Nepal Times
Nepal Times
3
Shares

इजरेलको १८ वर्ष पुरानो ‘गल्ती’–जसको फाइदा हिज्बुल्लाहले उठायो

इजरेलको १८ वर्ष पुरानो ‘गल्ती’–जसको फाइदा हिज्बुल्लाहले उठायो

१० मंसिर , विराटनगर।

इजरायली सेना अहिले लेबनानको भूमीमा हिजबुल्लाहविरुद्ध निकै आक्रामक छ । जमीनदेखि आकाशसम्मै हरतर्फबाट उसले हिज्बुल्लाहमाथि हमला जारी राखेको छ । हिजबुल्लाहले पनि इजरायलमा निकै एडभान्स मिसाइलहरुको प्रयोग गरिरहेको छ ।

गत साता बेंजामिन नेतन्याहूकोे घर बाहिरसम्म हिजबुल्ला ठूलो अट्याक गर्न सफल भएको थियो । यसबीच इजरायलको १८ वर्ष पुरानो एक गल्ती स्मरण गर्न थालिएको छ । जसको फाइदा लेबनानको यो संगठनले भरपूर मात्रामा उठाइरहेको छ ।

खासमा इजरायल र हिजबुल्लाहबीच यसअघि सन २००६ मा पनि युद्ध भएको थियो । त्यतिबेला युद्धका क्रममा हिजबुल्लाहका लडाकुहरुले इजरायली हतियारहरुमा कब्जा गरेका थिए। त्यतिबेलाको युद्ध त जसोतसो रोकिएको थियो ।

तर यसपछि हिजबुल्लाहले ती हतियारहरुमा रिभर्स–इंजीनियर शुरू गर्न थाल्यो । यस्तो दाबी इजरायली रक्षा अधिकारिहरुले नै गरेका हुन् । हिजबुल्लाहले सन २००६ को इजरायल–हिज्बुल्लाह युद्धका क्रममा इजरायली स्पाइक एंटी–ट्यांक मिसाइलहरु नियन्त्रणमा लिएका थियो ।

पछि ती हतियारहरुलाई क्लोनिंगका लागि ईरान पठाइएको थियो । इजरायलले त्यतिबेला ती हतियारहरुको रक्षा गर्न सकेको भए सायद अहिले आफैले नोक्सानी उठाउन पर्दैन थियो। इजरायली सूत्रहरुको भनाइ छ कि त्यसपछि ईरानले ती आधुनिक हतियारहरुलाई कपि गर्यो र फेरि यस्तै नै हाई–एन्डेड र हतियार बनायो ।

अहिले १८ वर्षपछि, हिजबुल्लाहले इजरायली सैन्य ठेगानाहरुमा, कम्यूनिकेशन सिस्टम र एयर डिफेंस लन्चर्समा मिसाइलहरुलाई निशाना बनाइरहेको छ । यो हमला यति सटीक र पावरफुल छ कि उसले इजरायली सैन्य बलहरुका लागि एक ठूलो चुनौती प्रस्तुत गरिदिएको छ ।

यी मिसाइलहरुको रेन्ज १० मील अर्थात १६ किमीसम्म छ । यसमा एडभान्स गाइडेन्स सिकर्स छन् जो लक्ष्यहरुलाई ट्रयाक र लक गर्न सक्छन् । यो ईरानले अर्को देशका हतियारलाई क्लोन गरेको त्यो पहिलो पटक थिएन ।

त्यसअघि पनि ईरान र उसका प्रोक्सीले ती हतियार प्रणालिहको नक्कल गरेका थिए । पछि ती हतियारहरुको प्रयोग उनै विरोधिहरु विरुद्ध गरियो जसले तिनलाई डिजाइन गरेका थिए । ईरानले अमेरिकी ड्रोन र मिसाइलहरुको पनि कपि गरिसकेको छ ।

इजरायलको अलमास मिसाइल एक उदाहरण हो, जसले कसरी ईरानी–इंजीनियरले हतियारहरुको बढ्दो उपयोग रिजनल पावर डाइनमिकलाई बदलिरहेको देखाउछ । यसैबीच ईरान समर्थित हिजबुल्लाहले आइतबार पनि इजरायलमा २५० रकेट हानेको छ ।

जसमा परि सातजना घाइते भएको बताइएको छ । हिजबुल्लाहको यो हमला शनिवार लेबनानमा गरिएको इजरायली हमलाको जवाफका रुपमा हेरिएको छ । अर्कातर्फ, युद्ध विरामका लागि मध्यस्थताको भूमिका निभाइरहेका वार्ताकारहरुले भनेका छन् कि ताजा हमलले युद्ध बढ्नेछ, रोकिने छैन ।

