संक्रामक रोगहरुको ’चौतर्फी अट्याक’

२० मंसिर, विराटनगर।

विश्वव्यापी कोरोना महामारीको आक्रान्तबाट बाहिर निस्किएको धेरै भएको छैन यसबीच अहिले पनि नेपाल डेंगी संक्रमणको जोखिममा रहेको छ । यस्तै काठमाडौंसहित विभिन्न जिल्लामा हैजा लगायतले पनि दुःख दिएको छ ।

नेपालमात्रै होइन विश्वका धेरै देशहरु अहिले पनि विभिन्न खाले संक्रमणको चपेटामै रहेका छन् । खासमा विश्वस्तरमा संक्रामक रोगहरुको जोखिम निकै तिव्ररुपले बढीरहेको छ । पछिल्लो १० वर्षको आँकडालाई हेर्ने हो भने कोरोना भाइरस, मंकीपक्ससहित कयौं अन्य संक्रामक रोगहरुका कारण लाखौं मानिसहरुको मृत्यु भइसकेको छ ।

Advertisement

अहिले पनि कयौं देशले विभिन्न प्रकारका संक्रमण झेलिरहेका छन् । हालैको एक रिपोर्ट्समा अफ्रीकी देशहरुमा मारबर्ग भाइरसका कारण बढ्दो घातक रोगलाई लिएर अलर्ट जारी भएको छ। यसको अलाबा यूएस–यूके सहित कयौं अन्य क्षेत्रहरुमा पनि बर्ड फ्लू र ई.कोलाई ब्याक्टेरियाका केसहरु बढ्न थालेका छन् ।

यसक्रममा कयौं क्षेत्रहरुमा खानपिनका कुराहरुमा कडाइ गर्न थालिएको छ, बजारमा कतिपय खानेकुराहरुमा प्रतिबन्ध समेत लगाइएको छ । नोभेम्बरमा यूएस–यूएई सहित कयौं अन्य देशहरुमा ई.कोलाई ब्याक्टेरियाका कारण रोगीहरु बढे ।

Advertisement

अमेरिकाको म्यासाचुसेट्समा एक छ वर्षीय बालिकाको ई. कोलाई ब्याक्टेरियाको संक्रमणले मृत्यु भएको थियो । मिडिया रिपोर्ट्सका अनुसार ति बालिकालाई यो संक्रमण कथित रूपले बर्गर खाएपछि भएको थियो । जसपछि कंपनीले केही समयका लागि बर्गर बनाउनै बन्द गरेको थियो ।

यसैक्रममा अब दूधमा पनि खतरनाक भाइरस पुष्टि भएको छ, जसलाई लिएर स्वास्थ्य विशेषज्ञहरुले अलर्ट जारी गरेका छन् । यसबीच क्यालिफोर्नियाकोे एक फार्ममा पसलहरुमा बिक्री गरिने दूध फिर्ता गर्न भनिएको छ साथै थप विक्री वितरणमा रोक लगाइएको छ ।

क्यालिफोर्नियाको स्टेट हेल्थ र कृषि अधिकारीहरुले एक जाँचका क्रममा पसलहरुमा बिक्री हुने काँचो दूधको स्याम्पलमा बर्ड फ्लू भायरस फेला पारेका थिए । त्यसपछि फार्मले दूध र क्रीम प्रोडक्टहरुलाई फिर्ता ल्याउने निर्णय लिएको हो ।

अधिकारीहरुले एक बयानमा भनेका छन्, क्यालिफोर्नियामा मानिसहरुसंग अपिल गरिएको छ कि उनीहरुले आफूसंग स्टोरमा रहेका कुनै पनि काँचो दूध वा क्रीम प्रोडक्टहरुको सिधै सेवन नगर्नु । यसमा बर्ड फ्लूका स्पाम्पल पाइएको छ, जसले सबै मानिसहरुको स्वास्थ विग्रन सक्छ ।

अधिकारीहरुका अनुसार, हुन त अहिलेसम्म दूधका कारण कुनै व्यक्तिमा बर्ड फ्लू संक्रमणको पुष्टि भएको छैन, यद्यपि, र मिल्क सेवनले जोखिम अवस्य बढ्न सक्छ । केही रिपोर्ट्समा भनिएको छ, नउमालेको दूध पिएका कारण केही बिरालोहरुमा ब्रेन ड्यामेज र यसका कारण मृत्युका केशहरु देखिएको छ, जसले थप चिंता बढाएको हो ।

