बिश्नोइको नामबाट धम्क्याउने प्रहरीको फन्दामा

१३ मंसिर ८१, शुक्रबार

१४ मंसिर, काठमाण्डौ।

नेपालमा भारतीय नम्बरबाट फोनकल तथा मेसेजमार्फत आपराधिक समूह लरेन्स बिश्नोइको नामबाट धम्क्याउनेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यावसाय गरिरहेका विभिन्न व्यक्तिहरूलाई त्यसरी धम्क्याउने व्यक्तिलाई पक्राउ गरेको हो ।

पाँचथर साविक मौवा ६ घर भई हाल झापाको मेचीनगर नगरपालिका १३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयाललाई बिहीबार बेलुका सीआईबीको टोलीले पक्राउ गरेको हो।

Advertisement

उनले आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भनी व्यवसायीहरू मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिएका थिए। व्यवसायीहरूलाई आतंकित पारी आपराधिक लाभ लिन खोजेको उनीमाथि आरोप छ ।

उनले भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईको निर्देशनमा गरेको सीआईबीलाई बताएका छन् । उनी यसभन्दा अगाडि समेत विभिन्न कसुरमा संलग्न भई फरार रहेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताएका छन् ।

Advertisement

फुयाले व्यवसायीलाई आतंकित पारेर आपराधिक लाभ लिन खोजेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीआईबीको टोलीले उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । पक्राउ परेका फुँयालमाथि अनुसन्धान जारी छ ।

उहाँले किन धम्की दिनुभयो । यसको पछाडि के उदेश्य थियो भन्ने अनुसन्धान अघि बढाएका छौं,’ सीआईबीका अधिकारीले भनेका छन् । केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए ।

भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो ।

अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको हो । जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ । विश्नोई भने अहिले भारतको  तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ ।

पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top