×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फरक क्षमता भएकाहरुले स्कुटरबाटै चक्रपथको यात्रा गरे

१८ मंसिर २०८१

१८ मंसिर, विराटनगर।

३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौंमा अपाङ्गतावरण गरेका ब्यक्तिहरुको स्कुटर ¥याली आयोजना गरिएको छ । बोधिसत्व इन एक्सन (बिआइए Bodhisattvas In Action- BIA)  को आयोजनामा भएको कार्यक्रममा सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूले “Breaking BarriersM Disability Pride Scooter Rally” नामक चार पाङ्ग्रे स्कुटर ¥यालीमा सहभागी जनाएका थिए।

Advertisement

उनीहरुले स्कुटरबाटै काठमाडौंको चक्रपथको यात्रा पुरा गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूले दैनिक जीवनमा सामना गर्ने चुनौतीहरूको सामना गर्दै समावेशीताको महत्त्वलाई उजागर गर्न स्कुटर ¥यालीको आयोजना गरिएको BIA Institute ले जनाएको छ।

काठमाडौंको जोरपाटीबाट सुरु भएको ¥याली काठमाडौंको चक्रपथ परिक्रमा गर्दै भक्तपुरको सूर्यबिनायक, जगाती, चाङ्गुनारायण, साँखु, कागेश्वोरी हुँदै पुनः जोरपाटीमा समापन गरिएको थियो।

¥यालीको उद्घाटन समारोह गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामा, BIA Institute का संस्थापक छोग्याल रिन्पोछे लगायतले अपाङगता भएका ब्यक्तिहरुले भोग्नु परेका समस्याका विषयमा आफ्ना धारणा राखेका थिए ।

रिन्पोछेले समावेशिताको महत्त्व र समाजमा सबैका लागि समान अवसरको आवश्यकता बारे प्रकाश पारेका थिए । ¥याली समापनपछि सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो। कार्यक्रममा नेपालका चर्चित कलाकारहरू कालीप्रसाद बाँस्कोटा, सन्दीप क्षेत्री, यश कुमार र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वास र उत्साह प्रदान गर्नुका साथै समाजमा उनीहरूको योगदानलाई सम्मान गर्न प्रेरित गरेको आयोजकले जनाएको छ। कार्यक्रमले समाजमा सबैका लागि समानता, समावेशीता र पहुँचको महत्त्वलाई झल्काउँदै अपाङ्गता भएका व्यक्तिहरूको सम्मान र अधिकारको वकालत गर्न सफल भएको आयोजक संस्थाले जनाएको छ।

बोधिसत्व इन एक्सन (बिआइए) एउटा गैरसरकारी संस्था हो। सन् २०१४ मा स्थापना भएयता यसले अपाङगता भएका ब्यक्तिहरुका लागि विशेष कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । विशेषत “बोधिसत्व“ पूर्वाग्रह र अपेक्षाहरू बिना नै अरूको बृहत्तर हितका लागि काम गर्न प्रयास गर्ने व्यक्तिलाई वर्णन गर्न प्रयोग गरिन्छ।

अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनमा सुधार र शिक्षा, सीपको उत्पादन र आत्मनिर्भरताको प्रवर्द्धन मार्फत उनीहरूलाई सशक्त बनाउन बिआइएले काम गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top