×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रविको पक्षमा पूर्वप्रधानन्यायाधीश, मानव अधिकारबारे चिन्ता

३० मंसिर २०८१

३० मंसिर ,काठमाण्डौ।

सहकारीको रकम अपचलन मुद्दा अनुसन्धानका क्रममा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको मानवअधिकार उल्लंघन भएको विषयमा सरकार, सत्तारुढ दल तथा विपक्षी र नागरिक समाजबीच फरक फरक मत देखिएको छ ।

Advertisement
Advertisement

रविमाथि अनुशन्धानका नाममा मानव अधिकार उल्लंघन भएको नागरिक समाज र विपक्षी दलहरुले बताइरहदा सरकार तथा सत्तारुढ दलहरुले भने त्यसो नभएको दाबी गरेका छन् । यसैक्रममा एक पूर्वप्रधानन्यायाधीशको नै रविमाथि अन्याय भएको धारणा सार्वजनिक भएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सहकारीको लामिछानेमाथि मानव अधिकार हनन् भएको बताएकी छिन । झिल्को प्रकाशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्कीले लामिछानेलाई दुई–दुई दिनमा अदालत–अदालत घुमाउनु हद भएको बताएकी हुन ।

‘एउटा मान्छेलाई दुई–दुई दिनमा अदालत परिवर्तन गराइरहेका छन । हाजिर गराइरहेका छन । उसको मानव अधिकार कहाँ गयो ? कहिले राति निद्रामै उठाएर कुदाएको छ । यो अड्डामा हाजिर गराएको छ, त्यो अड्डामा हाजिर गराएको छ । एउटा मान्छे कति महिनादेखि अदालतमा कुदिरहेको छ । अब त हामी हेर्नेलाई पनि लाजमर्दो भइसक्यो । यो त हदै भयो,’ उनले अनुसन्धानको तौरतरिकाप्रति आपत्ति जनाइन ।

पूर्वप्रधानन्यायाधीश कार्कीले मुद्दा निष्पक्ष रूपमा हेर्न न्यायालय हुँदाहुँदै अनुसन्धानकै क्रममा अनावश्यक दुःख दिने काम भएको बताइन । ‘केहीलाई छाडेर सबै न्यायाधीशले दुर्गन्धित हुने गरी काम गर्दैन । त्यसैले रविको मुद्दा न्यायालयले हेर्ने वेलामा हेर्छ,’ उनले भनिन ।

यता गृहमन्त्री रमेश लेखकले भने रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको बताएका छन् । मन्त्री लेखकले अदालतको आदेशअनुसार नै लामिछानेमाथि अनुसन्धान भइरहेको दाबी गरेका छन् ।

‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ, ’ उनले भने, ‘सहकारी ठगीमा संलग्म्लन जो कोहीमाथि अनुसन्धान हुन्छ ।’ लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रकृयाबाट नै हरेक गतिविधिको छिनोफानो हुने लेखकको भनाइ छ ।

मन्त्री लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने कुनै काम कसैले पनि गर्न नहुने बताएका छन् । जनताले दुःख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

सहकारी ठगी र संगठित अपराध कसुरमा २ कात्तिकमा पक्राउ परेका प्रतिनिधिसभा सदस्यमेत रहेका पूर्वगृहमन्त्री लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन । उनलाई कास्कीसहित बुटवल, काठमाडौं, चितवन र पर्सामा उपस्थित गराएर बयान लिइएको छ ।

उनको मुद्दा यसै साता अदालतमा पेस गर्ने तयारी छ । मुद्दा अभियोजन गर्ने क्रममा पनि लामिछानेलाई पाँचवटै जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराउने प्रहरीको तयारी छ ।कास्कीमा हदम्याद पनि सकिन लागेकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आरोपीलाई अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । जुन म्याद अब ६ दिन मात्र बाँकी छ । सो मुद्दाको आरोपीमध्ये एक छविलाल जोशी ६ असोजमै पक्राउ परेका थिए ।

सोही दिनदेखि थुनामा राख्ने म्याद सुरु भएको थियो । जसअनुसार ६ पुसभित्र कास्कीमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ । प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने र सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गर्छ ।

हदम्याद सकिनुभन्दा केही दिनअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रचलन छ । गोरखा मिडियामा लामिछानेका पूर्वसाझेदार रहेका गितेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेका सहकारीको ठगीको अनुसन्धानमा उनी तानिएका हुन ।

पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा तथा पर्साको सानो पाइला सहकारीबाट गैरकानुनी रूपमा गोरखा मिडियामा करोडौँ रकम गएको थियो ।

Advertisement

लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा त्यसरी आएको रकम चेक काटेर खर्च गरेको आधारमा उनीमाथि पनि सबै सहकारीको रकम अपचलनको अभियोग लगाउने प्रहरी तयारी छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top