×

NEPAL TIMES UPDATES

Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026

सरकारकै निर्णय सत्तारुढ दलले मानेन्, जरिवाना पत्र एमालेले नलिने

९ मंसिर २०८१

९ मंसिर , काठमाण्डौ।

शुक्रबार सत्तारुढ दल एमालेले काठमाडौंको दरबारमार्गमा जागरण अभियान गर्दैगर्दा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोक्यो। महानगरकी उप–मेयर सुनिता डंगोलसमेत सहभागी एमालेको सभाका सहभागीहरूले सडक तथा पेटीहरूमा फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गरेको पत्र सार्वजनिक भयो।

तर एमालेले भने सो जरिवाना पत्र बुझ्न नै अस्वीकार गरेको छ । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको हो । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो । महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ ।

एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली फर्किएको छ । यसअघि दिएको पत्रमा एमालेले ‘रेस्पोन्स’ नगरेपछि बालेनले अर्को पत्र दिएर पठाएका हुन् । एमाले कार्यालयमा नगरप्रहरी सचिव महानगरका कर्मचारी पुगेका थिए ।

पत्रका बारेमा एमालेको तर्फबाट आधिकारिक जवाफ आएको छैन। नेताहरूले सामाजिक संजाल तथा मिडियाहरूबाट महानगरको जरिवाना नतिर्ने भन्दै आएका छन्। सामाजिक संजालमा महानगरको पत्र सार्वजनिक हुनासाथ पार्टीका महासचिव शंकर पोखरेलले महानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको बताएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको भनेका थिए।

मेयर बालेनको निर्देशनमा महानगरले एमालेलाई जरिवानाको पत्र काटेको भन्दै अहिले एमालेका नेताहरु रुष्ट छन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि यसलाई बालेनको पूर्वाग्रह नै देखिने तर्क गरे।

उनका अनुसार कार्यक्रममा स्वयम्सेवकहरुले आफैं सरसफाइ गरिरहँदा पनि कार्यक्रम नसकिँदै २ बजे नै पत्र लेख्नु त पूर्वाग्रह देखिन्छ। उता, पूर्वमन्त्रीसमेत भएका एमालेका नेता महेश बस्नेतले त मेयर बालेनले एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन् ।

केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जरिवाना तिर्ने कुरा नभएको बताएका थिए । त्यसअघि एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पनि ‘औचित्यहीन चिर्कटो’ भन्दै आफूहरूले महानगरले तोकेको जरिवाना नतिर्ने बताएका थिए। म

हानगरको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा कार्यक्रम गर्दा फोहोर तथा वातावरण प्रदूषण गराएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख छ।

पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछाले हस्ताक्षर गरेका छन्। खासगरी बालेन र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीचको टकराब पछिल्लो समय विभिन्न विषयमा सतहमा देखिँदै आएको छ।

ओली–बालेन दुरी लामै समयदेखि चलिआएको छ। ओलीले सुकुम्बासी बस्तीमा डोजर लगाउनु गलत भएको टिप्पणी गरेपछि बालेन र ओलीबीचको दूरी बढ्दै गएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top