×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?

१७ मंसिर २०८१

१७ मंसिर , विराटनगर।

सिरियामा अहिले जस्तो युद्ध सुरु हुँदैछ, त्यो रूस–यूक्रेन भन्दा पनि विस्फोटक छ । यो युद्ध इजरायल–हिजबुल्लाहको भन्दा पनि धेरै विनाशकारी हुने देखिएको छ । किनभने यो युद्धमा दुई पक्ष सिरियाली सरकार र विद्रोही समूहमात्र होइन महाशक्तिहरु नै मैदानमा उत्रिएका छन् ।

Advertisement
Advertisement

गाजाको विनाश यसको अगाडी समान्य हुने देखिन्छ । राफामा जे भयो त्यसको तुलनामा सिरियाको अवस्था झनै विकराल हुने देखिएको छ । यो वार जोनमा सुरुमै विश्वंस देखिसकिएको छ । यो नयाँ युद्धको पहिलो एपिसोड नै नरसंहारबाट शुरू भएको छ ।

एकै हमलामा ३०० शवहरु लाइन लागेका छन् । एउटा सिंगो शहर बारूदी खंडहर बनेको छ । बमको धमाका र मिसाइलहरुको यस्तरी वर्षा भइरहेको छ, जसको बयान गर्न पनि गाह्रो छ ।सिरियाको दोस्रो सबैभन्दा ठूलो शहर अलपोमा तुर्कीए समर्थित विद्रोहिहरुले कब्जामा लिएपछि, यो वार जोनमा रूस पनि हाम्फालेको छ ।

रुसका मिसाइल र बमहरुले यहाँ तहल्का मच्चाएको छ । रुसको टारगेटमा तुर्कीए समर्थक फाइटर ग्रुप छन्, जसले ८ वर्षपछि सिरियाली सेनालाई अलेपोबाट लखेटेका छन् । सिरियामा तुर्कीएको सहयोगमा विद्रोही गुटहरुले ४ दिनभित्रै अलेपो शहरका धेरैजसो भागहरु कब्जामा लिए ।

यसपछि सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । सिरियाली र रूसी जेट विमानहरूले उत्तरी सिरियामा विपक्षी सेनाहरूमाथि आक्रमण बढाएका हुन् । विद्रोही गठबन्धनले अलेप्पोको पूर्वमा रहेको एउटा महत्त्वपूर्ण सैन्य आधार र अलेप्पो र इडलिब प्रान्तका ठूला क्षेत्रहरू पनि नियन्त्रणमा लिएका सीएनएनले जनाएको छ ।

यस क्षेत्रमा भएको आक्रमणमा विद्रोही समूह, सरकारी सेना र नागरिक गरी ३ सय १५ जनाको ज्यान गएको छ । सय जना घाइते भएका छन् । राष्ट्रपति बसर अल असदको आठ बर्षको कार्यकालमा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको बताइएको छ ।

सन् २०११ मा द्वन्द्व शुरू भएयता पहिलो पटक अलेप्पो शहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको वेलायतमा रहेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ । इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन गएको बुधवारदेखि विद्रोहीहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध आक्रमण शुरू गरेका थिए ।

अलेपोलाई नियन्त्रणमा लिएपछि विद्रोही लडाकुहरुले सडकहरुमा हवाई फायर गर्दै आम मानिसहरुलाई घरभित्रै बस्न आदेश दिएका छन् । अलेपो कब्जापछि उनीहरुले दक्षिणमा हामा प्रांततर्फ अघि बढेका छन् । त्यहाँ पनि केही क्षेत्र कब्जा गरेका छन् । अलेपोको केही भागहरुमा कुर्दिश लडाकुहरुले पनि कब्जा गरेका छन् ।

गत सातासम्म जुन इलाकामा असदको सेनाको कंट्रोल थियो, त्यसमध्ये केही इलाकाहरुमा अहिले कुर्द लडाकुहरुको नियन्त्रण छ । यता बशर अल असदलाई बचाउनका लागि पुटिनले फुल फोर्समा हमला शुरू गरेका छन्, जसका साथै तुर्कीए र सुपरपावर अमेरिका पनि यो बारूदी ब्याटलग्राउंडमा आउने नै भए ।

अहिले सिरियामा सबैकुरा अचानक र अविश्वनीय तरिकाले घटिरहेको छ । जसका कारण कसले कोसंग युद्ध गरिरहेको छ, को कसकालागि युद्ध गरिरहेको छ यो बुझ्न पनि सजिलो छैन ।कयौं देश, कयौं फाइटर ग्रुप र कयौं वल्र्ड लीडरको टकराव यहाँ देखिरहेको छ ।

