रविको उदयको श्रेय खोज्दै ओली,जबलेस थिए १० लाखको प्रोग्राम दिए

२९ कात्तिक ८१, शुक्रबार

३० कार्तिक , काठमाण्डौ।

सहकारीको वचत रकम अपचनलको अभियोगमा ४ साताभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साधिरहेको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा रविमाथि आफुले लगाएको गुण स्मरण गराएका छन् ।

रविले समेत प्रधानमन्त्री ओलीलाई ब्यक्तिगत रुपमा नेपालकै सबैभन्दा ठूलो भ्रमष्टचारी रहेको भन्दै घरघरबाट ओलीसरकार ढाल्नका लागि उत्रिन आह्वान गरिसकेको अवस्थमा ओलीले लामिछाने बेरोजगार भएका बेला आफूले सरकारी स्वामित्वको नेपाल टेलिभिजन (एनटीभी) मा कार्यक्रम मिलाइदिएको बताएका छन्।

Advertisement

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहीबार ‘प्रधानमन्त्रीसँग परिसंवाद’ सत्रमा उनले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला रवि काम माग्न आएपछि ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउने व्यवस्था मिलाइदिएको बताए हुन्।

उनले भनेका छन्, एउटा रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मकहाँ आउनुभयो र (भन्नुभयो) ‘मलाई कुनै जब दिनुप¥यो। अफ्ठ्यारामा छु।’ मैले भनेँ– के जानेको छ? ‘अलि बोल्ने कला छ।’ मैले पनि कला होला भन्ठानेँ। ‘र म पत्रकारिता गर्न सक्छु।’ त्यसो भए म बाबुकै लागि एउटा प्रोग्राम राख्छु, सिधाकुरा प्रधानमन्त्रीसँग। त्यसको पैसा पनि एनटीभीलाई तिर्नुपर्दैन, त्यो मेरो प्रोग्राम हो। विज्ञापन उठाएर जीविका चलाऊ भनेपछि दुईचार लाख, पाँच दस लाख उठाएर जीविका चलाउने बाटो त्यहाँ बन्यो। उहाँले अलि कराउन सिकेको त्यहीँ हो। त्यसपछि म हटेपछि प्रचण्डजीले निकालिदिनुभयो। न्युज ट्वान्टी फोर कि के भन्नेमा जानुभयो। त्यहाँ बसेर नबोल्ने, उभिएर मच्चीमच्ची कराउने सिक्नुभयो। त्यो डेभलप गर्नुभयो। यसबीचमा केके केके केस लागे, त्यो मेरो रुचिको विषय होइन। मैले राम्रै गरिदिन खोजेको हो। त्यसपछि पार्टी खोल्छु भन्नुभयो। खोल बाबु (भनेँ)। हाहु गर्नुभयो, मैले साथै दिएँ। मैले साँच्चै के भने रविले यत्रो सहकारीमा केके गरेको छ भन्ने विश्वास त के, आशंका पनि थिएन, साँच्चै। यत्रो पूरै वासिङ मेसिनमा पनि तीनपल्ट धोएजस्तो कुरा गर्छन्। कसरी ठान्ने मैले, मैले ठानिनँ। छानबिन समिति बनाउनुपर्छ भनेर पार्लियामेन्टमा कुरा उठ्दा पनि ‘यसरी समिति बनाउनुहुँदैन, यो अनुमानका भरमा केही कुरा उठ्यो भन्दैमा एकजना व्यक्तिको रूपमा उठाउनुहुन्न’ भनेँ। पछि रवि आफैले के भन्नुभयो भने ‘केही छैन मलाई, समिति बनाऔँ।’ सर्वदलीय बैठकमै पनि बोल्नुभयो– छानबिन समिति बनाइयोस्। उहाँ चम्किनुभयो। प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो र ‘उहाँले नै भन्नुभएको छ भने बनाऊँ’ भन्नुभयो। म त समहत छैन तर तपाईँहरू भन्नुहुन्छ भने समिति बनाऊँ मानिदिन्छु। समिति बनाएको त तोकेर भन्यो। जहाँ उहाँको पार्टीको र अरु पार्टीको पनि सदस्य हुनुन्छ। माओवादी पार्टीको पनि हुनुहुन्छ। नाम तोकेर ‘कारबाही गर्नू’ भनेर सिफारिस भयो। त्यो प्रहरीमा पुग्यो। सभामुखलाई दिएपछि त्यो सरकारलाई, गृहमन्त्रीलाई पठाउनुभयो होला। त्यो त मेरो हातमा पर्ने कुरा पनि भएन। त्यो त अब ब्युरोक्रेसीको हातमा गयो। प्रहरीमा गयो कि गृह मन्त्रालय गयो कि? छानबिन अध्ययनको क्रम सुरु भयो। छानबिन अध्ययनको क्रम सुरु भएपछि उहाँलाई गिरफ्तार गरेर कारबाही गर्ने अवस्था सम्मानित अदालतले देख्यो। उहाँलाई इन्क्वायरी (अनुसन्धान)का लागि त्यहाँ राखेको छ। निर्दोष हुनुहुन्छ भने सफाइ पाउनुहुन्छ। मैले गरेर सफाइ पाएको होइन है त्यो, सफाइ पाउनुभयो भने। पर्नुभयो भने मैले गरेर परेको होइन है, उहाँका कर्मले प¥या हो। यो सहकर्मी भन्ने कुरा त बाटोमा थुप्रै भेटिन्छन्। रविभने ओलीसँग सबैभन्दा रुष्ट छन् ।

Advertisement

हिरासतमा जानु अघि उनले भिडियो सन्देशमार्फत समेत सरकार नरहेको र आफूहरुलाई जुठो परेको अभिब्यक्ति दिएका थिए ।रवि हिरासतपरेपछि उनको दल रास्वपाले पनि आफ्ना सभापतिविरुद्ध प्रतिशोध साधिएको भन्दै लगातार सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीसहित गृहमन्त्रीको राजीनामा समेत माग गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top