धरहराको ’लिफ्ट’मा कैफियत, २ महिना नबित्दै बिग्रियो

१ मंसिर ८१, आइतबार

२ मंसिर, काठमाण्डौ।

निर्माण सम्पन्न नहुँदै सञ्चालनमा आएको धरहरा दुई महिना नबित्दै पुनः बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएर हाललाई बन्द गरिएको छ । लिफ्ट बिग्रिएपछि सर्वसाधारणलाई धरहरा चढाउने काम बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

केही दिनअघिदेखि सर्वसाधारणलाई धरहरा चढ्न रोक लगाइएको र लिफ्ट मर्मतको काम भइरहेको विभागले जानकारी दिएको छ । एकैपटक धेरै मानिस चढ्दा लिफ्ट बिग्रिएको हुन सक्ने विभागको भनाइ छ ।

अब लिफ्ट मर्मत गरे पनि केही समय सर्वसाधारणलाई चढ्न रोक लगाउने तयारी छ । विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । धरहरामा निःशुल्क चढ्ने व्यवस्था भएपछि लिफ्ट बिग्रेको उनी बताउँछन् ।

सरकारले अब शुल्क तोकेर मात्र धरहरा सञ्चालन गर्ने तयारी गरेको छ । गएको असोज ३ गते सर्वसाधारणका लागि पनि धरहरा खुला भएको थियो । २०७२ सालको भूकम्पमा ढलेको धरहराको काम ४० प्रतिशत मात्रै सकिएको बेला २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

यद्यपि धरहरा पुनर्निर्माणको काम अझै सकिएको छैन । धरहरा संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुला गरिएको थियो । विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले ९ तले धरहरा बनाएका थिए ।

जुन २०७२ वैशाख १२ मा गएको भूकम्पले ढलेको थियो । तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन । धरहरा ढलेको तीन वर्षपछि मात्रै पुनर्निर्माण थालियो । केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए ।

तर पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरे । निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top