NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

उपनिर्वाचनमा कहाँ कसको जित ?

सोमवार मंसिर १७ , २०८१
Reading Time: 1 min read
A A
विवेकशील साझाविरुद्ध मिलन पाण्डेले दिएको उजुरी निर्वाचन आयोगले गर्‍यो खारेज
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ मंसिर, काठमाण्डौ।

हिजो सम्पन्न उपनिर्वाचनको मतपरिणामहरु आउने क्रम जारी रहेको छ । यसक्रममा कतिपय स्थानमा नेपाली काँग्रेसको गढमा माओवादीले कब्जा जमाएको छ । यद्यपि अहिलेसम्मको मत गणना हेर्दा समग्रमा नेपाली काँग्रेस नै अघि रहेको देखिएको छ ।

यसबीच मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझी ६ हजार ९६९ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाएका छन् भने एमाले तुलसीराम विश्वासले ४ हजार १५९ मत ल्याएका छन् । यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए ।

माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो । २०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । उता जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा पनि नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन् ।

लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन् । यहाँ एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाए ।

तर माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका–७ को वडाध्यक्ष पद भने गुमायो । यता कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका छन् ।

एमालेका हर्ष महर्जनले ४ सय ९८ मत र नेकपा माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । यसअघिको चुनावमा पनि त्यहाँ कांग्रेस नै विजयी भएको थियो । यहाँ नगरपालिका प्रमुखमा पनि नेपाली काँग्रेसको अग्रता छ ।

यता महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् ।

दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । त्यस्तै २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । २०७९ को स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्षमा विजयी मुकुन्द रिजालको मृत्यु भएपछि काठमाडौं–१६ मा उपनिर्वाचन भएको हो ।

यस्तै ताप्लेजुङको शिरिजंघा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन निर्वाचित भएकी छन् । निर्वाचन आयोगका अनुसार उनी माओवादी केन्द्रकी अम्बी साउदेनलाई १०२ मतान्तरले पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएकी हुन् ।

एमालेकी सावादेनले ३५३ मत ल्याउँदा माओवादी केन्द्रकी साउदेनले २५१ मत ल्याइन् । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ७ मात्र ल्याए । २०७९ को चुनावमा यहाँ कांग्रेसका दिलप्रसाद वोखिम निर्वाचित भएका थिए ।

कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा जित हात पारेको छ । त्यहाँ कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बूले ४ सय ४० मत ल्याए । उनका प्रतिस्पर्धी एमालेका बुद्धबहादुर लिम्बूले ३ सय ६० मत प्राप्त गरे ।

सुनसरीको गढी गाउँपालिका—६ मा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ८ सय १६ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ७ सय ९४ मत ल्याए । रौतहटको ईश्नाथ नगरपालिका—७ मा कांग्रेसका शेख अब्दुल खलिक निर्वाचित भए।

उनले ६ सय २७ मत ल्याएर वडाध्यक्ष जित्दा एमालेका शेख अनवारले ५ सय ७५ मत ल्याए । रौतहटको राजपुर नगरपालिका—६ मा कांग्रेसका समसे आलम निर्वाचित भए । उनले ७ सय ४४ मत ल्याएर वडाध्यक्ष जिते ।

उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जिकरूलाहले ४ सय ६३ मत प्राप्त गरे । हेटौंडा—१२ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी निर्वाचित भए । उनी २ हजार ६३ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित भएका हुन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडा नेकपा (माओवादी केन्द्र) निर्वाचित भएको थियो। गुल्मीको मुसिकोट–१ मा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारे। कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठले १ हजार १ सय ८४ मत पाएर जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत पाए । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसका भुपमणि पुन मगरले ६ सय ४३ मत ल्याएर जित हात पारे। उनका प्रतिस्पर्धी एमालेका बेगम पुनले ५ सय ३५ मत ल्याए।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा कांग्रेसका अमिन थारू निर्वाचित भए । उनले १ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शेरबहादुर थारूले ६ सय ७८ मत ल्याए । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ मा कांग्रेसका मोतीराम खत्रीले वडाध्यक्ष जिते।

