चिनियाँ हिरासतमा रहेका अमेरिकी रिहा,रक्षामन्त्री भ्रष्टचारको घेरामा

१३ मंसिर ,एजेन्सी ।

Advertisement

चीनले आफ्नो हिरासतमा रहेका तीन अमेरिकीलाई रिहा गरेको छ । राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको भनी वर्गीकृत गरेका तीन जना अमेरिकी कैदी मार्क स्विडन, काई ली र जोन लेउङ चीनका अन्तिम कैदी थिए । यद्यपि अधिकारकर्मी र चीनमा हिरासतमा रहेका अन्य कैदीका परिवारहरूले थप अमेरिकी नागरिकहरूको मुद्दा उठाएका छन् ।

Advertisement

‘चाँडै नै उनीहरू फर्कनेछन् र धेरै वर्षपछि पहिलो पटक आफ्ना परिवारसँग पुनर्मिलन हुनेछन्,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पारिवारिक पुनर्मिलनसँग जोडिएको अमेरिकी धन्यवाद दिवसको पूर्वसन्ध्यामा भने ।

‘यो प्रशासनको प्रयास र चीनसँगको कूटनीतिका कारण पीआरसीमा गलत तरिकाले हिरासतमा लिएका सबै अमेरिकीहरू स्वदेश फर्किएका छन्,’ विदेश मन्त्रालयका प्रवक्ताले बताए । यस मामिलासँग सम्बन्धित एक स्रोतका अनुसार अमेरिकी हिरासतमा रहेका तीन जना चिनियाँ नागरिकका लागि बेइजिङसँग अदलाबदली गरेर तीनै जनालाई रिहा गर्न लागिएको हो ।

Advertisement

सन् २०१२ को अन्त्यतिर स्विदनलाई लागूऔषधको आरोपमा चीनको व्यापारिक भ्रमणका क्रममा पक्राउ गरिएको थियो । उनको परिवार र समर्थकहरूले उनीसँग लागूपदार्थ भएको कुनै प्रमाण नभएको र उनका ड्राइभर र अनुवादक सहयोगीले उहाँलाई दोष दिएको बताएका छन् ।

चीनमा कैदीहरूलाई सहयोग गर्ने समूह डुइ हुवाका अनुसार हिरासतमा रहेको प्रारम्भिक समयमा, स्विडनले निद्रा र खानाबाट बञ्चित भएको र १०० पाउन्ड (४५ किलोग्राम) भन्दा बढी तौल गुमाएका छन् ।

सन् २००६ देखि जेलमा रहेका पास्टर डेभिड लिनलाई सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले रिहा गरेको थियो । अमेरिकी अधिकारीहरूले उक्त रिहाई एक चिनियाँ नागरिकको लागि अदलाबदली को एक भाग भएको पछि स्वीकार गरेका थिए ।

बाइडेन प्रशासनले आफ्नो कार्यकालको बाँकी समयमा कैदीहरूको रिहाई सुनिश्चित गर्ने आशा गरेको थियो, बाइडेनले यसै महिना पेरूमा एपेक शिखर सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङसँग अन्तिम भेटमा ती मुद्दाहरू उठाएका थिए ।

अर्काेतर्फ चिनियाँ राष्ट्रपति सी जिनपिङको सेनाले आफ्नै रक्षामन्त्रीविरुद्ध अनुसन्धान सुरु गरेको छ। वास्तवमा, रक्षामन्त्री डोङ जुनमाथि पिपुल्स लिबरेसन आर्मीमा भएको भ्रष्टाचारसँग सम्बन्धित धेरै गम्भीर आरोपहरू छन्, जसको अनुसन्धान भइरहेको छ।

डोङ जुन मात्र ११ महिना अघि चीनको रक्षामन्त्री बनेका थिए । उनी भ्रष्टाचारको आरोप लाग्ने चीनको तेस्रो रक्षामन्त्री हुन्। यसअघि २ चिनियाँ रक्षामन्त्रीहरूले भ्रष्टाचारको आरोपमा कुर्सी छोड्नुपरेको थियो।

फाइनान्सियल टाइम्सले मुद्दाको ज्ञान भएका पूर्व र वर्तमान अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सेनामा भ्रष्टाचारविरुद्ध चलिरहेको अभियानको एक हिस्साको रूपमा अनुसन्धानमा आउने पछिल्लो अधिकारी डोङ जुन भएको बताएको छ।

गत वर्षदेखि चिनियाँ सेनाको भ्रष्टाचार विरोधी अभियानको एक हिस्साका रूपमा अहिलेसम्म नौ जना पीएलए जनरल र चार जना रक्षा उद्योगका अधिकारीहरूलाई राष्ट्रिय विधायी निकायबाट हटाइएको छ। रक्षामन्त्रीका रूपमा चीनको सैन्य कूटनीतिका प्रमुख डोङ जुनले हालै चीन र अमेरिकाबिचको सैन्य सम्बन्धको निरीक्षण गरेका थिए।

सेप्टेम्बरमा दुई देशबिचको पहिलो कमान्डर–स्तरको बैठकमा उनले सम्बन्ध सुधार गर्ने वकालत गरेका थिए । डोङ जुनभन्दा पहिले पूर्व रक्षामन्त्री ली साङफुलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको थियो। साङ्फु यस पदमा सात महिना मात्रै रहेर भ्रष्टाचारको आरोप लागेपछि गत वर्ष एउटा कार्यक्रममा भाषण दिएपछि बेपत्ता भएका थिए ।

लीलाई घुस लिने लगायतका थुप्रै अभियोगमा कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको थियो। ली साङफुभन्दा पहिले चीनका रक्षामन्त्री रहेका वेइ फेङ्घेमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।

ली जस्तै कम्युनिस्ट पार्टीले वेइ फेङ्घेलाई पार्टीबाट निष्कासित गरÞेर भ्रष्टाचारका मामिलाहरूको अनुसन्धान सुरु गरेको थियो । कम्युनिस्ट पार्टीले दुवैलाई घुस र व्यक्तिगत लाभका रूपमा ठुलो रकम प्राप्त गरेको आरोप लगाएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top