रविको प्रतिवेदन प्रहरीले बुझायो, प्रतिवेदनमा के छ ?

३० मंसिर ८१, सोमबार

१ पुष ,काठमाण्डौ।

सहकारी प्रकरणमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएपछि अनुसन्धान प्रतिवेदन बुझाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक अब दर्ता हुनेछ।

संघीय संसदका सांसद सूर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कार्तिक २ मा पक्राउ परेका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, कास्कीले लामो अनुसन्धान प्रक्रियापछि लामिछानेमाथि मुद्दा चलाउन माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएकको हो । कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार सोमबार प्रहरीले आफ्नोतर्फबाट भएको अनुसन्धानको निष्कर्ष,आवश्यक प्रमाण तथा रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

रवि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा रवि दोषी भएको जिकिरसहित प्रतिवेदन बुझाएको प्रहरीको भनाइ छ। रवि गएको कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन्।

Advertisement

पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविसहित ४० जनाविरूद्ध प्रहरीले पूरक अभियोगपत्र अदालतमा दायर गर्नुपर्ने राय सरकारी वकिललाई दिएको छ। साथै, संगठित अपराधमा मुख्य योजनाकारका रूपमा रविका साथै उनका व्यावसायिक साझेदारहरू जीबी राई, छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई किटान गरिएको छ।

सम्पत्ति शुद्धीकरणमा रविले २१ करोडभन्दा बढीको शंकास्पद एवं गैरकानुनी कारोबार गरेको भन्दै मुद्दा चलाउन प्रहरीले राय दिएको छ। प्रहरी प्रतिवेदन अध्ययनपछि सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गर्नेछ।

पुस ५ गतेभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ। सम्पत्ति शुद्धीकरणमा पक्राउ परेको ९० दिनभित्र अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। यसै प्रकरणमा रविका साझेदार छविलाल बन्जाडेलाई गत असोज ६ गते काठमाडौँबाटै पक्राउ गरी पोखरा लगिएको थियो।

त्यही दिनबाट गणना गरी म्याद मिलान गरिएकाले पुस ५ भित्र मुद्दा चलाइसक्नुपर्ने भएको हो। यसबीचमा रविलाई रुपन्देही, काठमाडौँ, चितवन र वीरगन्ज लगेर पनि बयान लिइएको थियो। रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धान गरिएको हो।

यी पाँचवटा सहकारीबाट करिब ६८ करोड रुपैयाँ गैरकानुनी रुपमा गोरखा मिडियामा परिचालन गरी संगठित तवरले ठगी गरेको प्रहरीको निष्कर्ष छ।रविलाई हिरासतमा राखेर अनुसन्धानका लागि अदालतले दिएको समय आज सकिदैछ । यसबीचमा फेरि रविविरुद्ध चार दिन म्याद थपिने सम्भावना छ । उनलाई भोलि मंगलबार अदालत लगिनेछ ।

अदालतको आदेशपछि रवि कहाँ रहेर मुद्दा लड्नेछन् भन्ने फैसला गर्नेछ । कास्की हिरासतमा रहेपछि अनुसन्धानका क्रममा रविलाई यसअघि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पु¥याएर बयान लिएको थियो । यसका आधारमा ती जिल्लामा पनि रविविरुद्ध मुद्दा चल्नेछ ।

यसरी हेर्दा सबै जिल्लामा रविविरुद्ध मुद्दा दायर गरे उनीविरुद्धको अदालती प्रक्रिया लामो हुन् सक्नेछ । त्यसपछि रविलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पूर्पक्षका लागि कारागार चलान गर्ने मध्ये कुनै एक आदेश अदालतले दिनेछ ।

यसबीच रविलाई बयानका लागि विभिन्न जिल्ला घुमाएर हैरानी पारेको भन्दै पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीले समेत तीव्र असन्तुष्टि जाहेर गरेकी छन् । उनले समेत रविविरुद्ध राज्यले प्रतिशोध साधेको रुपमा ब्याख्या गरेकी छन् ।

छविभन्दा रवि २५ दिन ढिलो पक्राउ परेका थिए । तर, जोशी पक्राउ परेको दिनबाटै रविको पनि म्याद मिलान गरिएको छ । सम्पत्ति शुद्धिकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ ।

यसकारण छवि,रवि र अन्य तीनजना लीला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ विरुद्ध पनि पुस ५ भित्रै कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यता प्रहरीसँग छ । यसअघि सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको थियो ।

तर सो रकम मिडियामा लैजानेका रविको भने संम्लग्नता नरहेको प्रतिवेदनमा उल्लेख छ । पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक रवि थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top