नेपाली खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्

१५ मंसिर ८१, आइतबार

१६ मंसिर ,काठमाण्डौ।

पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा विराटनगर विराटनगर किंग्स्लाई सहज रुपमा पराजित गर्दै जनकपुर बोल्ट्सले आफूलाई अब्बल सावित गरिसकेको छ । विश्वभरबाट हेरिएको पहिलो एनपिएलको उद्घाटन खेलमा दुवै टिमका नेपाली खेलाडीहरु खासगरी ब्याटिङतर्फ भने निरीह सावित भए ।

लामो समयदेखि अन्तराष्ट्रिय क्रिकेटमा नेपाली टिमबाट देखिने ब्याटिङ तर्फको निरिहता हिजोको एनपिएलमा पनि देखियो । उपाधि दावेदार मानिएका दुवै टिमबाट १५ जना खेलाडी ब्याटिङमा आए । जसमा नौ नेपाली र ६ विदेशी ब्याटर थिए ।

Advertisement

उद्घाटन खेलमा दुई अर्ध शतक पनि बिडम्बना नै भन्नुपर्छ नेपाली कुनैपनि खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन् । टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।

विराटनगरका ओपनर मार्टिन गप्टिल ५५ रन बनाउँदै एनपिएलमा अर्धशतक बनाउने पहिलो ब्याटर बने । जसमा अर्का विदेशी अकिब इल्सासले १५ रन थपे । यसबाहेक विराटनगरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Advertisement

विराटनगरका निकोलस किर्टोनले नौ, बसिर अहमेद, कप्तान सन्दीप लामिछाने र अनिल खरेल समान सात रन बनाए । क्रिस सोलले चार, प्रतिश जिसीले दुई, राजेश पुलामी एक रनमै पभेलियन फर्किए । विराटनगरका जितेन्द्र मुखिया गोल्डेन डक भए ।

खेल जनकपुरले जिते पनि जनकपुरका तर्फबाट नेपाली खेलाडीले उत्कृष्ट ब्याटिङ भने गर्न सकेनन् । १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । १५.३ ओभरमा १२७–२ को स्थिति हुँदा थाकेरले चौका प्रहार गर्दै जनकपुरको जित पक्का गरेका थिए ।

जनकपुरको जितमा मिलान्थाले अविजित ७५ रन बनाए । मिलान्थासँगै अविजित रहेका थाकेरले ३३ बलमा दुई चौकासहित २९ रन बनाए । जनकपुरले ओपनर आसिफ शेखलाई शून्य र कप्तान अनिल साहलाई पाँच रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।

ब्याटिङमा कमजोर रहे पनि बलिङतर्फ भने नेपाली बलरको प्रदर्शन सन्तोषजनक रह्यो । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक विकेट लिए । उता विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका ललितनारायण राजवंशीले तीन विकेट लिए ।

यस्तै किशोर महतो र हर्ष थाकेरले समान दुई विकेट लिए । मोहमद मोहसिन र बेन माइकको नाममा एक विकेट रह्यो । एनपिएलमा पहिलो अर्धशतकको कीर्तिमान बनाएका न्युजिल्यान्डका पूर्व ओपनर मार्टिन गप्टिलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको नयाँ पिचमा ब्याटिङ गर्न सहज नभएको बताए ।

‘ब्याटमा बल कनेक्ट नहुँदा सुरुमा मलाई खेल्न गाह्रो भयो । निकै कठिन विकेट थियो। पहिलो ब्याटिङ गर्न सहज थिएन। बल सिधा आइरहेको थिएन,’ उनले भने । नेपाली दर्शकको उच्च प्रशंसा गर्दै उनले यसअघि आफूले नेपाली समर्थकको यो उत्साह नदेखेको बताए ।

उनले अगाडि भने, “मैले नेपालीले क्रिकेट मन पराउँछन् भन्ने सुनेको थिएँ, आज देखेँ । काठमाडौंमा क्रिकेट खेल्न पाउँदा खुसी छु । आजभन्दा अघि नेपाली समर्थक देखेको थिइनँ, आज यहाँ देख्न पाएँ ।” यस्तै सुरुआत कठिन रहे पनि जित सहज निकालेपछि जनकपुरका कप्तान अनिल प्रफुल्लित देखिए ।

प्रतियोगिताको अघिल्लो दिन ‘भोलि खेलमा नै रणनीति देखाउँला’ भनेका अनिलले खेलपछि टिम योजनाअनुसार प्रदर्शन देखाउन सफल भएको बताए । “पहिलो जितको आशा सबै टिमले गरेको हुन्छन् ।

पहिलो खेलमा दुई अंक लिन पाउँदा टिमका सबै खेलाडी उत्प्रेरित छन् । प्रतियोगितामा अब भोलि सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने जनकपुर बोल्ट्ससँग कर्णाली याक्स भिड्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top