यी ३ हतियार बन्नसक्छन् third world war को कारण

३ मंसिर,विराटनगर।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि विश्व भू–राजनीतिमा केही फरक खाले प्रभाव देखिने संभावना रहेको छ । जसमध्येको एक रुस–युक्रेन युद्ध रोकिने सम्भावनामा पनि चर्चा भइरहेको छ ।

ट्रम्पको जितले आउने समयमा रूस–यूक्रेन युद्ध रोक्न सहयोग पुग्ने ठानिएको छ किनभने नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति अमेरिकाका तर्फबाट युक्रेनलाई दिइरहेको सहायताको विरुद्धमा छन् । साथै उनले चुनावी एजेण्डामा नै सबै खाले युद्ध रोक्ने घोषणा गरेका छन् ।

Advertisement

यसबीच उनको टिम पनि युद्ध रोक्ने प्रयासस्वरुप रूसी नेतृत्वको सम्पर्कमा रहेको समाचारहरु पनि बाहिरिएका छन् । तर यसबीच जाँदाजाँदै राष्ट्रपति जो बाइडनले निकै ठूलो खेलोफड्को गरेका छन् ।

उनले यूक्रेनलाई रूसमा घातक हतियारहरु प्रयोग गर्न अनुमति दिएका छन् । यससंगै अब युक्रेनले रुसभित्र लामो दुरीको मिसाइलहरु हान्न सक्नेछ, जुन यसअघि रोकिएको थियो र त्यसका लागि जेलेन्स्कीले बारम्बार हार गुहार गरिरहेका थिए ।

Advertisement

बाइडेन प्रशासनले हिमार्स, अब्राम्स ट्यांक र एफ १६ मिसाइलहरु जस्ता घातक हतियारहरुको प्रयोग गर्न युक्रेनलाई अनुमति दिइसकेको छ । यी हतियारहरु प्रयोगको अनुमतिको मतलब नै यो हो, कि अब रूस–यूक्रेन युद्ध थप तिब्र हुनेछ ।

किनभने यी सबै निकै नै घातक हतियार हुन् । एफ–१६ निकै आधुनिक लडाकू विमान हो । तर यहाँनिर एउटा प्रश्न पनि के उठिरहेको छ भने, यूक्रेनले शुरूदेखि बाइडेन प्रशासनसंग यी हतियारहरुको प्रयोग गर्न अनुमति मागिरहेको थियो, तर अहिले आएर भने यो अनुमति दिइएको छ ।

जबकी अहिले निकै ढिला भइसकेको छ । अब अमेरिकी आर्मी टेक्टिकल मिसाइल सिस्टमले पाएको अनुमतिको समयमा पनि प्रश्न उठिरहेका छन् । आखिर बाइडेन प्रशासनले किन यतिबेला आएर यसको अनुमति दिए भन्नेमा पनि धेरैको जिज्ञासा रहेको छ ।

यस्तो अनुमतिले अब पुटिनलाई त हैरान पार्छ नै युद्ध रोक्छु भन्ने ठोकुवा गरेका ट्रम्पलाई पनि अप्ठ्रो पार्ने देखिन्छ । हुनत यूक्रेनलाई अमेरिकी आर्मी टेक्टिकल मिसाइल सिस्टमको सप्लाई सीमित छ । साथै यसको सबैभन्दा अधिक रेन्ज केवल १०० किमीमात्रै छ ।

यस्तोमा यसले युद्धमा रातारात केही परिवर्तन ल्याइहाल्छ भन्ने पनि देखिदैन । बरु यूक्रेनले आफुले निर्माण गरेको ड्रोनको प्रगोग गर्नेछ । त्यो सस्तो पनि छ । यीनै ड्रोनका माध्यमले यूक्रेनले मस्कोको आकाशमा कोकोहोलो मच्चाएको थियो ।

यसबीच रूसले यूक्रेनमा ठूलै धावा बोलेको छ । उसले उत्तरी यूक्रेनको सूमी शहरमा एक नौतले भवनमा बमबारी गरेको छ । जसमा आठ जनको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । यो गएका केही महिनाहरुमा सबैभन्दा ठूलो हमला थियो ।

यता, अमेरिकी मिसाइललाई दिइएको स्वीकृतिलाई लिएर विश्लेषकहरु पनि हैरान भएका छन् । उनीहरुको भनाइ छ कि यो स्वीकृतिले जारी युद्धमा थप आगो भड्काउने छ । यसले रुसलाई थप ट्रिगर गर्ने र तेस्रो विश्वयुद्धतर्फ यो मामिला बढ्न सक्छ ।

रूसी राष्ट्रपति भ्लाादिमीर पुटिनले पहिला नै चेतावनी दिइसकेका छन् कि पश्चिमी देशहरु आगोसंग खेलिरहेका छन् भनेर । यस्तोमा विश्लेषकहरु न भन्छन् कि रूसमा उत्तर कोरियाका सैनिकहरु आएका कारणले पनि अमेरिकाले यी मिसाइलहरुको प्रयोगको अनुमति दिएको हो ।

