एमालेले शक्ति देखाउँदा जनताले दुःख पाए

६ मंसिर ८१, शुक्रबार
७ मंसिर , काठमाण्डौ।
नेपालीमा एउटा उखान छ, जुन जोगी आएपनि कानै चिरिएको ।  जनताका आवश्यकता र समस्या समाधान हुनुको साटो झनै बढेको भन्दै दलहरुबीच नयाँ गठबन्धन गरी भ्रष्टचार नियन्त्रण, सुशासन, संविधान संशोधन र जनताको अवस्था बदल्ने वचनसहित सरकारमा गएको  नेकपा एमालेको सडक प्रर्दशनकै कारण आज जनताले नपाएको दुःख पाएका छन् ।
सत्तारुढ नेकपा एमालेको सडक प्रदर्शनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। एमालेले दरबारमार्ग सभा आयोजना गरेकोे छ। त्यसका लागि भद्रकालीबाट सुरु भएको ¥यालीका कारण काठमाडौंको सडक यात्रा पीडादायी बनेको छ ।
समयमा गन्तब्यमा पुग्नु पर्नेहरु दिनभर  जसो नै सडकमा बिताउन बाध्य बनेका छन् । एमालेको ¥यालीका कारण काठमाडौँका न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार लगायतका क्षेत्रमा ट्राफिक जाम परेको छ।  एमालेले सभाअघि विभिन्न स्थानबाट ¥याली निकालेको थियो ।
यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । जसकारण ट्राफिक व्यवस्थापन थप अस्तव्यस्त बनेको हो । एमालेको सभाका लागि नारायणहिटी दरबारको गेट अगाडि नै मञ्च बनाइएको छ । ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ।दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।
अहिले काठमाडौंका मुख्य स्थानहरू ः न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर र सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ । केही मिनेटको बाटो छिचोल्न आधा घण्टाभन्दा धेरै समय लाग्न गरेको छ । एमालेको सभाका कारण जाम हुने पिरले कार्यालयतिर निस्केका सर्वसाधारणले आज दुःख पाएका छन् ।
सिंहदरबारसहितका क्षेत्रमा छिर्ने सडकमा जाम हुँदा सर्वसाधारण र कर्मचारीले पनि  घण्टौसम्म जाममा रोकिनुपरेको  बताएका छन् । विपक्षी दलहरुले यो वा त्यो बहानामा सडक तताइरहेको बेलामा सत्ताकै नेतृत्व गरिरहेको एमाले पनि सडकमा उत्रिएपछि सर्वसाधारणहरु रुष्ट बनेका छन्।
अराजकता, अस्थिरता र जनतामा एमाले र एमाले नेतृत्वविरुद्ध भ्रम छरेको भन्दै एमालेले त्यसको प्रतिवाद गर्नको लागि काठमाडौंमा कार्यकर्ता उर्तान लागेको  बताइएको छ ।  उपमहासचिव प्रदीप ज्ञवालीले देश बर्बाद भइरहेको भन्ने निराशाको खेती गर्न चिनुपर्नेमा जोड दिँदै अराजकतावादी, माओवादी, रास्वपा र राजावादी मिलेको टिप्पणी गरेका छन् ।
विश्लेषकहरुले समेत सरकारको नेतृत्व गरिरहेको एमालेले विरोधीलाई देखाउन सडकमा ओर्लिन खोजेको  बताएका छन् । जनताले काम गर्न नसकेको भन्दै आलोचना गर्न थालेपछि सरकार अफ्ठ्यारोमा परेको बेलामा आफ्नो बचाउमा एमालेले सडकबाट शक्ति देखाउन खोजेको  कतिपयले टिप्पणी गरेका छन् ।
एकैदिन विभिन्न  फरक फरक समूहको प्रदर्शन हुने भएपछि  आज  काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाएएको बताएका छन् ।
त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताएका छन् ।  त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिनेछन्।   सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताएका छन् । काठमाडौंका सडकमा सहकारी पीडित र दुर्गाप्रसाईका समर्थक पनि प्रर्दशनमा उत्रिएका छन् ।
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top