जुम्लाको तापक्रम माइनस ४ मा झर्याे, अरु कता बढ्यो चिसो ?

३ मंसिर ८१, मंगलबार

४ कार्तिक , काठमाण्डौ।

नेपालमा अहिले देशभर पश्चिमी वायुको प्रभाव छ । यस्तै देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना छ ।

आज राति पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ । भोली बुधबार दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विहीबार दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विहीबार राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसबीच देशभर क्रमशः तापक्रम घट्दै जाँदा चिसो बढ्दै गएको छ । आज बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको थियो । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको सूचीअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४ डिग्री सेल्सियस देखिएको हो ।

यसपछि आज बिहान सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा ५.९ डिग्री सेल्सियस रहेको थियो । महाशाखाको विवरणअनुसार तेस्रो नम्बरमा विहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस रह्यो ।

यो काठमाडौँका लागि यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो । यस्तै काठमाण्डौ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण विहान भिजिविलिटी कम रहेको थियो । आज दिनभर हिजोको भन्दा धेरै चिसो महशुस हुन सक्ने मौसमविद्को भनाइ छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top