प्रशिक्षकले रेडकार्ड पाएको खेलमा पीएसजीको जित

३ पुस ८१, बिहीबार

४ पुष, एजेन्सी ।

फ्रान्सेली लिग फुटबलको गएरातिको तनावपूर्ण खेलमा पीएसजीले मोनाकोलाई ४–२ गोलले पराजित गरेको छ । प्रशिक्षकले रेडकार्ड र गोलकिप्परमाथि बुट हानिएको तनावपूर्ण खेलमा पीएसजीले जित हात परेको छ । बुधबार राति सम्पन्न खेलमा पीएसजीले मोनाकोलाई ४–२ गोलले पराजित ग¥यो।

खेलको क्रममा मोनाकोका डिफेन्डर विल्फ्रेड सिङ्गोको बुटले पीएसजीका गोलरक्षक जियानलुइगी डोनारुमाको अनुहारमा चोट लागेको थियो । जसका कारण डोनारुमालाई प्रतिस्थापन गर्नु परेको थियो। तर यो घटनामा रेफ्रीले सिङ्गोलाई रातो कार्ड देखाएनन् ।

Advertisement

आफ्ना गोल रक्षकको मुखमा बुट लाग्दा समेत रेफ्रीले रेडकार्ड नदिएपछि पीएसजीका प्रशिक्षक लुइस एनरिकले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए। खेलको अन्त्यतिर मोनाकोका प्रशिक्षक एडी हटरले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

पिएसजीका प्रबन्धक लुइस एनरिकले घटनापछि रेफ्रीको कार्यको बारेमा बोलेका छैनन्। इएसपिएनले उद्धृत गरेअनुसार उनले भनेका छन्, “रेफ्री निर्णयहरूमा म केही गर्न सक्दिनँ, मैले केही गर्न सक्दिन, हामी सबैले देखेका छौं ।

Advertisement

उनले भनेका छन् यस प्रकारको म्याच रेफ्री गर्न गाह्रो छ, म रेफ्रीको कामको बारेमा कुरा गरिरहेको छैन। “ खेलमा ओसमान डेम्बेले एक गोल गरे भने गोन्कालो रामोस र डिजायर डोउले पनि आफ्नो नाम स्कोरसिटमा दर्ता गरे । मोनाकोका एलिस बेनले पेनाल्टी र ब्रिन एम्बोलेले १, १ गोल गरे ।

डोनारुमाको अनुहारमा चोट लागेपछि उनलाई प्रतिस्थापन गर्नुपरेपनि पीएसजीले मोनाकोलाई ४–२ ले पराजित गर्दै लिग तालिकामा आफ्नो अग्रता कायम राखेको छ । यो जितसँगै पीएसजीले लिग तालिकामा आफ्नो निकटतम प्रतिद्वन्द्वी मार्सेसँग १० अंकको अग्रता हासिल गरेको छ।

१६ खेलबाट ४० अंकसहित पीएसजी पहिलो स्थानमा रहेको छ। यस्तै १५ खेल खेलेको मार्से ३० अंकसहित दोस्रो र १६ खेलबाट ३० अंक जोडेको मोनाको तेस्रो स्थानमा छ । फ्रान्सेली लिगमा १८ टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

फ्रान्सेली लिग १ फ्रान्सको शीर्ष स्तरको पेशेवर फुटबल प्रतियोगिता हो। यो फ्रान्सको सर्वाधिक प्रतिष्ठित लिग हो र देशभरका उत्कृष्ट फुटबल क्लबहरूले यसमा भाग लिन्छन्। लिग १ मा २० टोली हुन्छन्,जसले सिजनभर एकअर्काविरुद्ध खेल्छन्।

सिजन अगस्टदेखि मे महिनासम्म चल्छ। प्रत्येक टोलीले दुई पटक (घर र बाहिर) खेल खेल्छन । सिजनको अन्त्यमा सबैभन्दा बढी अंक भएको टोली च्याम्पियन घोषित हुन्छ। लिग १ को अन्तिम स्थानमा रहेका ३ टोलीहरूलाई लिग २ (दोस्रो श्रेणीको लिग) मा घटाइन्छ।

लिग २ का शीर्ष ३ टोलीहरू लिग १ मा बढुवा हुन्छन्। लिग १ सन् १९३२ मा स्थापित भएको थियो। प्रारम्भमा यसलाई “नेसनल“ भनिन्थ्यो। १९४५ मा यसको नाम लिग १ राखिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top