×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

किम जोङको कसमले विश्व थर्कमान, युद्धको तयारी सुरु

३ मंसिर २०८१

३ मंसिर,एजेन्सी ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले आफ्नो परमाणु शक्तिलाई बिना सीमा विस्तार गर्ने कसम खाएका छन्। उनले अमेरिका, जापान, र दक्षिण कोरियाबीचको बढ्दो साझेदारीलाई “एशियाली नेटो“ को रूपमा व्याख्या गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरता ध्वस्त गर्न सक्ने दाबी गरेका छन्।

Advertisement
Advertisement

किमले अमेरिका र उसका सहयोगी राष्ट्रहरूको बढ्दो सैन्य सहकार्यप्रति आपत्ति जनाउँदै, यसलाई उत्तर कोरियाको अस्तित्वका लागि चुनौती भएको बताएका छन् । किमले आफ्नो सशस्त्र बललाई युद्धको तयारी गर्न निर्देशन दिँदै देशको रक्षा क्षमतालाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।

हालै उत्तर कोरियाले परमाणु बमका लागि यूरेनियम समृद्ध गर्ने संयन्त्र र नयाँ ब्यालिस्टिक मिसाइल परीक्षणको प्रदर्शन गरी आफ्नो सैन्य क्षमताको संकेत दिएको थियो। किमले अमेरिका, जापान, र दक्षिण कोरिया बीचको सुरक्षा साझेदारीलाई नेटो जस्तै गठबन्धन बनाउने प्रयासको संज्ञा दिएका छन्।

उनका अनुसार यस किसिमको सहकार्यले कोरियाली प्रायद्वीप र क्षेत्रीय शान्तिमा अस्थिरता ल्याउनेछ। अमेरिकाले जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली राष्ट्रपतिसँगको हालैको बैठकमा उत्तर कोरिया र रूसबीचको सैन्य सहकार्यको सामना गर्न सहयोगको आवश्यकता औंल्याएको छ।

किमको भनाइ अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो टिप्पणीको जवाफमा आएको हो । जसमा बाइडेनले उत्तर कोरिया र रूसबीचको खतरनाक सहकार्यको आलोचना गरेका थिए। किमको यो कदमले उत्तर कोरियाको सैन्य क्षमताबारे थप चिन्ता बढाएको छ।

परमाणु शक्ति विस्तार र क्षेत्रीय तनावले कोरियाली प्रायद्वीपमा शान्तिका प्रयासलाई चुनौती दिनसक्छ। अमेरिका र उसका सहयोगीहरूले यसलाई कूटनीतिक रूपमा कसरी सम्बोधन गर्छन् भन्ने कुराले आगामी क्षेत्रीय स्थिरतामा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

हालसालैको अध्ययन अनुसार उत्तर कोरियाले ५५ देखि ७० आणविक हतियारको भण्डार बनाइसकेको हुनसक्छ। केही अनुमानले यो संख्या ९६ सम्म पुग्न सक्ने सम्भावना देखाउँछन्। यसमा प्लुटोनियम र युरोनियममा आधारित हतियार रहेको अनुमान छ ।

उत्तर कोरियाको आणविक कार्यक्रम धेरै हदसम्म गोप्य छ । यसले ठूलो मात्रामा युरेनियम संवर्धन क्षमताको विकास गरेको छ। यसले वार्षिक रूपमा आणविक सामग्री उत्पादन गरिरहेको हुनसक्ने बताइएको छ ।

साथै उत्तरको मिसाइल प्रविधि पनि लगातार परिष्कृत भइरहेको छ । जसले आणविक हतियारका लागि वितरण प्रणाली सक्षम बनाएको विश्लेषण गरिन्छ । उत्तर कोरियाले नियमित रूपमा मिसाइल परीक्षण गर्दै आएको छ,जसले क्षेत्रीय र विश्वव्यापी सुरक्षामा गम्भीर चिन्ता सिर्जना गरेको छ ।

उत्तर कोरिया र रूसको पछिल्लो बढ्दो सम्बन्धले अमेरिकासहित पश्चिमा राष्ट्रहरूलाई गम्भीर चिन्तामा पारेको छ। रूस–यूक्रेन युद्धका क्रममा उत्तर कोरियाले रूसलाई सैनिक र अन्य सैन्य सामग्री उपलब्ध गराएको भन्ने दाबीहरू छन्।

यसले उत्तर कोरिया र रूसबीचको सहयोगलाई थप प्रगाढ बनाएको छ, जसले अमेरिका र अन्य पश्चिमा शक्तिहरूको विरोध र निन्दा सामना गर्नुपरेको छ। रिपोर्टहरू अनुसार उत्तर कोरियाले रूसलाई गोला बारुद र अन्य सैन्य सामग्री उपलब्ध गराएको छ।

यसको बदला रूसले उत्तर कोरियालाई अत्याधुनिक हतियार प्रविधि दिन सक्ने सम्भावना छ । अमेरिकाले यो सम्बन्धलाई क्षेत्रीय स्थायित्वका लागि ठूलो खतरा भनेको छ। यसले उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रमलाई थप बल पु¥याउन सक्ने बताइएको छ ।

उत्तर कोरियाले खुलेआम रूसको पक्षमा उभिएर पश्चिमा देशहरूको आलोचना गरेको छ। संयुक्त राष्ट्रसंघको प्रतिबन्धविरुद्ध उत्तर कोरिया र रूसको यो गठबन्धनले अन्तर्राष्ट्रिय कूटनीतिमा तनाव थपेको छछ ।

संयुक्त राज्य अमेरिका थप प्रतिबन्ध लगाउने र रूस र उत्तर कोरियाको सैन्य सम्बन्धलाई रोक्ने उपायहरूको खोजी गरिरहेको छ। उता युरोपेली संघ उत्तर कोरियालाई थप अलग्ग्याउन र रूसमाथिको दबाब बढाउन कदम चाल्दैछ। यो सम्बन्धले कोरियाली प्रायद्वीपको अस्थिरता मात्र नभई, ग्लोबल सुरक्षामा पनि दीर्घकालीन प्रभाव पार्नसक्ने विश्लेषण गरिन्छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top