्लो समयमा मस्को र किभले एक अर्कालाई लक्षित गरी रातारात विभिन्न आक्रमणहरू गरिरहेका छन् ।

रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेन्स्कीले चेतावनी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top