लाइभ प्रेस कन्फ्रेन्समा रुसी प्रवक्तालाई आईसीबीएम बारे बोल्न रोकियो

७ मंसिर , काठमाण्डौ।

रुसी राष्ट्रबपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व पश्चिमबाट उक्साइएको भन्दै अब रुसले निर्णायक आक्रमण गर्ने चेतावनी दिएका छन् । रुसको कुर्स्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलद्वारा आक्रमण गरिएपछि विश्वव्यापी रूपमा द्वन्द्व फैलिन सक्ने उनले बताए ।

युक्रेन नरोकिए रुसले निर्णायक जवाफ दिने उनले चेतावनी दिएका छन् । उनले रुसमाथि आक्रमण गर्ने देशका विरुद्ध हतियार प्रयोग गर्ने अधिकार आफूहरूसँग रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीलाई ध्वस्त गर्ने रुसले नभई संयुक्त राज्य अमेरिकाले भएको उनले बताए ।

Advertisement

उनले ‘शत्रु’माथि कारबाहीका निम्ति रुसले नयाँ मध्यम दूरीको ब्यालिस्टिक मिसाइल ओरेश्निकको सफल परीक्षण गरेको पुष्टि गरेका छन् । रुसले युक्रेनमाथि आफ्नो सबैभन्दा शक्तिशाली इन्टर–कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल आइसीबीएम प्रयोग गरी आक्रमण गरेको छ।

यो मिसाइल परमाणु हमला गर्न सक्षम छ र पहिलोपटक युद्धमा यस्तो मिसाइलको प्रयोग भएको बताइन्छ। यस घटनाले अन्तर्राष्ट्रिय समुदायमा ठूलो हलचल मच्चाएको छ। तर रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभालाई पत्रकार सम्मेलनको क्रममा आइसीबीएम आक्रमणबारे कुनै पनि प्रतिक्रिया दिनबाट रोकिएको छ ।

Advertisement

प्रेस कन्फ्रेन्सका क्रममा उनलाई क्रेमलिनबाट फोन आएको थियो जहाँ यो विषयमा केही पनि नबोल्न निर्देशन दिइएको थियो। यो आक्रमण युक्रेनको स्टर्म श्याडो क्रूज मिसाइल प्रयोगको जवाफस्वरूप भएको हो। स्टर्म श्याडो मिसाइल पश्चिमा देशहरूले युक्रेनलाई उपलब्ध गराएका हुन्।

राष्ट्रपति पुटिनले यसअघि नै चेतावनी दिएका थिए कि युक्रेन वा पश्चिमा देशहरूले रेड लाइन पार गरेमा रुसले परमाणु अस्त्र प्रयोग गर्न सक्छ। रुसी आइसीबीएम करिब २४ हजार किलोमिटर प्रति घण्टाको गतिको मिसाइल हो, जसलाई इन्टरसेप्ट गर्न लगभग असम्भव मानिन्छ।

यस आक्रमणले युक्रेनका साथै उसको सहयोगी राष्ट्रहरूलाई स्पष्ट सन्देश दिएको छ कि रुससँग विनाशकारी हतियार छन् र आवश्यक परेमा ती प्रयोग गरिनेछन्। यता युक्रेनी सेनाले यस आक्रमणको पुष्टि गरेको छ तर मिसाइलले कस्तो क्षति पुर्यायो भन्ने खुलासा गरेको छैन।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई शान्त रहन र त्रास नफैलाउन आग्रह गरेका छन्। रिपोर्टहरूअनुसार यो मिसाइल परमाणु हतियारसहित प्रक्षेपण गरिएको थिएन र यसले ठूला क्षति पुरÞ्याएको दाबी गरिएको छैन। यो घटना पुटिनको नीतिमा आएको परिवर्तनको संकेत हो।

रुसी परमाणु सिद्धान्तमा पनि परिवर्तन गर्दै पुटिनले पश्चिमी देशहरूलाई युक्रेनमा हस्तक्षेप नगर्न कडा चेतावनी दिएका छन्। यो घटनाले विश्वलाई थप तनावपूर्ण बनाएको छ र तेस्रो विश्वयुद्धको सम्भावना बढेको अड्कल गरिएको छ।

रुस युक्रेन युद्ध तेस्रो वर्षमा पुग्दा रुससँगको युद्ध पक्षधर युक्रेनीको सङ्ख्या घट्दै गएर बहुमत पक्षधर शान्ति पक्षमा गएको देखिएको छ । अमेरिकाको ग्यालप पोलले गरेको सर्वेले ५२ प्रतिशत शान्ति पक्षमा पुगेको देखाएको छ ।

यो सन २०२२ र २०२३ को तुलनामा व्यापक धेरै हो । सन २०२२ फेब्रुअरीमा रुसले युक्रेनलाई हमला गर्दा युक्रेनका ७३ प्रतिशतले युद्ध पक्षधरता देखाएका थिए । त्यो कुरा सन २०२३ मा ६३ तथा सन २०२४ मा आएर ३८ प्रतिशत पुगेको देखिएको सर्वेले जानकारी दिएको छ ।

ग्यालप पोलले युद्धबाट लखतरान भएर धेरै युक्रेनीले शान्तिपूर्ण समाधान खोजेको उल्लेख गरेको छ । अमेरिकी सर्वेबाट आएको यो नतिजालाई रुसी विश्व च्यानल आरटीले प्राथमिकता दिएर प्रकाशन गरेको छ ।

रुसी हमलापछि युक्रेनका ६ लाख हाराहारी सेना मारिएको र अरू लाखौँ घाइते भएको विभिन्न मिडियाले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top