NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

भीआईपीहरुको हिरासतमा बास, कसको बसाई कस्तो छ ?

आइतवार मंसिर २ , २०८१
Reading Time: 1 min read
A A
भीआईपीहरुको हिरासतमा बास, कसको बसाई कस्तो छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ मंसिर, काठमाण्डौ ।
सरकारदेखि कानून, नीति एवं कार्यक्रम निर्माण गर्ने र बदल्ने तथा सरकारलाई सुझाव एवं निर्देशन दिनेसम्मको गहन जिम्मेवारी बोक्नेहरु नै संसद् हुन् । त्यसैले त संघदेखि प्रदेश सभाका सदस्यलाई ‘माननीय’ शब्दले आदर गरिन्छ। ‘मान वा आदर गर्न योग्यलाई ‘माननीय’ भनिएको हो।

‘माननीय’ भन्ने शब्दले आदरयोग्य पात्रलाई जनाउँछ । तर कात्तिक महिनामा मात्रै संघ र प्रदेशका गरी तीनजना माननीय प्रहरी हिरासतमा पुगेका छन्। फरक फरक मुद्दामा उनीहरू हिरासतमा पुगेका हुन् ।

सहकारीको रकम हिनामिना र अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । उनलाई सुरुमा ६ दिन त्यसपछि ७ दिन , १० दिन र अन्तिम पटक कात्तिक २५ गते १३ दिनको म्याद अदालतले लिएपछि उनी कास्की हिरासतमा छन् ।

LS Auto

यसबीचमा सहकारीको वचन अपचनलकै आरोपमा उनलाई ३ दिन बयानका लागि रुपन्देही समेत लगिएकोछ । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई काठमाडौं पनि ल्याउने गृहकार्य थालिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार विमानमार्फत रुपन्देहीको भैरहवा पु¥याइएको थियो । बुटवलमा बयान सकिएसँगै उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ।

सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई भने काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ। प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि अनुसन्धान थालेको हो।

लामिछाने गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक थिए। पाँच सहकारी ठगीका मुख्य आरोपित जिबी राई भने फरार छन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

विगत एक महिनादेखि हिरासत कक्षमा रहेका रविको बास सुरक्षाकर्मी बस्ने कोठामा छ । बिहान साढे ६ बजेतिर उठेर उनी व्यायाम गर्छन्, शुभचिन्तकसँग भेटघाट गर्छन् । बाँकी समय पुस्तक पढेर बिताउँछन् । शुभचिन्तक र सहकर्मीहरुले दिएका पुस्तकहरु पढेर रविको दिन बित्ने गरेको छ ।

उनको पार्टीका पदाधिकारीहरुले पनि पुस्तक लगिदिने गरेका छन् । केही साता अघि रास्वपाका उपसभापति रवि स्वर्णिम वाग्लेले नै उनलाई पुस्तक दिएको बताएका थिए । प्रहरीले उनलाई घेरा हालेर अदालत लाने र लैजाने गरेको छ ।

त्यसैगरी कोशी र गण्डकी प्रदेशका दुई सांसद पनि हाल प्रहरी हिरासतमा छन् । नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा सुरुमा तीन दिनको म्यादम प्रहरी हिरासतमा रहेकम उनी पछिल्लो पटक थपिएको ७ दिनको म्याद अनुरुप काठमाडौँको प्रहरी हिरासतमा छन् ।

अधिकारीलाई प्रहरीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको थुनुवा कक्षमा राखेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीमा निर्माण गरेको आधुनिक भवनमा विशिष्ट व्यक्तिका लागि छुट्टै हिरासतकक्ष छुट्याएको छ ।

काठमाडौं प्रहरीको आधुनिक भवन एक अर्ब बढी लागतमा बनाइएको हो । त्यस भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न हिरासत संरचना बनाइएको छ ।

काठमाडौं प्रहरी नयाँ भवनमा सरेपछि भीआईपी कक्षमा राखिएका राजनीतिक थुनुवा अधिकारी पहिलो हुन् । अधिकारी भीआईपी कक्षमा एक्लै हुने भएपछि प्रहरीले बैंकिङ कसुरका केही अभियुक्तलाई पनि उनीसँगै हिरासतमा पठाएको छ ।

