×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

चितवनको लगातार दोस्रो जितमा पोखरा स्तब्ध

१८ मंसिर २०८१

१८ सांसर ,काठमाण्डौ ।

नेपाल प्रियिमर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको आफ्नो पहिलो खेलमा पोखरा चितवनसँग ८७ रनले पराजित गरेको हो ।

Advertisement
Advertisement

चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले फितलो जवाफी ब्याटिङ ग¥यो । खेल ३.२ ओभर पुग्दासम्म नै पोखराले ६ विकेट गुमायो । जतिबेला पोखराको ७ रन मात्रै रहेको थियो। पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भुर्तेल आउट भएसँगै धर्मराएको पोखराको ब्याटिङ ३.२ ओभरसम्म सम्हालिन सकेन ।

कुशल आउट भएलगत्तै पहिलो ओभरको नै पाँचौं बलमा दिलिप नाथ ४ रनमा र अन्तिम बलमा बास डी लिडे पनि गोल्डन डकआउट भए । सो ओभरको सबै विकेट चितवनका सोहेल तानबिरले लिएका हुन् ।

चौथो ओभरमा पनि पोखराले थप ३ विकेट गुमायो । ३.१ ओभरमा दिनेश खरेल १ रनमा एलबीडब्लु आउट भए । ३.४ ओभरमा किरण थगुन्ना पनि एलबीडब्लु आउट भए । ३.६ ओभरमा माइकल लिस्क पनि शून्यमा नै आउट भए ।

तीनै विकेट रिजन ढकालले लिए । चौथो ओभर सकिँदा पोखराले ६ विकेट गुमाएर मात्र ७ रन बनाउन सक्यो । यसपश्चात पोखरा केही सम्हालिन खोजे पनि ६.२ ओभरमा लुक बेन्केन्स्टिनले चितवनका लागि सातौं विकेट लिइँदै रेमन रेफरलाई १ रनमा आउट गरे ।

त्यसपछि क्रिजमा आएका मार्कस क्रिचले १७ र नारायण जोशी ३० रन जोडेर आउट भए । टोलीमा १३.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो । यसअघि चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।

चितवनका लागि रवि बोपराले अर्धशतक प्रहार गरेका थिए । उनले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गरे । कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

पोखराका लागि बिपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकाल र रेमन रेफरले १–१ विकेट लिए । यो चितवनको लगातार दोस्रो जित हो । यसअघि हिजोको आफ्नो पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो।

आजै भएको पहिलो खेलमा विराटनगरले हार देहोर्याएको थियो भने सुदूरपश्चिमले पहिलो सानदार जित हासिल गरेको छ । सुदूरले विराटनगरलाई ९० रनले पराजित गरेको थियो । अब भोलिको दोस्रो खेलमा विराटनगरले लुम्बिनी लाइन्ससँग आफ्नो तेस्रो खेल खेल्नेछ ।

Advertisement

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल नेतृत्वको लुम्बिनीले आफ्नो पहिलो खेल खेल्नेछ । एनपिएलको भोलिको पहिलो खेलमा भने कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्ने छन् । यसअघि आफ्नो पहिलो खेलमा यी दुवै टिम पराजित भइसकेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top