बाइडेन प्रशासनको यो निर्णयका बारेमा खुलासा गर्ने न्यूयोर्क टाइम्स अखबारको पनि भनाइ छ कि यी मिसाइलहरुको प्रयोग संभवतः रूसी र उत्तर कोरियाली सैनिकहरुविरुद्ध हुनसक्छ।उत्तर कोरियाली सैनिक रूसको सहयोगका लागि हजारौंको संख्यामा आइरहेको बताइएको छ ।

रूसले कुर्स्कमा करीब ५० हजार सैनिकहरु तैनाथ गरेको छ । यो दक्षिणी रूसको त्यो क्षेत्र हो, जहां यूक्रेनले गर्मीका दिनहरुमा आश्चर्यजनक हमला गरेको थियो । रूस अब आफ्नो इलाकालाई फिर्ता ल्याउने तयारीमा जुटेको हो ।

यस्तोमा बाइडेनले जाँदाजाँदै पुटिन र ट्रंप दुवैको टेंशन बढाइदिएका हुन । पुटिन अब काउंटरको तयारीमा जुट्ने छन्, यता ट्रम्प चाहान्थे कि आफू कुर्सीमा बस्नुअघि नै युद्ध सल्टियोस । तर अब त्यसो नहुने देखिन्छ ।

सीएनएनको रिपोर्टका अनुसार, एक अमेरिकी अधिकारीले भनेका छन् कि अहिलेका लागि यी हतियारहरुको प्रयोग मुख्य रूपले कुर्स्कमा नै गरिने छ । ती अधिकारीले भनेका छन्, रूसले त्यहाँ भारी संख्यामा सैनिकहरुको तैनाथी गरेको छ ।

उ चाहान्छ कि भविष्यमा कुनै पनि किसिमको शांति वार्तामा कुर्स्क मोलमलाईबाट टाढा रहोस् । तर अमेरिका यस्तो कुनै पनि हालतमा चाहादैन । उसको योजना नै छ कि यूक्रेनलाई धेरैभन्दा धेरै समयसम्म कुर्स्कमा राख्न सकियोस ।

यसबीच रूसको सहयोगका लागि हजारांै उत्तर कोरियाली सैनिकहरु पनि कुर्स्क पुगिसकेका छन् । यसले बाइडेन र उनका सलाहकार चिन्तित भएका हुन् । तर उनीहरुको पछिल्लो कदमले भने अब युद्ध एक खतरनाक मोडमा पुग्न सक्छ ।

रसियाको संसदको माथिल्लो सदन फेडेरेसन काउन्सिलका सदस्य आन्द्रेई क्लिट्सले बाइडेनको निर्णयको निन्दा गर्दै यस विषयमा चिन्ता व्यक्त गरेका छन्। “पश्चिमले युक्रेनको पूर्ण विनाश निम्त्याउन सक्ने स्तरमा तनाव बढाउने निर्णय गरेको छ“, उनले टेलिग्राम पोस्टमा भनेका छन् ।

अर्का सदस्य भ्लादिमिर झाबारोभले यस मुद्दामा रुसको प्रतिक्रिया तत्काल हुने स्पष्ट पारेका छन् । रुसी सांसदहरूले यसले चलिरहेको युद्धलाई अझ बढाउने चेतावनी दिएका छन्। “यो तेस्रो विश्वयुद्धको सुरुवाततर्फको ठुलो कदम हो“, दजाबारोभले भनेका छन् ।

रसियाभित्र आर्मी ट्याक्टिकल मिसाइल सिस्टम वा एटिएसिएमएस प्रयोग गर्ने निर्णय धेरै महिनादेखि विचाराधीन थियो। अमेरिकी अधिकारीहरू युक्रेनमाथि प्रतिबन्ध लगाउनमा विभाजित थिए। कतिपयलाई यो युद्धमा परिणत हुने डर थियो।

अरूहरू हतियारको भण्डार घट्दै गएकोमा चिन्तित थिए। युद्धको पहिलो दुई वर्षमा अमेरिकाले युक्रेनलाई यो क्षेप्यास्त्र दिन अस्वीकार गरÞ्यो। तर, सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले रुसी भूभागमा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएमा रुसले यसलाई प्रत्यक्ष द्वन्द्व मान्ने स्पष्ट चेतावनी दिएका थिए।

पुटिनले सेम्टेम्बरमा भनेका थिए कि यदि रूसमा पारंपरिक मिसाइलहरुले हमला गरियो भने रुसले परमाणु हतियारहरुको प्रयोग गर्न सक्छ । पुटिनले भनेका थिए, मस्कोले कुनै पनि परमाणु शक्तिलाई उकास्ने हमलालाई संयुक्त हमला मान्नेछ ।

यो बयान क्रेमलिनको त्यो बेला अमेरिका र ब्रिटेनमा चलिरहेको छलफलको जवाफमा आएको थियो । जतिबेला यूक्रेनलाई रूसमा पारंपरिक पश्चिमी मिसाइलहरु हान्न अनुमति दिइनुपर्छ भन्ने चर्चा भइरहेको थियो । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top