उनले ५ सय ९० मत प्राप्त गर्दा माओवादी केन्द्रका जसीराम बस्नेतले ५ सय ३७ मत ल्याए । बझाङको सूर्मा गाउँपालिका—४ मा कांग्रेसका धिरेन्द्र पुजारा ६ सय ५७ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहराले ४ सय ८७ मत ल्याए ।

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहन थापा निर्वाचित भए। उनले ४ सय ६८ मत प्राप्त गर्दा एमालेका देवबहादुर थापाले ३ सय १ मत ल्याएर दोस्रो भए । दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका धनसिंह कुँवर निर्वाचित भए।

उनले ३ सय ७६ मत प्राप्त गर्दा एमालेका मानसिंह बडालले ३ सय ५८ मत प्राप्त गरे । कञ्चनपुरको भीमदत्त नगरपालिका—६ मा कांग्रेसका प्रकाश चन्द १ हजार १ सय ७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरे ।

ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एमालेका गंगाबहादुर तामाङ निर्वाचित भए। उनले ३९९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत ल्याए। महोत्तरीको रामगोपालपुर नगरपालिका—२ मा एमालेका सकिवुल खाँ निर्वाचित भए।

खाँले ६ सय ३१ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत ल्याए । कपिलवस्तुको शुद्धोधन गाउँपालिका—१ मा एमालेका मोहमत ताहिर मुसलमानले वडाध्यक्ष जिते।

उनले १ हजार १५० मत ल्याएर वडाध्यक्ष जित्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत ल्याए । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा एमालेका लालबहादुर शाहीले ५ सय ७४ मत ल्याएर निर्वाचित भए।

उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५सय ७१ मत ल्याए। दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मत ल्याए ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचना भण्डारी निर्वाचित भएकी छन् । उनले १ हजार ७ सय ४० मत ल्याइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४ सय ७४ मत ल्याइन्।

इता उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई निर्वाचित भए। उनले ९२३ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत ल्याएर दोस्रो भए ।

धनुषाको धनुषाधाम नगरपालिका—१ मा माओवादी केन्द्रका सुनील कापर केवट विजयी भए। उनले ६८४ मत ल्याउँदा नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत ल्याए । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित भएका छन् ।

उनी १ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत प्राप्त गरे । गोरखा नगरपालिका—५ माओवादी केन्द्रका विष्णुबहादुर मगर निर्वाचित भए। उनले ४ सय ८६ मत ल्याएर अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए ।

रोल्पाको पुथा उत्तरगंगा—२ मा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध वडाध्यक्ष चुनिएका थिए । स्थानीय तह उपनिर्वाचनमा सप्तरी डाक्नेश्वरीका दुवै वडामा जनता समाजवादी पार्टी नेपाल निर्वाचित भएको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार वडा नम्बर १ को अध्यक्षमा जसपा धिरेन्द्रकुमार शाह निर्वाचित भए । उनले ६ सय ५२ मत ल्याए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी भुलियादेवी थरूनीले ५ सय ८७ मत ल्याइन्।

तेस्रो स्थानमा रहेका नेकप (एमाले) का उम्मेदवार भगबानी शाहले २ सय ५६ मत ल्याए । डाक्नेश्वरीकै वडा नम्बर ४ मा जसपाका देवेन्द्रप्रसाद यादव निर्वाचित भए। उनले ३७२ मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जोगिन्द्रराय अमातले २ सय ७७ मत ल्याए।

गत स्थानीय तह निर्वाचनमा यी दुवै वडामा नेपाली कांग्रेस निर्वाचित भएको थियो । यस्तै रौतहटको गढीमाई नगरपालिका—८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भए । उनले ६ सय ५५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए।

उनका प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६ सय ३१ मत ल्याइन्। कालीकोटको तिलागुफा नगरपालिका—४ मा नेपाल मजदुर किसान पार्टीले जित हात पा¥यो। त्यहाँ नेमकिपा खड्गराज शाहीलाई १ सय ४३ मत ल्याएर अध्यक्ष निर्वाचित भए।

उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीले १ सय १५ मत ल्याइन्। झापाको कन्काई नगरपालिका—६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३५६ मत ल्याए ।

Tags: #निर्वाचन आयोग#मोरङमा माओवादीको कब्जा

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.