Nepal Times
Nepal Times
3
Shares

प्रचण्डको उदार हृदय! अभिभावकविहीन २ बालिका जिम्मा लिए

प्रचण्डको उदार हृदय! अभिभावकविहीन २ बालिका जिम्मा लिए

११ मंसिर , काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन्।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका कागेश्वरी मनोहरा–२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गरेका हुन्।

प्रचण्ड सोमबार साँझ त्यहाँ पुगेका हुन्। यस क्रममा उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहेने घोषणा गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

‘अध्यक्ष क. प्रचण्ड हिजो (सोमबार) बेलुकी कागेश्वरी मनोहरा–२ आलापोट पुग्नुभयो। झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाउनु भएका ३८ वर्षीय नारायण नगरकोटी र उहाँकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्नुभयो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मंगलबार बिहान वक्तव्य जारी गरी भनेका छन्, ‘उहाँले कीर्तिशेष नारायण र सानुमायाका दुई छोरी गरिमा र अनु नगकोटी नानीहरूको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताउनुभयो।’

गत कात्तिक २८ गते दिउँसो शंखरापुर नगरपालिका–९, स्थित साँखु–थली सडकखण्डमा झाँक्री प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारले बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पती गम्भीर घाइते भएका थिए। पछि उपचारका क्रममा दुवै जनाको मृत्यु भयो। झाँक्री भुजेल हाल प्रहरीको हिरासतमा छन्। झाँक्री प्रकाश भुजेल र पीडित परिवारबीच सहमतिभएपछि ५ दिनपछि नगरकोटी दम्पत्तिको शव उठेको थियो ।

सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका झाँक्रीले पीडित परिवारसँग मिलापत्र गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका थिए । मृतकका परिवारले क्षतिपूर्तिवापत १ करोड रुपैयाँ माग गर्दै शव उठाएका थिएनन्।

तर, स्थानीय जनप्रतिनिधिको उपस्थितिमा दुवै पक्षबीच ५० लाखमा सहमति भएको प्रहरी स्रोतले जानकारी दिएको छ। भुजेलविरुद्ध सवारी ज्यान मुद्धा भने दर्ता भइसकेको छ । गत २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले काठमाडौंको शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल ग्राण्डी हस्पिटल पुर्याइएकोमा नारायणको सोही दिन र सानुमायाको केहीदिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

भुजेलले चलाएको कार मोटरसाइकलाई ठक्कर दिएर पसलको सटरमा गएर ठोक्किएको थियो। दुर्घटना लगत्तै भुजेल गाडीबाट ल निस्किएर फरार भएका थिए। पछि फेसवुकमा लाईभ गर्दै उनले प्रहरीमा आत्मसमर्पण गरेका थिए। दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.