NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

आरजु आज चीन जाँदै,छेन्दुमा विदेश मन्त्रीलाई भेट्ने

बिहिबार मंसिर १३ , २०८१
Reading Time: 1 min read
A A
मन्त्री बनेपछि पहिलोपटक भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१३ मंसिर , काठमाण्डौ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको तयारीका लागि उनी चीन जाने भएकी हुन् । उनी आज दिउँसो १२ बजेर २० मिनेटको उडानबाट सिचुआन प्रान्तको राजधानी छेङ्दु प्रस्थान गर्दैछिन् ।

उनले भोलि चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु शहरमा भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरुबीच बृहत् रुपमा समान चासोको विषय तथा प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आज छेन्दु पुगेर पर्सि शनिवार काठमाण्डौ फर्कनेछन् । त्यसपछि प्रधानमन्त्री ओलीसँग यही मङ्सिर १७ गतेदेखि २१ गतेसम्म फेरि चीन भ्रमण गर्नेछिन् । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन् ।

ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । नेपालबाट प्रधानमन्त्रीस्तरीय चीन भ्रमणको तयारी चलिरहेका बेला मुख्य एजेण्डाको रुपमा हेरिएको चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले साझा धारणा बनाउन सहमति निकट पुगेका छन् ।

बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने तयारी अनुसार दुई दलका नेताहरुको संयुक्त बैठक बुधबार बेलुका बसेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ तयार गर्ने र त्यसलाई दीर्घकालीन राष्ट्रिय नीतिको रुपमा अवलम्बन गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । बैठकमा ठोस निर्णय भएको छैन तर नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको दाबी गरेका छन् ।

छलफलका विषयलाई दस्ताबेजीकरण गर्न र फ्रेमवर्कको मस्यौदा बनाउन दुवै दलका नेता सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदलमा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा छन् ।

कार्यदललाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मा दिइएको बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले जानकारी दिए । यसअघि यही कार्यदलले बीआरआई कार्यान्वयन योजनाबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणमा जाँदै गर्दा बीआरआई कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबारे सत्ता साझेदार कांग्रेस र एमालेबीच एकमत हुन सकेको छैन । कांग्रेसले बीआरआईको रुपमा ऋण स्वीकार्न नसकिने जनाएको छ भने एमाले कार्यान्वयनमा जानुपर्ने पक्षमा छ ।

त्यसैले कांग्रेसको मतलाई समेत सम्बोधन गर्ने गरी साझा धारणा बनाउने प्रयास दुई दलका नेताहरु छलफलमा बसेका थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा मुख्य सत्ता घटक कांग्रेसले उठाएका अन्य सवालसमेत सम्बोधन हुने गरी दुई दलले साझा धारणा बनाउन लागेका हुन् । दुई दलले तयार पारेको साझा मस्यौदालाई चीन पक्षले हुबहु स्वीकार गर्छ वा गर्दैन भन्नेमा औपचारिक रूपमा प्रस्ट प्रतिक्रिया आइसकेको छैन ।

तर नेपालमा भने उक्त विषयलाई लिएर सहमति गर्ने कसरत जारी छ । प्रधानमन्त्री ओलीकै सक्रियतामा कांग्रेसले उठाउँदै आएका सवाललाई सम्बोधन हुने गरी साझा मस्यौदा तयार गरिन लागिएको बुझिएको छ । अर्कोतर्फ ओलीले नै अनौपचारिक तहमा चिनियाँ पक्षसँग पनि समानान्तर छलफल गरिरहेका छन ।

दुई दलबीचको साझा धारणाका आधारमा चिनियाँ पक्षसँग छलफल गरेर सहमति जुटाउने जिम्मा भने प्रधानमन्त्री ओलीसँगै कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री राणालाई दिइएको छ । चिनियाँ पक्षले साझा मस्यौदा मानेमा प्रधानमन्त्री ओलीको यही मंसिर १७ देखि हुने ५ दिने चीन भ्रमणमा दुई पक्षबीच हस्ताक्षर हुने सम्भावना छ ।

अनौपचारिक रूपमा चीनसँगकै सहकार्यमा दस्ताबेजीकरण भइरहेको पनि बुझिएको छ । चीन सरकारले दिने सबै योजनालाई ‘बीआरआई फ्रेमवर्क’भित्रै राख्ने र त्यसअन्तर्गत अनुदानका परियोजना मात्रै स्वीकार गर्नेमा दुवै दल सहमत पनि भएका छन ।

Tags: # बीआरआई#आरजु आज चीन जाँदै#बीआरआईमा एमाले र कांग्रेस

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV
अन्तर्राष्ट्रिय

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी
अन्तर्राष्ट्रिय

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.