×

NEPAL TIMES UPDATES

Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026

दशैंलाई लक्षित गर्दै कलंकी अन्डरपास आइतबारदेखि पुन: सञ्चालनमा आउने

९ आश्विन २०७५

काठमाडौं,असोज ९
नेपालमा पहिलो पटक निर्माण गरिएको कलङ्की अण्डरपास पुनः सञ्चालनमा आउने भएको छ । दशैंमा उपत्यका भित्रिने र बाहिरिने सवारीलाई मध्यनजर गर्दै अर्को हप्ताको आइतबारदेखि अन्डरपास सञ्चालनमा ल्याउन लागिएको हो ।

हाल अन्डरपासमा धमाधम पिचको काम भैरहेको छ । एक दुई दिनमै पिचको काम सकिने चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माले बताए । उनका अनुसार अब अन्डरपासको थोरै मात्र भाग पिच हुन बाँकी रहेकोले असोज १४ गतेदेखि अन्डरपास पुन सञ्चालनमा आउनेछ ।

Advertisement

“अहिले दशैंलाई लक्षित गरेर मात्र अन्डरपास खोल्न लागिएको हो, दशै पश्चात फेरी ४ दिन जति बन्द गरेर फिनिसिङको काम हुने इन्जिनियर शर्माले विकासन्युजसँग भने ।” आयोजना डिसेम्बर सम्ममा पुरा हुने पनि उनले बताए । यसअघि परिक्षणको लागि गत साउनमा केहिदिनको लागि अण्डरपास सञ्चालनमा ल्याइएको थियो ।

अण्डरपास सञ्चालनमा आएपछि उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चीन सरकारको सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको हो । थानकोटबाट कालिमाटीतर्फ आउने र जाने यातायात साधनका लागि १६ मिटर चौडाइको सडक रहेको छ । त्यसको ठीक तल १६ मिटर लामो सब–वे रहेको छ ।

जसबाट बल्खुबाट स्वयम्भूतर्फ आउने र जाने गाडी वारपार हुनेछन् । सब–वेको अन्डरपास भने ८ सय ४० मिटर लामो रहेको छ । यस बाटोबाट सीधै रिङरोडमा अघि बढ्ने गाडी मात्र गुड्नेछन् ।

खसीबजार पुलबाट सुरु भएको अन्डरपासबाहेक दायाँबायाँबाट भने स्लोपमा समानान्तर सडक बाफल पुलसम्म पुगेको छ । खसीबजार तिरको दायाँ स्लोपबाट कालिमाटीतर्फ गाडी आउजाउ गर्नेछन् भने बायाँ स्लोपबाट थानकोटतर्फ आउजाउ गर्नेछन् । त्यस्तै, स्वयम्भूतर्फको बायाँ स्लोपका गाडी कालिमाटीतर्फ आउजाउ गर्नेछन् भने दायाँ स्लोपबाट थानकोटतर्फ आउजाउ गर्नेछन् ।

कुन सडकमा कसरी सवारीसाधन गुडाउने

नागढुंगाबाट स्वयम्भूतर्फ जाने सवारीसाधन विना अवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् ।

नागढुंगाबाट बल्खुतर्फ जाने सावरीसाधन विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् ।

त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारीसाधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् ।

Advertisement

त्रिपुरेश्वरबाट बल्खु जाने सवारीसाधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन् । बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top