NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

लुम्बिनीको अपराजित यात्रामा ब्रेक, चितवनको दोस्रो हार

मङ्लबार मंसिर २५ , २०८१
Reading Time: 1 min read
A A
लुम्बिनीको अपराजित यात्रामा ब्रेक, चितवनको दोस्रो हार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ मंसिर, काठमाण्डौ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा पहिलो जित दर्ता गराएको छ। यसअघि लगातार चार खेलमा पराजित भएको लुम्बिनीले आफ्नो पाँचौ खेलमा पहिलो जित दर्ता गराएको हो।

लुम्बिनीले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो। जारी प्रतियोगिता चितनवले भने पाँच खेलमा दोस्रो हार ब्यहोरेको छ। यसअघि चितवन कर्णालीसँग ६ विकेटले पराजित भएको थियो । लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो।

चितवनलाई रोक्ने क्रममा लुम्बिनीका कप्तान पौडेलले ४ विकेट लिए। उनले चितवनका विपिन रावललाई ५ रन, सोहिल तन्विरलाई १ रन, रवी बोपारालाई १२ रन र जान लोफ्टी इटनलाई ६ रनमा आउट गरे। लोफ्टी इटनलाई १४औं ओभरमा एलबिडब्लूको धरापमा पार्नुअघि रोहितले अरु ब्याटरलाई क्याच गराए।

चितनवका लागि ३१ रन जोडेका लुक बेन्केस्टाइनलाई अभिसेष गौतमले आउट गरे। २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनलाई गौतमले उन्मुक्त चन्दबाट क्याच गराए। चितनवका कप्तान कुशल मल्ल पनि २० रनमा आउट भएपछि लुम्बिनी पहिलो जित नजिक पुगेको थियो।

कुशललाई साद बिन जफरले अभिसेषबाट १७औं ओभरमा क्याच गराए। त्यसअघि रेमन्ड सिमन्सले ओपनर सन्तोष कार्की र अमरसिंह रटेउलालाई क्रमशः १० र ८ रनमा आउट गरे। रिजन ढकाल १५ रन र नरबहादुर सार्की २२ रनमा नटआउट रहे।

बलिङमा रोहितले चार विकेट लिँदा १७ रन मात्र दिए। रेमन्ड सिमन्सले २ विकेट लिए। साद बिन जफर र अभिसेष गौतमले १–१ विकेट लिन सफल भए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडैल र साद बिन जफरले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको तेस्रो बलमा चितवनका रिजन ढकालको बलमा क्याच हुनुअघि रोहितले ८० रन जोडे। रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

उनले साद बिन जफरसँग पाँचौं विकेटका लागि ११४ रनको साझेदारी गरे। जफरले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५२ रन जोडे। त्यसका लागि जफरले ४ चौका र १ छक्का प्रहार गरे। अनी अन्तिम बलमा रनआउट भए।

खेलमा रोहितले चार पटक जीवनदान पाएका थिए। उनको क्याच लिन चितवनका बलर पटक–पटक चुकेका थिए। जारी एनपिएलमा रोहित सर्वाधिक रन प्रहार गर्ने ब्याटरको शीर्ष स्थानमा छन्। उनले पाँच खेलमा दुई अर्धशतकसहित २६१ रन जोडेका छन्।

लुम्बिनीले राम्रो सुरुवात भने गर्न सकेन। ओपनर आशुतोष घिरैयालाई दोस्रो ओभरमा चितवनका दायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले एक रनमै बोल्ड गरे। दुई बलपछि उन्मुक्त चन्दलाई रिजनले विपिन रावलबाट क्याच गराए।

ओपनिङ ब्याटर अर्जनु साउदले १५ रन बनाए। १२ बलमा १ चौका र १ छक्का प्रहार गरेका साउदलाई रन्जित कुमारले कप्तान कुशल मल्लबाट सातौं ओभरमा क्याच गराए। अर्को ओभरमा टम मुर्स १० रन जोडेर आउट भए।

बलिङमा चितवनका रिजन ढकालले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए। आजको दोस्रो खेलमा अहिले पोखरा र कर्णालीबीचको खेल जारी छ ।

Tags: #नेपाल प्रिमियर लिग (एनपिएल)#रोहितको नायकत्वमा लुम्बिनी#लुम्बिनीको अपराजित यात्रामा

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.