ह्यारी केनले बनाए दुर्लभ कीर्तिमान

८ मंसिर ८१, आइतबार

९ मंसिर , एजेन्सी ।

इंग्ल्यान्डका स्टार ह्यारी केन जर्मन बुन्डेसलिगामा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् । घरेलु मैदानमा बायर्न म्युनिखले असबर्गलाई ३–० गोलअन्तरले पराजित गर्दा केनले ह्याट्रिक गरेका थिए । योसँगै उनी बुन्डेसलिगामा छिटो ५० गोल गर्ने खेलाडी बनेका हुन् ।

इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका केनले दुई गोल पेनाल्टीमा गरेका थिए । खेलको ६३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल पनि पेनाल्टीमा नै गरेका थिए ।

Advertisement

इन्ज्युरी समयको पाँचौं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । केनले बुन्डेसलिगाको ४३ खेलमा ५० गोल पूरा गरेका हुन् । उनले अर्लिङ हालान्डको नाममा रहेको कीर्तिमान तोडेका हुन् । हाल म्यानचेस्टर सिटीमा रहेका हालान्डले बोरुसिया डर्टमन्डबाट खेल्दा ५० खेलमा ५० गोल गरेका थिए ।

केनले गत सिजन लिगका ३२ खेलमा ३६ गोल गरेका थिए, जुन टोटनह्यामबाट अनुबन्धित भएपछि बायर्नमा उनको पहिलो सिजन थियो । सन् २०१२ पछि बायर्नले उपाधि जित्न असफल भएको पनि यो पहिलो सिजन थियो ।

Advertisement

उक्त सिजन बायर लेभरकुजेनले अपराजित रहँदैं बायर्नको विजयी यात्रामा विश्राम लगाएको थियो । यस सिजन लिगमा १४ गोल गर्नुका साथै केनले च्याम्पियन्स लिगमा पाँच र जर्मन कपमा एक गोल गरेका छन् ।

जारी सिजनमा अहिलेसम्म ११ खेलमा अपराजित रहने क्रममा ९ जित र दुई बराबरी खेलेको बायर्न २९ अंकसहित शीर्षस्थानमा छ । पराजित असबर्गको १२ अंक मात्र रहेको छ ।

ह्यारी केन इंग्ल्यान्डको सबैभन्दा चर्चित फुटबल खेलाडीहरूमध्ये एक हुन्। उनी स्ट्राइकरका रूपमा खेल्छन् र हाल जर्मन क्लब बायर्न म्युनिख र इंग्ल्यान्डको राष्ट्रिय टोलीका लागि खेल्छन्। केनको जन्म २८ जुलाई १९९३ मा लन्डनमा भएको थियो।

उनी टोटेनहम हट्सपर क्लबको एकेडेमीबाट आएका हुन् र त्यहाँकै लागि उनले उत्कृष्ट प्रदर्शन गर्दै स्टार खेलाडी बने। टोटेनहममा रहँदा उनले २०१५–१६ र २०१६–१७ को प्रिमियर लिग सिजनमा गोल्डेन बुट जिते।

उनले २०१८ को फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गरेर गोल्डेन बुट जितेका थिए। उनले फाइनल खेलमा गोल गरेका फ्रान्सका खेलाडीद्वय एन्टोइन ग्रिज्मन र किलियन एम्बाप्पेलाई २ गोलले पछाडि पार्दै उपाधि जित्न सफल रहे ।

केन गोल्डेन बुट जित्ने इंग्ल्यान्डका दोस्रा खेलाडी हुन् । यसअघि ग्यारी लिनेकरले ३२ वर्षअगाडी भएको विश्वकपमा गोल्डेन बुट जितेका थिए । केनले प्रतियोगिताको पहिलो खेलमा ट्युनिसियाविरुद्ध दुई गोल गर्दै उत्कृष्ट सुरुआत गरेका थिए ।

दोस्रो खेलमा पानामासँग ह्याट्रिक गरेका उनले समूह चरणको अन्तिम खेलमा भने विश्राम पाए । त्यसपछि अन्तिम १६ को खेलमा उनले कोलोम्बियाविरुद्ध पेनाल्टीबाट गोल गर्दै गोल संख्या ६ पुर्याएका थिए ।

इंग्ल्यान्डलाई २०२० को युरो कपको फाइनलमा पुर्याउन उनले महत्त्वपूर्ण भूमिका खेले। केन आफ्नो शक्तिशाली फिनिशिङ, रणनीतिक दृष्टिकोण, र नेतृत्व क्षमताका कारण चर्चित छन्। २०२३ मा, उनले बायर्न म्युनिखमा स्थानान्तरण गर्दै नयाँ अध्याय सुरु गरे। उनले इंग्ल्यान्डका लागि ८० भन्दा बढी खेल खेल्दै राष्ट्रिय टोलीको सर्वाधिक गोलकर्ता बनेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top