यो जोखिमलाई कम गर्नका लागि पाश्चराइज्ड दूधलाई उमालेर पिउनु नै सबैभन्दा सुरक्षित उपाय हो । बर्ड फ्लू (एच फाइभ एन वान एभियन इन्फ्लूएंजा) यो वर्षको मार्चमा पहिलो पटक अमेरिकाका डेरीका केही गाइहरुमा पुष्टि भएको थियो । त्यसदेखि यो भायरस कयौं स्टेट्समा तिव्ररुपमा फैलिरहेको छ ।

नेचर माइक्रोबायोलोजीमा प्रकाशित हालैको एक अध्ययनका अनुसार, हालै एभियन फ्लूको एक स्ट्रेनको पनि पहिचान गरिएको छ । यसको संक्रामक दर कम नै छ तर यसको हावाका माध्यमले फैलिने खतरा अधिक हुनसक्छ ।

यो रिपोर्टले विश्वभरमा सार्वजनिक स्वास्थ्य र पशु उद्योगहरुमा यसको संभावित प्रभावका बारेमा चिंता व्यक्त गरिएको छ । नेदरल्याण्डमा इरास्मस यूनिभर्सिटी मेडिकल सेंटरका शोधकर्ताहरुले भायरसमा २ म्यूटेशनहरुको पहिचान गरेका छन्, जसले यसलाई हावाका माध्यमले तिब्र फैलिन सक्षम बनाउछ ।

यसलाई लिएर स्वास्थ्य विशेषज्ञहरुले सबैलाई अलर्ट गराएका छन् । बर्ड फ्लूका साथै खानपिनका कुराहरुमा ई. कोलाई ब्याक्टेरिया पनि भेटिएको खबरले यसअघि निकै चर्चा बटुलेको थियो । अमेरिकी सेन्टर्स फर डिसीज कंट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले बर्गर बेच्ने एक कंपनीमा प्रयोग हुने प्याजमा ई. कोलाई ब्याक्टेरियाको पुष्टि गरेको थियो ।

यसअघि यूएसका १३ स्टेट्समा कम्तिमा ७५ मानिसहरु संक्रमित भएका थिए । प्रकोपपछि कंपनीले कथितरुमा बर्गर बच्न बन्द गरेको थियो । यसको अलावा केही रिपोर्ट्समा गाजरमा पनि ई.कोलाईको संक्रमण भेटिएको थियो ।

छिमेकी भारतमै पनि केरलका केही क्षेत्रहरुबाट संकलन गरिएको पानीको स्याम्पलमा ई.कोलाई ब्याक्टेरियाको पाइएको थियो । ई. कोलाई आन्द्रामा बस्ने ब्याक्टेरियाको एक प्रकारको नाम हो। अधिकांश प्रकारका ई. कोलाई हानिरहित हुन्छन् ।

यद्यपि, केही प्रकारहरूले बिरामीको कारण बन्न सक्छन् । यसले झाडापखाला निम्त्याउँछ । सबैभन्दा खराब प्रकारको ई. कोलाईले रगतको पखाला निम्त्याउँछ, र कहिलेकाहीं मृगौला फेल हुन सक्छ र मृत्यु पनि हुन सक्छ । यी समस्याहरू प्रायः बालबालिका र कमजोर प्रतिरक्षा प्रणाली भएका वयस्कहरूमा हुने सम्भावना हुन्छ ।

ब्याक्टेरिया भएको खानेकुरा खाँदा ई. कोलाई संक्रमण हुन सक्छ । यो संक्रमणका लक्षणहरूमा वान्ता, गम्भीर पेट दुखाइ, पानीयुक्त वा धेरै रगतसहितको पखाला, थकान, ज्वरो आउने हुन्छ । यसबाट बच्न मासु राम्रोसँग पकाउने, फलफूल र तरकारीहरू खानु वा पकाउनु अघि राम्रोसंग सफा गर्ने, र पाश्चर नगरिएको दूध र जुसबाट टाढा रहने, राम्रोसंग उमालेर मात्रै दुध सेवन गर्ने, मानव फोहोरले दूषित पौडी पोखरीको पानी निल्दा पनि संक्रमण हुन सक्छ ।

हुन त ई. कोलाई संक्रमणका धेरैजसो केसहरू ५ देखि १० दिनमा उपचार बिना निको हुन्छन् । तर केही केसहरुमा भने ज्यान पनि जान सक्छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

सम्बन्धित समाचार

Scroll to Top