‘ह्रस्व दीर्घ’को कमाई कस्तो हुँदैछ ?

३ मंसिर,काठमाण्डौ।
नेपालीसहित दक्षिण भारतीय कलाकारहरुको समेत अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ले दुई दिनमा सुखद कमाई गरेको छ । बक्स अफिसमा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दबदबा कायम रहेकै बेला ‘ह्रस्व दीर्घ’ले दुई दिनमा २ करोड कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।

चलचित्रले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको बताइएको छ । सिनेमाप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावत (गजनी भिलेन) लाई काठमाडौं बोलाएको छ ।

उनी आइतबार दिउँसो काठमाडौं आइसकेका छन् । चलचित्रमा उनी नीताको बुबाको भूमिकामा छन् । उनी एक साता नेपाल रहने र हलमा पुगेर दर्शकसँग भेट गर्ने कार्यक्रम रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

Advertisement

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ ।

यस चलचित्रको निर्माण लागत ६ करोड रहेकोले नाफा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ । उता ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि पनि नेपाली बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

Advertisement

यो चलचित्रले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म बनेको थियो । ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको किर्तिमान तोडेको हो ।

यसैबीच चलचित्रका निर्माताले यस फिल्मले अहिलेसम्म गरेको कमाईको अपडेट दिएका छन् । निर्माता विनोद पौडेलले चलचित्रले शनिबारसम्म ३४ करोड ३६ लाख कमाई गरेको बताएका छन् । अहिले पनि देशका धेरै जसो सिनेमा हलमा चलचित्रप्रति दर्शकको आकर्षण जारी रहेकाले कमाइ आउदा दिनमा अझै बढ्ने अनुमान गरिएको छ ।

कमाईको किर्तिमानसँगै चलचित्रले सर्वाधिक शो पाउने चलचित्र पनि बनेको छ । यो फिल्मले एकै दिन ४८० भन्दा बढी शो पाएको थियो । हरेक बुवा–आमाको चाहना हुन्छ, छोराछोरीको नामबाट चिनिने। उनीहरूले आफूले भन्दा धेरै चिज गरुन्÷देखुन् भन्ने लाग्ने गर्दछ ।

त्यसका लागि बाबु–आमा जे जस्तो त्याग पनि गर्न सक्छन्। उनीहरूका लागि सन्तानको सफलता नै सबैभन्दा ठूलो सम्पत्ति हो। तर न त सबै छोराछोरी बुवा–आमाले सोचे जति सफल हुन सक्छन् न सबै बुवा–आमाले सन्तानको सफलता देख्ने अवसर नै प्राप्त गर्छन्।

यस्तै एउटा गन्धर्वको छोराप्रतिको सपनाहरूको फिल्म हो ‘पूर्णबहादुरको सारङ्गी’। पूर्णबहादुरलाई बुवाले सारङ्गी रेटेरै हुर्काए। उसले पनि बुवाबाट सारङ्गीको हरेक कर्खा सिक्यो, मिठो गाउन सिक्यो। मान्छेका घर–घरमा गाएर हुर्कियो, बुवालाई पाल्यो।

गएरै मन परेकी युवतीसँग बिहे ग¥यो। गिताङ्गेको छोरो हुनुमा उसलाई गर्व थियो। उसका हातका औंलाहरू सारङ्गीका तारमा नाच्दा, उसलाई त्यो केवल सङ्गीत मात्र होइन, आफ्नो अस्तित्वको इतिहास बोक्दैछु भन्ने लाग्थ्यो।

तर उसले आफ्नो अस्तित्व र इतिहास रहेको त्यही सारङ्गी पनि छोराका लागि त्याग गर्याे । सन्तानका लागि आमा बाबुको त्याग र योगदान दर्शाउने यो जिवन्त अभिनय रहेको चलचित्रले दर्शकलाई हल भित्रै रुवाईरहेको छ । नेपालमा मात्रै होइन् अमेरिका अष्ट्रेलिया र ब्रिटेनमा समेत यो चलचित्र प्रर्दशनमा आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top