×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने फिल्म,सफलतापछि चोरीको बात्

२९ कार्तिक २०८१

२९ कार्तिक , काठमाण्डौ।

देशभरका सिनेमा हल र विदेशमा समेत आक्रमक ब्यापार गरिरहेको तथा विभिन्न कीर्तिमान बनाइसकेको नेपाली सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप लागेको छ । निर्देशक तथा कलाकार अजित लामिछानेले आफ्नो फिल्म ‘लाज’को थिम र केही प्लट फिल्ममा चोरिएको आरोप लगाएका छन् ।

‘पूर्णबहादुरको सारङ्गी’लाई चोरीको आरोप लागेको यो दोस्रो पटक हो । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्ति बेलुका चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेरेपछि म छाङाबाट खसेझैँ भए । म छटपटिए । किनभने मैले लेखेको चलचित्र ‘लाज’को थिम र केहि प्लट चोरिएको पाए । मेरो कथा बाबु बल्ली र छोरो बुधेको कथा हो ।

बाउले छोराको स्कुल ड्रेस सिलाउन र छोराले सुख पावस र पढि लेखि ठुलो मान्छे बनोस् भनी मृत्यु रोजेको एउटा बाउको कठिन सङ्घर्षको कथा हो ।’ ‘जब पहिलो पटक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को थिम पोस्टर सार्वजनिक भएको थियो, मेरो मनमा चिसो पसेको थियो ।

एउटा सारङ्गी रेट्ने बाबुले आफ्नो छोरोलाई काँधमा हालेर हिँडेको थिम पोस्टर थियो त्यो‘, उनले अगाडि भनेका छन् ‘म झस्किनुको कारण के थियो भने उक्त घोषणा गरिएको फिल्मको कथा ÷ निर्देशक सरोज पौडेलको थियो ।

सरोज पौडेल तिनै व्यक्ति थिए जसलाई दुई वर्ष पहिले अनामनगरस्थित गोर्खा एफएमचोक छेउको एक चिया पसलमा भेट्दा मैले गर्न खोजिरहेको चलचित्र ‘लाज’को २२औं ड्राफ्ट वाला स्क्रिप्ट बेलिबिस्तार लगाउँदै मजाले सुनाएको थिए ।’

यसअघि लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका थिए । फिल्मको ट्रेलर हेर्दा नै शंका लागेको र फिल्म हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा फिल्मको मूल कथासँग मिलेको उनको जिकिर छ ।

उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु–छोराको सम्बन्धलगायत फिल्मको मूल भावसँग मेल खाएको दाबी बस्यालले गरेका छन् ।

‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छाया चित्रसँग मिल्छन् । केही प्रसंगहरू बिल्कुल विपरीत रूपमा प्रयोग गरिएका छन् । पूर्णबहादुरको सारंगीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ ।

तसर्थ यो संयोग होइन, यो नियोजित हो,’ लेखक बस्यालले फेसबुकमा लेखेका छन् । एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ मिल्दा बोल्ने नैतिक दायित्व भएको उनले उल्लेख गरेका छन् । यही कात्तिक १५ देखि प्रदर्शनरत यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन् ।

‘पूर्णबहादुरको सारङ्गी’ले अहिले आक्रामक व्यवसाय गरिरहेको छ । नेपालको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल ‘पूर्णबहादुरको सारङ्गी’ सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा पौडेलले आफ्नो बुबाको निधन भएपछि महसुस भएको विषय बताउँदै आएका छन् ।

लक्ष्मीपूजाबाट प्रदर्शनमा आइ देशभरका हलमा आक्रामक व्यापार गरिरहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस चलचित्रले कैयौं कीर्तिमान बनाएको छ ।

चलचित्र निर्माण कम्पनि सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको छ। यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।

चलचित्रले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले पूर्ण बहादुरको सारंगीले बक्स अफिस कलेक्सनमा पनि नयाँ कीर्तिमान बनाएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ । फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर नयाँ किर्तिमान बनाएको हो । ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको किर्तिमान तोडेको हो ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबारसम्म फिल्मले २५ करोड ४ लाख ग्रास कमाई गरेको जानकारी दिएको छ । कमाईको किर्तिमानसँगै फिल्मले सर्वाधिक शो पाउने फिल्म पनि बनेको छ । फिल्म एकै दिन ४८० भन्दा बढी शो पाएको थियो ।

अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’ को रिलिज स्थगन गरिएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’को सफलता र अधिकांश शोहरु हाउसफूल रहेपछि भारतीय चलचित्र समेत नेपाल ल्याउन वितरकहरु पछि हटेका छन् ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top