NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

न्यायमूर्तिसँग रविको अनुनय,मैले छाडे के गर्नु प्रहरीले पक्री हाल्छ

सोमवार मंसिर १० , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० मंसिर, काठमाण्डौ ।

विभिन्न सहकारीको वचत रकम अपचलनमा कात्तिक २ देखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पुनः म्याद थप गर्न आइतबार कास्की अदालतमा उपस्थित गराउदा उनले न्यायाधीशसँग आफूलाई हिरासत बाहिरै रहेर अनुशन्धानमा सहयोग गर्ने आदेश दिन भन्दै अनुरोध गरेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनलाई थप अनुशन्धानका लागि १५ दिन म्याद थप थप्नु अघि लामिछानेले आफ्नो भनाइ राख्ने क्रममा यस्तो बताएका हुन् ।

उनले आफ्नो मुद्दा सुरुदेखि नै राजनीतिकरण भएको तथा वास्तविक सहकारी पीडितमाथि भने अन्याय भएको तर्क गरेका छन् । उनले भनेका थिए ‘म पब्लिक सर्भिलेन्समा सधैँ बसेको मान्छे हुँ ।

टेलिभिजन खोल्दाखेरी लुकेर खोलिएको थिएन’, लामिछानेले बहसका क्रममा भने, ‘त्यतिखेर सार्वजनिक ऐलान गरेर यी सञ्चालकहरुसँग म काम गर्दैछु, यिनको केही उजुरी छ भने हाम्रा टेलिभिजनका पत्रकार त्यसबारे समाचार बनाउन पनि स्वतन्त्र छन् भनेकै थियौं ।’

रविसँगको भनाइमा न्यायाधीश बेल्बासेले यो अनुसन्धानको चरण भएको दोषी नभनिएको र निर्दोष हुन सक्ने रविलाई बताएका थिए । उनले कसले पोल्यो भन्दा पनि तथ्यले के देखायो भन्ने आधारमा निर्णय हुने उल्लेख गरेका थिए ।

त्यस्तै, उनले आफूलाई देशभरि मुद्दा हालेर हैरान बनाइएको गुनासो पोखेका थिए । त्यसमा न्यायाधीश बेल्बासेले अहिले कास्कीबाट छुटेपनि अन्य जिल्लामा समेत पक्राउ पुर्जी जारी भइसकेको र त्यहाँबाट पनि पक्राउ पर्ने जनाएका थिए ।

बरु कास्कीबाटै अन्य जिल्लामा गएर अनुसन्धानमा सघाउने विकल्प न्यायाधीशले रविलाई सुझाएका थिए । न्यायाधीशको यो तर्कमा रवि सहमत भएका थिए ।

उनले आफूले अनुसन्धानलाई सघाउने भन्दै उनले भनेका थिए, म माथिका प्रतिशोध सँग पनि लडौँला । मलाई सम्मानित अदालतप्रति धेरै विश्वास छ । यसको जवाफमा न्यायाधीशले थुनछेकको क्रममा छोड्ने राख्ने कुरा हुन सक्छ । तर तपाईँलाई यहाँबाट छोडेपनि अर्को ठाउँमा यही प्रकरणमा पक्राउ पूर्जी जारी भइसकेको छ, त्यहाँबाट पक्राउ भइहाल्नुहुन्छ । मैले छोडेर के गर्नु तपाईँलाई समाएर फेरि अर्को जिल्ला लगिहाल्छ । अनुमति दिएको छ अरु जिल्लाबाट पनि । मैले छोडेर कुनै औचित्य नै हुन्न । कसमेकम यहीँबाट लानुहुन्छ, बयान गराउनुहुन्छ, यो केशको क्रममा ति केश पनि सकिन्छन् ।

