विराटनगर,असोज ९
एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले निःशुल्क रुपमा प्रदान गर्नुपर्ने घटना दर्ता र विभिन्न सिफारिसमा जनतासंग अनावश्यक कर लिने र महत्वकांक्षी योजना बनाएर स्थानीय तह संवैधानिक दायराभन्दा बाहिर गएको पनि टिप्पणी गरेका छन् ।
विराटनगरमा आयोजित दिगो विकास लक्ष्यको तेश्रो वार्षिक समारोहमा बोल्दै मन्त्री आङ्वोले यस्तो बताएका हुन । सिमित श्रोत साधनका बाबजुद पनि प्रदेश सरकारले दिगो विकासका लक्ष्य प्राप्ति गर्ने हिसाबले आफ्नो योजनाहरु अगाडि बढाइ रहेको उनले बताए ।
मन्त्री आङ्वोले सिमित साधन श्रोतबाट जनताका असिमित आकांक्षाहरु पूरा गर्न निकै कठिन भएपनि प्रदेश सरकारले दिगो विकासका लक्ष्यहरुलाई ध्यानमा राखेर काम सुरु गरेको उनले बताए ।
कार्यक्रममा मन्त्री आङ्वोले विकासका नाममा स्थानिय तहले निकै महत्वकांक्षी योजनाहरु सुरु गर्न नमिल्ने बताए ।