NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल बिहिबार साउन १५ , २०८२
पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ? बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा बिहिबार साउन १५ , २०८२
Next
Prev

समाचार

जनकपुर बोल्ट्सको ह्याट्रिक जित, पोखराको दोस्रो हार

बिहिबार मंसिर २० , २०८१
Reading Time: 1 min read
A A
जनकपुर बोल्ट्सको ह्याट्रिक जित, पोखराको दोस्रो हार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० मंसिर, काठमाण्डौ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको छ । यसअघि विराटनगर किङ्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुरले आजको खेलमा पोखरालाई पराजित गरेको हो ।

यससँगै जनकपुरले एनपिएलमा खेलेका तीन वटै खेलमा जित निकालेको छ । पोखराले भने लगातार २ हार ब्यहोरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा बिहीवार जनकपुरले पोखरामाथि ७ विकेटको जित हात पार्यो ।

Advertisement

पोखराले दिएको १३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा ८ चौका प्रहार गरेका थिए ।

मिलन्था माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच आउट भएका थिए । लिगमा १४४ रनका साथ मिलन्था सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले विराटनगर किंग्ससँगको पहिलो खेलमा ७५ तथा कर्णाली याक्ससँगको दोस्रो खेलमा २४ रन जोडेका थिए ।

यस्तै आज जनकपुरलाई तेस्रो जित दिलाउने क्रममा जिमी निशमले २० बलमा ५ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । हर्ष ठाकरले १४ बलमा १ चौकाको सहयोगमा नट आउट १३ रन बनाए ।

आसिफ शेखले ३४ बलमा ३ चौकाको सहयोगमा ३३ जोडे । उनी कुशल भुर्तेलको बलमा विपिन खत्रीबाट क्याच आउट भए । ओपनर तथा कप्तान अनिलकुमार शाह दोस्रो ओभरको दोस्रो बलमा विपीन खत्रीको बलिङमा एलबिडब्लु धरापमा परे ।

अनिलले ३ बलमा १ रन मात्र जोडेका थिए । पोखराका लागि माइकल लिस्क, कुशल भुर्तेल र विपिन खत्रीले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको थियो ।

पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडेका थिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । ३५ रन बनाउँदै क्रिचले ललित नारायण राजवंशीको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।

ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए । छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।

माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए ।

राइफर जिमी निशमको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए । न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेलिरहेका दिनेश छैटौं ओभरको पाँचौ बलमा न्युजिल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर जिमी निशमको बलमा आउट भए ।

दिनेशले १७ बलमा १० रन जोडेका थिए । कप्तान कुशल भुर्तेलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललित राजवंशीको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए ।

नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे । जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए । लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो । पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

Tags: #जनकपुर बोल्ट्सको ह्याट्रिक जित#नेपाल प्रिमियर लिग (एनपिएल)#मिलन्था सर्वाधिक रनकर्ता

लोकप्रीय

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२

विचार

थप समाचार

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने
खेलकुद

अन्तर्राष्ट्रिय

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?
ताजा समाचार

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

हालका पोस्टहरू

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.