न्यायाधीशले यति भनेपछि रविले तयार भएका थिए , जसमा उनले भनेका थिए, त्यस्तो भएछ भने म जान्छु नि श्रीमान । तर मलाई बाहिर रहेर अनुसन्धानमा सहयोग गर्न दिनुहोस् । मलाई अनुसन्धान भरि पोखरा नछोड भन्नुहुन्छ भनेपनि छोड्दिन । रविले पटक पटक बाहिर रहेर पनि अनुशन्धानमा सहयोग गर्ने बताएपछि न्यायाधीशले भनेका थिए बीचको अवस्था हो यो, यसमा सुरुको अवस्थामा छुट्टै हुन्छ, अनुसन्धानको अवस्थामा छुट्टै हुन्छ, म्याद थप्ने अवस्थामा अर्कै हुन्छ । यसलाई त्यही रुपमा बुझ्नुपर्छ । अहिले दोषी भएँ भनेर निराश हुनुपर्ने अवस्था छैन, भोलि निर्दोष हुन सक्नुहुन्छ । यो पक्रियालाई चाहिँ सघाउनुपर्यो । अहिले म दोषी भएँ नी भनेर सोचिहाल्न पनि पर्दैन, अहिले निर्दोष छु भनेर भनिहाल्न पनि पर्दैन । यसमा रविले जे जे बाहिर भनिएका छन्, त्यहीँत्यहीँ पुग्दै जाँदा, ठाउँठाउँमा मुद्दा, मान्छेलाई फरार गर्दै मुद्दा लगाउँदै जाँदा खेरी अपमान भएको छ श्रीमान । यहाँ नभने कहाँ भनौँ ? भनेपछि न्यायाधीशले अपमान त हुँदैन नि, तथ्यमा आधारित भएर काम गर्छौं भन्ने जवाफ दिएका थिए ।

त्यसपछि रविले म सघाउनका लागि तयार छु तर अलि धेरै हैरानी भयो श्रीमान भनेपछि न्यायाधीशले त्यो हुन सक्छ । त्यही भएर चाँडै सक्न खोजेको बताएका थिए । रविले न्यायाधीश समक्ष आफ्नो विगत पनि खोतलेका थिए, उनले भनेका थिए, श्रीमान्, एउटा सञ्चारकर्मीको रुपमा मेरो कर्म जहिल्यै सार्वजनिक नै छ । म पब्लिक सर्भिलेन्समा सधैँ बसेको मान्छे हुँ । टेलिभिजन खोल्दाखेरी लुकेर खोलिएको थिएन । त्यतिखेर सार्वजनिक ऐलान गरेर यी सञ्चालकहरुसँग म काम गर्दैछु, यिनको केही उजुरी छ भने हाम्रा टेलिभिजनका पत्रकार त्यसबारे समाचार बनाउन पनि स्वतन्त्र छन् भनेकै थियौं। कसैले देखाउनुभयो भने एक मिनेटभित्र सार्वजनिक बहसमा ल्याउँछु पनि भनेकै हौं। ति गलत रहेछन् भने कि तिनीहरु हुन्नन् कि म हुन्न भनेको भिडियो अहिले पनि टेलिभिजनको रेकर्डमा छ । प्रधानमन्त्रीले उद्घाटन गरको टेलिभिजनमा जिबी राईले म लगानीकर्ता हुँ, मैले राम्रोसँग गरेको हुँ, जिम्मेवारी लिन्छु भनेको कुरा अहिलेसम्म पनि रेकर्डमै छ। गोर्खा मिडियामा आएको भनिएको पैसा बैंकिङमार्फत भएको हो । ७ महिनामा ’वल्र्ड क्लास’ टेलिभिजन बनाउने जिम्मेवारी लिएको हो र मेरो विज्ञता त्यही भएको हुनाले त्यसरी काम गर्दै गइयो। मलाई नै कारण बनाएर, मेरै विषयमा कुरा उठेको हुनाले मलाई नै केन्द्र बनाएर संसदीय छानबिन विशेष समिति बनाईयो। त्यसकारण प्रतिवेदनको मध्यविन्दुमा म नै थिएँ । सरकार परिवर्तन भयो, मानिसको बोली परिवर्तन भयो । त्यसखेर संसदमा प्रधानमन्त्रीजी ले बोल्दा आफ्नो मनबाट बोल्नुभएको होइन। सबै अनुसन्धान गरेका निकायलाई बोलाएर, बुझेर उहाँले त्यो कुरा बताउनुभएको थियो । अहिलेका प्रधानमन्त्रीज्यूले पनि त्यसै गरी बुझेर बोल्नु भएको थियो। प्रहरी प्रमुखले सबै निकायहरुलाई बोलाएर, सोधेरै भन्नुभएको हो ।महान्यायाधिवक्ताको कार्यालयले पनि खोजेर, बुझेरै पत्र दिएको हो। जिबी राईलाई पक्राउ गर्नुपर्ने कुरामा सबैभन्दा बढी काम गर्ने जनप्रतिनिधिको रुपमा म आफूलाई दाबी गर्न चाहन्छु श्रीमान् । मैले मलेसियाका गृहमन्त्रीसँग दुई पटक टेलिफोन सम्पर्क गरेँ । उहाँले दिएकै उपायअनुसार जिबी राईको पासपोर्ट खारेज गर्नु यही अदालतमा निवेदन आएको हो। तर, सम्मानित अदालतबाट आदेश आउन सकेन । जिबी राईलाई पक्राउ गर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिँदा जमिनमुनी भएपनि आकाशमा भएपनि पक्रन्छु भनेर अभिव्यक्ति दिने मानिस पनि मै हुँ, बचतकर्ताको रकम फिर्ता गराउनको लागि सबैभन्दा बढी प्रतिवेदन दिनेमा म आफैँ संलग्न भएको हो । सार्वजकि रुपमा, अहिले त यो यो विषय आउँछ भन्ने मलाई थाहा थिएन नि । त्यो अवधिमा श्रीमान्, अरु मानिसहरुलाई न्याय दिने कार्यक्रमको स्वरुप मेरो थियो । कयौँ मानिसहरु आउँथे त्यहाँ न्याय माग्नको लागि । त्यहाँ मैले काम गर्दा देशभरका सयौँ, हजारौँ सहकारी पीडितहरुको विषय उठाएको रेकर्ड अझै पनि छ । तर यही सहकारीका मानिसहरु कहिल्यै पनि तपाईँको टेलिभिजनमा हाम्रो पैसा आएको हो, हामी पीडित भयौँ भन्न आएनन्न्। मैले टेलिभिजन छोडेर गएको एक–डेढ वर्ष कहिल्यै मैले सुन्न मेरा विरुद्ध कुनै कुरा सुन्न परेन। न कसैले समाचार बनायो, न कसैले प्रहरीमा भने ।