हिज्बुल्लाहको यो पछिल्लो कयौं महिनाहरुमा गरिएको सबैभन्दा भीषण हमला हो । किनभने केही रकेट इजरायलको मध्यमा रहेको तेल अविव क्षेत्रसम्म पुगेको छ । यसबीच लेबनानका स्वास्थ्य अधिकारिहरुले भनेका छन्, शनिवार इजरायली हमलामा टायर र नकौरा क्षेत्रमा एक लेबनानी सैनिक समेत २९ नागरिकहरुको ज्यान गएको छ ।

१९ जना घाइते भएका छन् । यसमा इजारयलले खेद व्यक्त गर्दै भनेको छ, यो हमला हिजबुल्लाहको क्षेत्रमा गरिएको थियो, जहां उसका लडाकुहरुले शरण लिएका थिए । यो अभियान पूर्ण रुपमा आतंकवादीहरुको विरुद्धमा छ, इजरायलले भनेको छ ।

सेप्टेम्बरपछि, इजरायली हवाई हमलहरुमा कयौं हिजबुल्लाह कमांडर मारिएका छन् । र प्रमुख पूर्वाधारहरुलाई पनि इजरायलले निशाना बनाएको छ । जसमा दक्षिणी लेबनानमा व्यापक विध्वंश भएको छ ।  संयुक्त राष्ट्रका अनुसार, यो संघर्षको असर लेबनानमा भारी मात्रामा परेको छ ।

जसमा ३ हजारभन्दा धेरै मानिसहरु मारिएका छन् भने कयौं घाइते भएका छ । दस लाखभन्दा धेरै विस्थापित भएका छन् । इजरायल र हिज्बुल्लाहबीच जारी युद्धमा अहिलेसम्म ४० भन्दा धेरै लेबनानी सैनिक पनि मारिएका छन् ।

लेबनानका कार्यवाहक पीएम नजीब मिकातीले यो हमलाको निन्दा गर्दै यसलाई अमेरिकाको नेतृत्व भएको युद्धविराम प्रयासहरुमा नै हमला हो भनेका छन् । उनले युद्धलाई समाप्त गर्ने सबै प्रयास विफल भइरहेको पनि बताएका छन् ।

यसैबीच यूएईमा यहुदी विरोधी हमलामा मारिएका इजरेली नागरिकका लागि नेतन्याहुले बदला लिने कसम खाएका छन् । उनले हत्याका अपराधिहरुसंग बदला लिन सबै तरिकाहरुको प्रयोग गरिने पनि आफ्नो प्रतिबद्धतामा जनाएका छन् ।

इजरायली अधिकारीहरुका अनुसार २८ वर्षीय रब्बी तजवी रोगन विहीबारदेखि नै लापत्ता थिए । पछि उनको शव स्थानीय अधिकारीहरुले बरामद गरेका थिए । इजरायली राष्ट्रपतिले पनि यो हत्याको निन्दा गरेका छन् । यस्तै प्रधानमन्त्री नेतान्याहुले यो यहुदीहरुविरुद्ध एक घृणित आतंकबादी हमला भएको बताएका छन् ।

यो हत्यापछि इजारयलले आफ्ना नागरिकहरुलाई यूएई जानका लागि गाइडलाइन्स जारी गरेको छ । गाइडलाइन्सका अनुसार इजरायली मानिसहरुले यूएईको यात्रा कम गर्नु पर्ने बताइएको छ। यदि अहिले त्यहाँ भए, सुरक्षित स्थानहरुमा रहन भनिएको छ । साथै इजरायल र यहुदी जनसंख्यासंग जोडिएका व्यवसायहरु, सभास्थलहरु र मनोरंजन स्थलहरुमा नजान भनिएको छ ।

यो घटनालाई लिएर यूएईका अधिकारीले भनेका छन् कि हामी कुनै पनि यहुदीविरोधी आतंकबादी हमलाको निन्दा गर्दछौं । यो हत्यासंग जोडिएका तीन जनालाई पक्राउ पनि गरिएको छ । यूएईका अधिकारीहरुका अनुसार मृतकसंग भेटिएको कागजात अनुसार उनी युरोपेली देश माल्डोवाका यहुदी नागरिक थिए ।

उनी यूईएमा चबाड हसीदिक आन्दोलनका एजेन्टका रुपमा काम गरिरहेका थिए । यो संस्था विश्वभरमा आफ्नो यहुदी धर्मको आउटरीच प्रयासहरुका लागि चिनिन्छ । सन २०२० मा ट्रम्पको सहयोगबाट युएई र इजरायलबीच गरिएको सम्झौतापछि नै इजारयलीहरु युएईमा आउनजान थालेका हुन् । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.