×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

रुसी जर्नेलको हत्याको जिम्मा युक्रेनले लियो

२ पुष ,एजेन्सी ।

रुसी लेफ्टिनेन्ट जर्नेल इगोर किरिलोव मस्कोमा मारिएका छन्। रुसको आणविक,जैविक, रासायनिक रक्षा फौजका प्रमुख रहेका उनको हत्याको जिम्मा युक्रेनले लिएको छ । किरिलोव र उनका एक सहयोगी अपार्टमेन्ट भवनबाट बाहिरिँदै गर्दा नजिकै राखिएको स्कुटर विस्फोट भएको थियो।

Advertisement
Advertisement

क्रेमलिनबाट ६.५ किमि टाढाको मस्कोको दक्षिणपूर्वी इलाकामा सो घटना भएको थियो। स्कुटरमा ३०० ग्राम टीएनटी बराबरको विस्फोटक पर्दार्थ राखिएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन्। रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताएका छन् ।

प्रवक्ताले भनेका छन्, “अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ । रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन्।”

पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ। बेलायतले अक्टोबरमा किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो। बेलायतले युक्रेनमा रासायनिक हतियारको प्रयोगलाई निगरानी गरेको र क्रेमलिनको गलत सूचनाका लागि महत्त्वपूर्ण मुखपत्रको रूपमा काम गरेको बताएको छ।

सोमबार युक्रेनको गुप्तचर एजेन्सी एसबीयूले पनि उनलाई आरोप लगाएको थियो र टेलिग्राममा प्रतिबन्धित रासायनिक हतियारको ठूलो मात्रामा प्रयोगका लागि उनी जिम्मेवार रहेको बताएको थियो।

मस्को प्रहरी र अनुसन्धानकर्ताहरूले उक्त घटनालाई पूर्वनियोजित हत्याको रूपमा वर्णन गरेका छन्। मस्कोको दक्षिणपूर्वमा रहेको आवासीय क्षेत्रमा विस्फोट भएको हो। विस्फोटमा जनरल किरिलोभ र उनका सहायकको मृत्यु भएको छ ।

रुसी अनुसन्धान समितिले यस घटनामा हत्याको मुद्दा दर्ता गरेको छ र अनुसन्धान द्रुत गतिमा अघि बढिरहेको बताएको छ । प्रहरीले क्यामेरा जफत गरेको छ र अभियुक्तको खोजी गरिरहेको बताएको छ ।

लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ ५४ वर्षका थिए। उनी रुसको आणविक, रासायनिक र जैविक रक्षा सेनाका प्रमुख थिए। उनी एक निडर र साहसी सैन्य अधिकारीका रूपमा परिचित थिए। जसले अमेरिकी र पश्चिमी देशहरूको कथित जैविक र रासायनिक हतियार परियोजनाहरू विरुद्ध धेरै सनसनीपूर्ण खुलासा गरेका छन्।

Advertisement

यसबाहेक, उनी अन्तर्राष्ट्रिय स्तरमा विवादास्पद तर प्रभावशाली व्यक्तित्व थिए।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top