NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

लंकामा कम्युनिष्ट सरकार बन्दा एमाले गद्गद्

आइतवार मंसिर २ , २०८१
Reading Time: 1 min read
A A
श्रीलंकामा संकटकालको घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ मंसिर,एजेन्सी ।

श्रीलङ्कामा हालै नोभेम्बर १४ मा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा एमालेले खुसी प्रकट गरेको छ । श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुसी प्रकट गर्दछ एमालेले बधाई ज्ञापन गरेको छ । निर्वाचनमा २ सय २५ स्थानमध्ये १ सय ५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुईतिहाई बहुमत हासिल गरेको छ ।

कुशासन, राजनीतिमा हाबी, परिवारवाद र चरम आर्थिक सङ्कटका विरुद्धमा दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय र हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास एमाले व्यक्त गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले आज एक वक्तव्य जारी गरी कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनुपर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको नेकपा एमाले पार्टी श्रीलङ्कामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताबाट खुसी भएको उल्लेख गरेका छन् ।

निर्वाचनका माध्यमबाट जनताको मन जितेर उनीहरूको सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभिपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपिपी र राष्ट्रपति अनुराकुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

सङ्कटका बेला जनताले रोजेको विकल्पलाई सही रूपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना पनि एमालेले दिएको छ । श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वामपन्थी गठबन्धन नेशनल पीपुल्स पावर (एनपीपी) ले कुल २२५ मध्ये १५९ सिट सहित दुई तिहाई बहुमत हासिल गरेको हो ।

यसअघि २२ सेप्टेम्बरमा वामपन्थी नेता दिसानायके श्रीलंकाका राष्ट्रपति चुनिएका थिए । उनले भ्रष्टाचारविरुद्ध लड्ने र श्रीलंकाले व्यहोरिरहेको आर्थिक संकटबाट बाहिर निकाल्नका लागि बहुमत आवश्यक भएको भन्दै संसदको मध्यावधि निर्वाचनमा होमिएका थिए ।

प्रत्यक्षतर्फ १४१ सिट ल्याएको एनपीपीले समानुपातिकतर्फको २९ सिटमध्ये १८ सिट आफ्नो भागमा पर्दा कुल १५९ सिट अर्थात् दुई तिहाइभन्दा बढी ल्यायो । निवर्तमान विधानसभामा जम्मा ३ सिट जितेको एनपीपीले दुई तिहाई सिट जितेर ऐतिहासिक नतिजा निकालेको छ ।

दुई तिहाई बहुमतले दिसानायकेलाई कार्यकारी अध्यक्षता खारेज गर्ने प्रक्रिया सुरु गर्ने अधिकार समेत दिनेछ यद्यपि विश्लेषकहरूले यो चिन्ताको विषय नभएको र प्राथमिकतामा पर्ने सम्भावना नरहेको बताउँछन् ।

सन् २०२२ मा श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिएका बेला तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताच्यूत गरिएको थियो । त्यसपछि भएको निर्वाचनबाट राष्ट्रपति बनेका दिसानायकेले पहिलोपटक सत्ताको नेतृत्व सम्हाल्दै भ्रष्टाचारविरुद्ध लड्ने र देशको चोरी भएको सम्पत्ति फिर्ता गर्ने घोषणा गरेका थिए ।

Tags: #गठबन्धनको ऐतिहासिक जित#श्रीलंकामा वामपन्थी गठबन्धन

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.