लरेन्सको नाममा व्यापारीलाई १४१ कल, एक जना पक्राउ

१३ मंसिर ८१, शुक्रबार

१४ मंसिर,  एजेन्सी।

गृहमन्त्रालयले जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पु¥याउने गतिविधि नगर्न चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ऋषिराम तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न जोकसैलाई कानूनी कारबाहीको दायरमा ल्याउने चेतावनी दिएका हुन् । ’

Advertisement

पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुरÞ्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।

जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे÷गराए पनि कानूनद्वारा वर्जित र दण्डनीय गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्न÷नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले मुलुकमा बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका आधारभूत सिद्धान्तहरूलाई सम्मान गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकता दिइएको बताएको छ ।

संविधानद्वारा प्रदत्त मौलिक हकको सुनिश्चिततामा मन्त्रालय प्रतिबद्ध रहेको भन्दै पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले जातीय, धार्मिक तथा सांस्कृतिक सुसम्बन्ध खलल पार्ने, गालीगलौज गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार र नैतिकताविपरीतका अभिव्यक्तिलाई कानूनले दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको स्मरण समेत गराएको छ ।

यसैबीच भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना युवा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ।

पक्राउ पर्ने व्यक्ति हरिचन्द्र फुँयाल रहेका छन्। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए। भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो।

त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुशार सुपारी लिएको छु भनेर उनीहरुले धम्की दिने गरेका छन् ।

दुबईबाट पनि त्यस्तो कल आएको देखिएको प्रहरीले बताएको छ । फोन गर्नेहरूले व्यापारीको ह्वाट्स एपमा गर्ने गरेका छन् । दुबईबाट आएको कलबारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गुन्डा नाइके विश्नोइ अहिले भारतको जेलमा छन् । उनीमाथि असुली र हत्याको आरोप छ । उनले पटक पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका छन् । नेपालका व्यवसायीलाई धम्क्याउनमा विश्नोई समूहको संलग्नताबारे भारतीय प्रहरीसँग पनि समन्वय थालिएको प्रहरीले बताएको छ ।

अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो। अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top