दशैँ नजिकिँदै गर्दा लुटपाट बढ्यो

दशैँ नजिकिँदै गर्दा लुटपाट बढ्यो

चाडपर्व नजिकिँदै जाँदा तपाई किनमेलको हतारमा त हुनुहुन्न ? हतार गरिरहनु भएको छ भने होसियार हुुनुस्, अपराध गर्नेहरु सक्रिय हुन थालेका छन्।

विषेश गरी चाडपर्वको समयामा किनमेलका लागि नगद जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी डकैती, लुटपाट र पकेटमारी बढी हुने गरेको जानकारी प्रहरीले दिएको छ। , यो समाचार आजको गोरखपत्र दैनिकमा खबर छ ।

महानगरीय प्रहरी अपराध महाशाखा चोरी नियन्त्रण पिलर प्रमुख एवं प्रहरी नायव उपरीक्षक सन्तोष खड्का काठमाडौं उपत्यकामा अन्य समयको भन्दा चाडपर्वका बेला बढी यस्ता अपराध हुने गरेको बताउँछन्।

महाशाखाले दिएको एक तथ्यांक अनुसार यही साउनको १ देखि बुधबारसम्म काठमाडौंमा ४६ वटा चोरी डकैतीका घटना भएका छन्।

ती मध्ये २३ घटनाको सफल अनुसन्धान गरिएको र ४१ अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ। त्यस्तै अपराधमा संलग्न १४ फरार रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.