सिरियाको अखडामा तुर्कीएको नुसरा फ्रंटले विद्रोही लडाकुहरुलाई साथ दिइरहेको छ । यसलाई हयात तहरीर अल शाम भन्ने गरिएको छ । जो सिरियाका राष्ट्रपति बशर अल असदसंग युद्ध लडीरहेको छ । उता इरान, इराक र अरब देशहरुको मिलिशिया फाइटर ग्रुप बशर अल असदको समर्थनमा युद्धमा होमिने घोषणा गरिसकेका छन् ।

यता इजरायलले सिरियामा हिजबुल्लाह लडाकुहरु विरुद्ध हमला गरिरहेको छ, जो बशर अल असदका समर्थक हुन् । इजरायलका लागि अमेरिका पनि यो वार जोनमा छ र नेटोको सदस्य तुर्कीएलाई पनि सुपरपावरको फुल सपोर्ट छ ।

यो खेमाबन्दी करिब करिब त्यस्तै नै छ जस्तो हिजबुल्लाह र हमास युद्धमा थियो । फरक मात्रै के छ भने सिरियामा अमेरिका र रूसको डायरेक्ट दख्खल छ । अर्थात जुन टकराव यूक्रेन युद्धमा टरेको थियो त्यो अब फाइनल स्टेजमा पुगेको जस्तो देखिएको छ ।

पहिलो हमला तुर्कीएको समर्थनमा हयात अल तहरीरका लडाकुहरुले गरेका थिए, जसको जवाफ दिन रुसले पनि समय खेर फालेन । अब फेरि जवाफ दिने पालो तुर्कीएको छ, जसको प्लान निकै नै डरलाग्दो छ ।

तुर्कीएका लागि बशर अल असदको तख्तापलटको सबैभन्दा उत्तम अवसर उसको हात लागेको छ । जसमा एर्दोगान अगाडी बढीसकेका छन् । अमेरिका पनि यही चाहन्छ कि सिरियामा बशरको सत्ता हटोस् । खासमा बशर अल असद अरब वल्र्डमा इरान र रूसको सबैभन्दा विश्वासिला नेता हुन्, जो कहिले पनि अमेरिका अघि झुकेनन् ।

न त तुर्कीएका एर्दोगानलाई बशर अल असदले भाउ नै दिए । सन २०२० मा तुर्कीए र रूसबीच एक समझौता भएको थियो र त्यसपछि सिरियाको उत्तर पश्चिममा लडाई रोकिएको थियो । तर रूसलाई युद्धमा होमिएको देखेपछि अब तुर्कीएले आफ्नो दाउ चालेको हो ।

इरानले आरोप लगाएको छ कि इजराइल र अमेरिकाले तुर्कीएको अभियानका लागि फुल सपोर्ट दिइरहेका छन् । त्यसको ७२ घण्टामै रूसले बशर अल असदलाई थप सैन्य सहायता पठाउने घोषणा गरेका हुन् ।

रूसको यो युद्धमा इंट्री हुनासाथ तुर्कीएले अरब अलायंस बनाउने प्रयासहरु सुरु गरेको छ । एर्दोगान खाडी देशहरुको पावर ब्यालेन्स शिफ्ट गर्नमा जुटेका छन् । जसले इरान र रूसको वर्चस्व अन्त्य गर्न सकियोस् । योे प्रयास १३ वर्ष पहिला सिरियाको गृह युद्धका साथै शुरू भएको थियो, जसमा बेला बेलामा ब्रेक लागेको छ ।

यस्तोमा अब तुर्कीएले पुरानो प्याटर्नमा सिरियामा वार शुरू गरिसकेको छ । जहाँ हतियार अमेरिकाका छन्, लडाकुहरु सिरियाका विद्रोही हुन्, इजरायलको ब्याकअप छ र टारगेटमा छन् बशर अल असदका आर्मी । तुर्कीएका लागि चुनौती मात्रै पुटिन हुन् ।

जो मोर्चामा आउनासाथ अमेरिका पनि यहाँ आइसकेको छ । अहिले यहाँ रूस र अमेरिकाका हतियारहरुको टक्कर हुन थालेको छ । नेटो सदस्यहरुको रुझान भने अहिले नै क्लियर भइसकेको छैन, तर नेटोको निर्णय त्यही नै हुन्छ जस्ता अमेरिकाले चाहान्छ ।

यस्तोमा एकातिर रुस–युक्रेन युद्ध अर्कातिर इजरायलको विभिन्न मोर्चाहरुमा चलिरहेको कारबाहीका बीच कतै सिरियाबाट वल्र्डवार सुरु हुने त होइन भन्ने आशंकामाथि तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top