×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

कालीमाटीस्थित सडकमा फालिएकी महिलाको हत्या भएको होइन

१३ मंसिर २०८१

१३ मंसिर , काठमाण्डौ ।

काठमाडौँको कालीमाटीस्थित सडकमा मृत भेटिएकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार उनको हत्या नभएर लिभरको समस्याका कारण मृत्यु भएको देखिएको छ ।

Advertisement
Advertisement

यसअघि यो प्रकरणमा एक युवक हत्याको अभियोगमा प्रहरी अनुशन्धानमा रहेका छन् ।अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणबारे लेखिएको छ, ‘डिजिज अफ द लिभर ।’

मङ्सिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीया सुर्खेतीको शव कालीमाटीको सङ्गीत मार्गमा फेला परेको थियो । उनको शव बोकेर हिँड्ने बझाङ घर भएका २२ वर्षीय कवीन्द्र बोहरालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ । बोहराले शव काँधमा बोकेर सडकमा फालेका हुन् । लागुऔषध सेवनकर्ता कवीन्द्र बोहरालाई प्रहरीले चप्पलबाट पहिचान गरेको थियो ।

क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरामा देखिएको उनको चप्पलको सङ्केतबाट उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । सुर्खेतीको हत्यामा संलग्न आशंकामा पक्राउ गरिएका युवक यसअघि पनि धेरै पटक अपराधमा संलग्न भएर पक्राउ परेका थिए ।

यसअघि उनी १० पटक पक्राउ परेका थिए । २०७७ चैतमा प्रहरी बृत्त जनसेवाले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाएको थियो । २०७८ वैशाख र भदौमा प्रहरी वृत्त कालीमाटीमा, २०७९ वैशाखमा बझाङमा, २०७९ असारमा कालीमाटीमा र २०८० जेठमा उनी सिंहदरबार वृत्तमा थुनामा परेका थिए ।

२०८१ कार्तिकमा उनलाई चोरी तथा डाँका मुद्दामा प्रहरी वृत्त कालीमाटीले नै पक्राउ गरेर अनुसन्धान गरेको थियो । २०८१ वैशाख र भदौमा उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

Advertisement

उनले सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या अस्वीकार गरेका छन् । उनले भनेअनुशार नै अहिले पोस्टमार्टम रिपोर्टमा पनि उनको मृत्युको कारण हत्या नभएर लिभरको समस्या भनिएको छ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top