१३ मंसिर , विराटनगर।
हिज्बुल्लाहसंग युद्धविराम गर्दा यता गाजापट्टीमा भने इजरायलले कारबाही अझै जारी राख्ने बताएको छ । जबकी हमासले भने अब आफू पनि युद्धविरामका लागि सघाउन तयार रहेको बताएको छ । तर यहाँ नेतन्याहुको प्लान हमासलाई सिध्याएरै सधैंकोलागि आफ्नो नियन्त्रण कायम राख्ने जस्तो देखिएको छ ।
अर्कातर्फ अब आफ्नो ध्यान इरानमा रहने पनि इजरेलले बताएको छ । इरान र इजरायलबीचको तनाव अझै सेलाएको छैन, जुन कुनै पनि बेला भड्किन सक्छ । अर्कातिर ताइवानमा युद्ध नजिकिरहेको संकेतहरु देखिन थालेका छन् । अमेरिकाको सिधा इन्भल्वमेन्ट रहने टापूक्षेत्रमा चीनले युद्ध सुरु गरे भीषण हुने देखिन्छ ।
चीन र ताइवानलेमात्रै होइन अमेरिकाले पनि यो युद्धका लागि रणनीति बनाइसकेको विवरणहरु सार्वजनिक भइसकेका छन् । यसबीच दुई कोरियाबीच तनाव फेरि बढ्न थालेको छ । यी दुई छिमेकीहरुले स्पष्टरुपमा अमेरिका र रुसको कित्ताकाट गरेका छन् ।
दक्षिण कोरिया अमेरिकाको सुरक्षा मामिलामा पनि साझेदार हो भने उत्तरले त रुसका लागि युक्रेनविरुद्ध लड्न सेना नै पठाइसकेको अवस्था छ । रुसका लागि हतियारहरु बनाउन उत्तरले कारखाना नै विस्तार गरिरहेको छ । रुस–युक्रेनबीचको युद्ध त २०२२ देखिनै जारी छ ।
यहाँनिर मनन् गर्नुपर्ने कुरा के छ भने अहिले युद्ध भइरहेका वा सम्भावना देखिएका देशहरु हातियारमा अब्बलमात्रै होइन परमाणुसम्मको पहुँच भएका छन् । त्यतिमात्रै होइन रुस र उत्तर कोरियाले पटक पटक परमाणु हमलाको चेतावनी नै दिदै आएका छन् । र अब यी दुवै देशका सेना संयुक्तरुपमा युक्रेनविरुद्ध उत्रिएका छन् ।
यस्तोमा परमाणु चेतावनीबाट कुनै पनि बेला विपक्षीको भूमीमा खस्न सक्छ । हालै यूक्रेनका तर्फबाट गरिएको मिसाइल हमलापछि दुई देशबीच तनाव झनै बढेको छ । जवाफमा रूसले पनि यस्तो कदम उठायो कि विश्व नै शकमा पुग्यो । यो युद्धमा रूसले पहिलो पटक इंटर कांटिनेंटल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को प्रयोग गर्यो ।
लामो दुरीसम्म मार हान्न सक्ने यो मिसाइल न्यूक्लियर वारहेड लैजान सक्षम छ । यूक्रेनको गुप्तचर एजेंसीले आशंका जनाएको छ कि रूसले अब अहिलेसम्मकै ठूलो हमलाको तयारी गरेको छ। यसको मतलब हो कि रूसका तर्फबाट परमाणु हमलाको खतरा बढेको छ । अहिलेको यो हलचलमा सिंगो विश्वको नजर अडिएको छ ।
यदी रूसले यूक्रेनमा परमाणु हमला गर्यो भने के तेस्रो विश्व युद्ध छेडिन्छ ? र त्यस्तो भयो भने ती कुन कुन देश छन् जो परमाणु युद्धबाट जोगिन्छन् भन्ने कौतुहलता धेरैको छ । यदी तेस्रो विश्व युद्ध भयो भने दक्षिण एशियाली देशहरुमा जताततै विनाश हुनसक्छ । भारत र पाकिस्तान दुवै परमाणु सम्पन्न देश हुन् ।
फेरि भारत, पाकिस्तान र नेपालको पनि सधियार रहेको छिमेकी चीन आफैमा सुपरपावर भैगयो । अर्थात युद्धको स्थितिमा अवस्था निकै नै खराब हुने देखिन्छ । यो क्षेत्र सबैभन्दा धेरै संवेदनशील हुनेछ । यदी विश्व युद्ध भयो भने त यो क्षेत्रमा ठूलो संख्या मानिसहरुको ज्यान जाने छ ।
यसैपनि दोस्रोे विश्व युद्धमा जब अमेरिकाले जापानका २ शहरहरुमा पर परमाणु बम खसाएको थियो, त्यो विभीषिकालाई विर्सन मुश्किल छ । इकोनोमिक टाइम्सको एक रिपोर्टका अनुसार हालै नेचर फूडमा प्रकाशित एक स्टडीका अनुसार, परमाणु युद्धको रेडिएशन, गर्मी र विस्फोटका प्रभावहरु मृत्युका कारण बन्नेछन् नै ।
यसका साथै फूड सप्लाईलाई पनि गंभीर रूपले बाधा पुर्याउने छ । वायुमण्डल, महासागरहरु र अंतर्राष्ट्रिय व्यापारमा हुने परिवर्तनहरुका कारण विश्वभरमा ६.७ अर्ब मानिसहरु भोकमरीको शिकार हुनसक्छन् ।
यो स्टडीमा परमाणु युद्धपछि वायुमंडलीय र कृषि प्रभावहरुको पनि विश्लेषण गरिएको छ । जसमा ती देशहरुको पहिचान गरिएको छ जो ठूलो परिमाणमा भोकमरीबाट बच्न सक्छन् । यीनमा अर्जेन्टीना, ब्राजील, उरुग्वे, पराग्वे, अस्ट्रेलिया, आइसल्याण्ड र ओमानको नाम सबैभन्दा माथि छ ।
