छानविन समितिले रविले काटेको चेक किन भेटेन् ?

१० मंसिर ८१, मंगलबार

११ मंसिर , काठमाण्डौ ।
सहकारी प्रकरणमा गएको कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेर विभिन्न जिल्लामा पुगेर बयान दिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेले सहकारीका लागि चेक काटिएको प्रमाण भेटिएको खबर बाहिरिएपछि उनको दल रास्वपाले असन्तुष्टि ब्यक्त गरेको छ ।

उसले सहकारीको ऋणको ब्याज तिर्नका लागि भेटिएको भनिएका चेक डिपोजिट गर्न लागेको पैसा भएको दाबी गर्ने चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रवक्ता मनीष झाले अनुसन्धानको प्रक्रिया अगाडि बढ्दा मुद्दा प्रक्रियामा अगाडि नबढाइएको त्यस्ता चेकलाई डिपोजिट भनेर दाबी गर्ने बताएका हुन् ।

‘हामी अदालतको प्रक्रियालाई सम्मान गरेर बसेका छौं । सभापतिले सहकारीको पैसा गोरखा मिडियामा आएको छैन भनिरहनु भएको थियो । छानबिन समितिले पैसा नलिएको भनिसकेको छ। उहाँले ९ घण्टामा बयान दिनुभएको छ,’ झाले पत्रकार सम्मेलनमा भने, ‘छानबिन समितिलाई अनुसन्धानको बेला किन थाहा भएन ? यसलाई किस्ता तिरेको, ब्याज तिरेको, कतै खुलेको छ ? यो डिपोजिट गर्न पठाएको भनेर हामीले दाबी गरे के हुन्छ ?’

Advertisement

छानबिनका क्रममा ९० दिन आउन २० दिन बाँकी हुँदा मुद्दा प्रक्रियामा नगइ अनुसन्धानको विषय सार्वजनिक गरिएको भन्दै झाले आपत्ति जनाए । ‘मुद्दा प्रक्रियाका लागि अब २० दिन बाँकी छ। अदालतलाई विश्वास नगरेर सडकमा उग्र भयो भन्ने अनि बीचमा आएर अनुसन्धान प्रक्रियाको कुरा सार्वजनिक गरिदिने किन भइरहेको छ ?,’ झाले भने, ‘राजनीतिक प्रतिशोध नगरेको भए किन यसरी बीच–बीचमा अनुसन्धानको विषय सार्वजनिक गरेको ? यसैले हामी पनि यस्ता चेकलाई किस्ता होइन डिपोजिट भनेर दाबी गर्छौं ।’

यसअघि सूर्यदर्शन सहकारी संस्थाको एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय रूपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले दाबी गरेको खबर बाहिरिएको थियो ।

Advertisement

यो विषयमा प्रहरीले औपचारिक रूपमा सार्वजनिक गर्न चाहेको छैन । रविले समेत आफ्नो चेक दूरुपयोग भएको बयान दिएको भनिएको छ । तर यसलाई रवि स्वयमले भने मिडिया ट्रायल भनेका छन् ।

कास्कीमा रविले दिएको बयानका सम्बन्धमा प्रहरी स्रोतलाई उदृत गर्दै विभिन्न समाचार प्रशासन,प्रशारण भएपछि रविका तर्फबाट रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाले प्रष्ट पारेका छन् । उनले हिरासतबाट रविको सन्देश भन्दै लेखेका छन्, अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेर÷छेकेर राखिएको छ। यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन। पटकपटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा चिन्तित हुनुहुन्छ।

रविको बयानमा आधारित रहेर आएका खबरहरुबारे मनिषले लेखेका छन्, जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न मिल्छ? जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने हो? सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला! उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बङ्ग्याएर आममानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो। हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन।

कात्तिक २ गते काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न पटक–पटक म्याद थपका क्रममा गत आइतबार पनि १५ दिनको म्याद थप गरिएको हो ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुशन्धान भइरहेको छ । रुपन्देही र कास्कीमा बयान दिइसकेका रविलाई काठमाडौंपछि चितवन लैजाने प्रहरीको तयारी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top