उनीहरुसँगै गफ गरेर अधिकारी दिन कटाउँछन् । उनी सादा खाना र दूध मात्रै खाने गरेका छन् । उनी मासु दिँदा पचाउन नसक्ने बताउछन् । आफूसहित नक्कली कागजातका आधारमा असम्बन्धित मानिसलाई जापान लगेको खुलेपछि अधिकारीलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारलाई गएको आइतबार विराटनगरबाट पक्राउ गरि काठमाडौँ लगिएको हो । फर्जी कागज बनाएर केही मानिसहरुलाई जापान पु¥याएको आरोप उनीमाथि छ । यही मुद्दामा पक्राउ परेका अरु ६ जनालाई भने छुट्टै राखिएको छ ।

अधिकारीपछि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे त जेल चलान नै भएका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर जेल चलान गरेको हो । २१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे सर्वोच्चको फैसला अनुसार मंगलबार जेल चलान भएका हुन् ।

सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघिको फैसलालाई नै सदर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय हुने ठहर गरेको थियो । सोही फैसला कार्यान्वयन गर्न उनलाई मंगलबार प्रहरीले राजधानीको सानोभ¥याङ क्षेत्रबाट पक्राउ गरेको थियो ।

अधिकारी मानव मानव बेचविखन र लिखत किर्ते, लामिछाने संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि प्रहरी कष्टडी पुगेका हुन् । त्यस्तै दीपक मनाङे ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भएपछि कारागार चलान भएका हुन् ।

राजनीतिक दबाब र प्रभावमा पक्राउबाट जोगिँदै आएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङको हातमा फेरि हतकडी लागेको छ। मनाङेलाई मंगलबार बिहान स्वयम्भूनजिकै सानो भर्याङबाट पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मनाङेलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । ६ वर्षअघि पक्राउ पर्दा पनि मनाङे स्वयम्भूमै थिए । यसअघि उनी २०७५ वैशाख ६ गते पक्राउ परेका थिए ।

त्यतिबेला उनी पनि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य थिए । ज्यान मार्ने उद्योगमा मनाङे यसअघि दुईपटक गरेर ३२ महिना जेल बसिसकेका कारण अब बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्ने छ ।

पटक–पटक मन्त्री र प्रदेश सरकार गठनमा मन्त्रालयको बार्गेनिङ गर्दै आएका मनाङेको अबको केही महिना जेलभित्र बास हुनेछ । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । मनाङे दोस्रोपटक डिल्लीबजार कारागार पुगेका छन् ।

‘क’ ब्लकमा कैदीबन्दी धेरै भएकाले उनलाई ‘ख’मा पठाउने निर्णय भयो । यसअघि पनि उनी ‘ख’ ब्लकमै बसेका थिए भने सो ब्लक बनाउन उनले पनि सहयोग गरेको बताइन्छ । उनी आउँदा त्यहाँका अन्य कैदीले उनलाई ‘राजासाप’भन्दै सम्बोधन गरेका थिए ।

मनाङेले पनि हर्षित मुद्रामै ‘ल साथीभाइहरू म पनि आएँ है’ भनेको बताइन्छ । मनाङे बस्ने हलमा टिभी, पत्रपत्रिका र पुस्तक राखिएको कारागारका कर्मचारी बताउँछन् । उनी सामान्य कैदीसरह नै देखिन्छन् । उनी बसेकै ब्लकमा अरु भीआईपीसमेत छन् ।

सहकारी ठगीमा इच्छाराज तामाङ, सुरक्षण मुद्रणमा जेल परेका विकल पौडेल लगायत त्यही छन् तर बस्ने ब्लक भने फरक–फरक रहेको कर्मचारीहरुले बताएका छन् ।

Tags: #कोशीका पूर्वमन्त्री#भीआईपी हिरासत#भीआईपीहरुको हिरासतमा बास

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.