यी देशहरुमा युद्धपछि पनि आवस्यक फूड सप्लाई जारी रहने छ । विश्वको धेरै जनसंख्या भएको क्षेत्र गंभीर रूपले प्रभावित हुने छ । स्टडीका अनुसार, संयुक्त राज्य अमेरिका, क्यानाडा, यूरोपका अधिकांश क्षेत्रहरु र रूसले पनि भयंकर अकालको सामना गर्नुपर्ने छ ।
यी देशहरुको अधिकांश जनसंख्या भूकले मर्न सक्छन् । उदाहरणका लागि, अमेरिकामा ९८ प्रतिशत जनसंख्या लगभग ३० करोड मानिस परमाणु युद्धपछि भोकले ज्यान गुमाउन सक्छन् । केही क्षेत्र यस्ता पनि छन् जो पूर्णरुपले भोकमरीको सामना त गर्दैछनन् तर उनीहरुको क्यालोरी खपतमा भारी कमी आउने छ ।
यी क्षेत्रहरुमा मानिसहरुको तौल कम हुनेछ र उनीहरुको गतिविधिहरु रोकिने छ । किनभने उनीहरुसंग खानका लागि पर्याप्त भोजन हुनेछैन । साइप्रसको निकोसिया यूनिभर्सिटीको एक अर्को स्टडीले परमाणु विस्फोटका दौरान जीवित रहने तरिकाको बारेमा पनि केही पत्ता लगाएको छ ।
स्टडीमा के पाइयो भने यदी ७५० किलो टनको परमाणु विस्फोट भयो भने जुन नागासाकी बमको आकारको तीन गुना हो । त्यसो भएको खण्डमा घर वा भवनमा शरण लिनका लागि सबैभन्दा राम्रो स्थान भनेको कोठा नै हो । शरण लिने स्थान वा कोठामा भएका ढोकाहरु वा झ्यालहरुबाट जति सकिन्छ टाढा रहने ।
कोठाको भित्ताहरुमात्रै भएको कुरा आदर्श स्थान हुनसक्छ । परमाणु युद्ध हुने, नहुने अहिले नै ठोकुवा त गर्न सकिन्न । तर बढ्दो भू–राजनीतिक तनावले परमाणु जोखिमलाई पनि बढाइरहेको छ । हालैका घटनाक्रमहरुले वैश्विक भयलाई बढाइदिएको छ ।
रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले चेतावनी दिएका छन् कि रूसको नयाँ एंटी ब्यालेस्टिक मिसाइलहरुले पश्चिमी देशहरुको रक्षा प्रणालिहरुलाई ध्वस्त गर्न सक्छ । मेदभेदेवले टेलीग्राममा पोस्ट गर्दै भनेका छन् कि यी मिसाइलहरुले मिनेटमै यूरोपीली राजधानिहरुमा हमला गर्न सक्छ ।
परमाणु युद्धको स्थितिमा केही देशहरु, वा क्षेत्रहरु अकालबाट कम प्रभावित हुने विश्वास गर्न सकिन्छ । यी देशहरुलाई संभावित शरणस्थलका रूपमा पनि पहिचान गरिएको छ । जसमा एक हो, अंटार्कटिका । अंटार्कटिकाको रणनीतिक महत्व निकै कम छ, जसले यो परमाणु युद्धको क्रममा सबैभन्दा सुरक्षित स्थानहरुमा एक हो ।
यसको विशाल र अविकसित भूमि हजारौं शरणार्थिहरुलाई समायोजित गर्न सक्छ । अर्को छ, आइसल्याण्ड । आइसल्याण्डलाई आफ्नो शांति र तटस्थ रुपमा लागि चिनिन्छ । यसको भौगोलिक स्थितिले यसलाई परमाणु युद्धको स्थितिमा सुरक्षित राख्नेछ । अर्को छ, न्यूजील्यांड ।
आफ्नो तटस्थ विदेश नीति र पहाडी भूभागका कारण, न्यूजील्याण्डलाई सैन्य खतराहरुबाट यसको प्राकृतिक सुरक्षा प्राप्त छ । यसलाई पनि एक संभावित सुरक्षित स्थान ठानिएको छ । यस्तै अर्को छ, स्विट्जरल्याड । यो देश लामो समयदेखि चल्दै आएको तटस्थताका लागि परिचित छ ।
स्विट्जरल्याण्डको भूभागले यसलाई परमाणु युद्धको स्थितिमा एक सुरक्षित विकल्प बनाउँछ । यस्तै ग्रीनल्याण्ड, इंडोनेशिया र तुवालु पनि छ । यी देश भौगोलिक रूपले टाढा र राजनीतिक रूपले तटस्थ छन्, जसले तीनलाई विश्व युद्धका क्रममा कम संभावित लक्ष्य बनाउछ ।
विशेष रूपले तुवालुमा सीमित आधारभूत ढांचा छन्, जसले गर्दा यो सैन्य कारवाहीका लागि एक मुश्किल लक्ष्य बन्न सक्छ । यस्तै अर्जेंटीना, चिली र उरुग्वे छन् । यी दक्षिण अमेरिकी देश परमाणु युद्धपछि हुने अकालबाट बच्ने अधिक संभावना राख्छन् ।
किनभने उनीहरुसंग प्रचुर मात्रामा अन्न उत्पादनहरु र अपेक्षाकृत स्थिर आधारभुत ढांचा छन् । विभिन्न अध्ययनहरुका यी निश्कर्ष र सम्भावनाहरुका बारेमा तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।