×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

आरजु दोहोर्याएर किन दिल्ली पुगिन् ?

४ पुष २०८१

४ पुष, काठमाण्डौ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन् । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् । जहाँ उनको भेट भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च स्तरीय नेताहरूसँग हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

Advertisement
Advertisement

यसअघि परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ‘वान टू वान’ भेटवार्ता हुने भनिएको थियो । तर विदेशमन्त्री जयशंकरको व्यस्तताका कारण दुईबीच छुट्टै भेटवार्ता हुने सम्भावना कम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यद्यपि अन्तिमसम्म पनि ‘वान टू वान’ वार्ताका लागि कोसिस गरिने बताइएको छ । परराष्ट्रमन्त्री राणाले बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।

परराष्ट्रमन्त्री राणाले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेको हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरेकी थिइन् । साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन् ।

चीनसँगको परियोजना बीआरआई सम्झौतापछि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतले नेपाललाई बीआरआईमा आवद्ध हुन् रोक्ने प्रयास गरेको थियो ।

पछिल्लो समय अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले सम्झौताको पारदर्शीतामा प्रश्न उठाएपछि सरकारले बीआरआईका परियोजना र यसको फ्रेमवर्क सार्वजनिक गरिसकेको छ । यस्तै आरजुको दिल्ली दौडाहामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका विषयमा समेत पहल गर्ने संभावना रहेको छ ।

यसअघि मन्त्री आरजुले नै चीन भ्रमणपछि प्रधानमन्त्रीको भारत भ्रमण समेत हुने बताएकी थिइन । यसअघि प्रधानमन्त्रीले आफ्नो पहिलो भ्रमणका रुपमा भारतबाटै सुरु गर्ने योजना बनाएपनि भारतबाट निम्तो नआएपछि उनले चीनको भ्रमण गरेका छन् ।

आरजुले दिल्लीमा रहँदा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कोसिस गर्ने स्रोतले जनाएको छ । यसअघि मन्त्री आरजुले गएको भदौमा दिल्लीको भ्रमण गरेकी थिइन । सो क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top