लामिछानेलाई पुनः १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले गरेको निर्णयले नेपालको न्याय प्रणाली र कानुनी राज्यप्रतिको जनविश्वासलाई पुनः परीक्षणमा राखेको छ। लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधजस्ता गम्भीर आरोप छन्।

यी मुद्दाहरूका कारण उनी देशभरका विभिन्न अदालतहरूमा तानिएका छन्। उनी कानूनी रुपमा बाधिएका छन् उनी र उनको दलले लगातार राजनीतिक प्रतिशोध भनिरहदा यसले राजनीति, कानुन र समाजबीचको सम्बन्धमा गहिरो बहस उठाएको छ।

लामिछानेजस्ता उच्च राजनीतिक ओहदामा रहेका व्यक्तिहरूलाई कानुनी प्रक्रियाले समान व्यवहार गर्ने सुनिश्चितता गर्नुपर्छ। उनीमाथिका आरोप गम्भीर छन्, र तीमाथि निष्पक्ष, पारदर्शी र यथासम्भव छिटो अनुसन्धान हुनु आवश्यक छ।

सँगै रवि र रास्वपाले शंका निरुपण गर्न यो प्रक्रियामा सरकार, प्रहरी र न्यायालयको भूमिकाले राजनीतिक दबाब र पूर्वाग्रहबाट मुक्त हुनुपर्छ। रवि लामिछानेको पक्षधरहरूले यो मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरिरहेका छन् भने विरोधीहरू कानुनी प्रक्रियाको सही मार्गमा अघि बढिरहेको तर्क गर्छन्।

यस घटनाले कानुनी राज्यको अवधारणालाई झन् मजबुत बनाउन र आम नागरिकलाई कानुनप्रतिको आस्था बलियो बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। रवि लामिछानेको मुद्दा केवल एउटा व्यक्तिको मात्रै नभई, कानूनी राज्यको सामूहिक परीक्षा हो। यसैले यो परीक्षाको नतिजा देशभित्र मात्रै होइन विश्वभर फैलिएका नेपालीहरुले नै प्रतिक्षा गरिरहेका छन् ।

Tags: #कानुनी राज्यको परीक्षा#रवि लामिछाने

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.