×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

३ मंसिर २०८१

३ मंसिर,काठमाण्डौ।

पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आज शोक बिदा दिएको छ । आइतबार अपराह्न ढुंगानाको निधन भएको थियो । उनको निधनपछि प्रधानमन्त्री, मन्त्रीसहित सत्तारुढ प्रतिपक्ष सबै दलका नेताहरुबाट समवेदना र श्रद्धान्जली ब्यक्त गरिए ।

Advertisement
Advertisement

तर उनको निधनको एक दिनपछि त्यो पछि कार्यालय समय सुरु हुनै लाग्दा दश बजे नजिक सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्याे । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज शोक बिदा दिने निर्णय गरेको हो ।

बिदाको निर्णय हुँदै गर्दा सिंहदरबारलगायत देशभरका सरकार कार्यालयमा अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरू पुगिसकेका थिए । निजी कार्यालय अझ बैकिङ क्षेत्रका कार्यालयहरुमा त सबैजसो कर्मचारी पुगिसकेका थिए ।

सरकारले बिदा दिँदा स्कुल÷कलेजका बिहानी कक्षा सक्किसकेका थिए । दिउँसोको पढ्ने सरकारी विद्यालयमा पनि विद्यार्थीहरू पुगिसकेका थिए । ‘हिजै बिदा दिनेबारे निर्णय गर्नुपर्थ्र्यो, आज कर्मचारी कार्यालयमा पुगिसकेकाले भोलि बिदा दिँदा पनि हुन्थ्यो,’ कार्यालय पुगिसकेका कर्मचारीहरुले नै भनेका छन्,‘ सरकारको यो अपरिपक्क निर्णयले धेरैले सास्ती व्यहोर्नुप¥यो, अब हाजिर गरिसकेका कर्मचारीले काम गर्ने कि घर जाने भन्नेमा अलमल हुने भयो ।’

कतिपय कार्यालयमा विहानै पुगेका सेवाग्राहीहरु समेत निराश भएर फर्किएका छन् । यस्तै सार्वजनिक बिदा घोषणा गरिएपछि विद्यालयमा विद्यार्थी पुगिसकेकाले धेरैजसो निजी विद्यालयहरुले विद्यालय संचालन गरेका छन् । सरकारले ढिला गरी सार्वजनिक बिदाको घोषणा गरेपछि सर्वसाधारणले सामाजिक संजालबाट समेत आलोचना गरेका छन् ।

एक्समा प्रकाश तिम्सिनाले लेखेका छन्, सरकारको काम तिब्र गतिमा चल्दैछ, कार्यालय पुगे पछि मात्रै सार्बजनिक बिदा भन्ने सरकारी कर्मचारी र सेबाग्राहीले थाहा पाउन सफल भए । यस्तै दिपकि ज्ञवालीले लेखेका छन्, सार्वजनिक बिदा यति सस्तो नपारे हुने, तर प्रचण्डको श्रीमतीलाई दाह संस्कार अगी सैन्य सम्मान दिने देशमा नो अचम्म!

अर्का एक्स प्रयोगकर्ता नारायण अमृतले लेखेका छन्, यो सार्वजनिक बिदाबारे जुनसुकै सरकारको पनि मति नसुध्रने भयो। दिवंगत आत्माप्रति श्रद्धासुमन दिन शोक बिदा दिनै पर्ने हो र? यो त लाखौं सेवाग्राहीलाई दुःख दिने, विद्यार्थी, कर्मचारी र सिंगो संयन्त्र ठप्प पार्ने काम भएन र। यसले शोकमाथि थप सन्तप्तता थप्ने काम भयो कि जस्तो लाग्यो मलाई त।

ढिला गरी बिदा दिने सरकारको निर्णयप्रपति पत्रकार गजेन्द्र बुढाथोकीले पनि टिप्पणी गर्दै लेखेका छन्, यतिबेला सार्वजनिक विदाको निर्णय गरेछन्, अफिस जानेहरू अघि पुगिसके। कतिले त हाजिर बजाएर ढड्डा खोल्न थालिसके। अब घर फर्कन्छन् कि अफिसको काम गर्छन् ?

 

यस्तै पुष्पक थापा लेख्छन्, बिद्यार्थी, शिक्षक स्कुल पुगि सके, कर्मचारी र सेवाग्राही कार्यालय पुगिसके सबै काम सुचारु भए पछि सार्वजनिक बिदा ? सास्ती भएन र ? शोक मनाउनु ठीक हो तर ढिला निर्णय गरेर सरकारले स्वर्गीय दमननाथ ढुंगाना प्रति नै अपमान गरेको जस्तो भयो र ढुंगाना आफै पनि यस्तो प्रथाको चै बिरोधी थिए ! अर्का युगद्रष्टाको नाममा लेखिएको छ, अदुरदर्शी नेतृत्व शासक हुँदाको परिणाम । सार्वजनिक विदाको सुचना दिन ढल्केपछि ।

यस्तै विराट अनुपमले लेखेका छन्, पहाडमा तीन–चार घण्टा हिडेर स्कुल पुग्ने हजारौ छन । आजको नालायकी सार्वजनिक बिदा सायद तीनले स्कुल पुग्न लाग्दा वा पुगेर मात्र चालपाउदा कस्तो भयो होला? यस्तै श्यामसुन्दर पुडाशैनीले लेखेका छन्, दिवंगत पूर्व सभामुख दमननाथ ढुंगानाज्यूप्रति उच्च सम्मान छ ।

 

तर, सरकारले उहाँको शोकमा भन्दै बिहान १० बज्नु केही मिनेट अगाडि मात्रै सार्वजनिक बिदा घोषणा गर्नु कति ठिक हो ? सेवाग्राही कार्यालयमा लाइन लागेपछि ‘बिदा भयो, घर जाऊ’ भन्नु कत्तिको व्यावहारिक ? आजको सार्वजनिक बिदा दिइएको विषयमा सामाजिक संजलमा ब्यक्त यी केही प्रतिनिधि टिप्पणी मात्रै हुन्, ढिलो गरी बिदा दिइएको विषयले सामाजिक संजाल भरिएका छन् ।

Advertisement

तर ढिला गरी विदा दिइएको समबन्धमा भएको आलोचनाको सरकारका प्रवक्ताले भने बचाउ गरेका छन् । सरकारले किन हतार–हतार आजै सार्वजनिक बिदा दिनुप¥यो भन्ने जिज्ञासामा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हतार नगरी एक घण्टा अगाडि नै सार्वजनिक बिदा दिने निर्णय गरेको’ बताएका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top