रविको फोटो खिच्नेलाई कारबाही, खिच्न दिने प्रहरीलाई चाँही ?

३ पुस ८१, बिहीबार

४ पुष, काठमाण्डौ।

हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गर्ने भएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ ।  प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारवाही गर्ने उल्लेख गरेको छ ।

‘‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्तकुमार शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

उक्त तस्वीर सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रतिबद्ध रहेको पनि बताएको छ। सभापति लामिछानेको तस्वीर सेयर भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए ।

गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।

फोटो खिच्नेलाई प्रहरीले कारबाही गर्ने बताएपनि फोटो खिच्ने समयमा सुरक्षमा खटिएका प्रहरीको लापरवाहीका विषयमा भने कास्की प्रहरी मौन छ । अधिवक्ता विनोद तिमिल्सिनाका अनुशार कसैको अनुमति विना फोटो÷भिडियो खिच्न र सार्वजनिक गर्न पाइँदैन ।

‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । उनी भन्छन् यो मुलुकी संहितामै व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि विना अनुमति फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।

रविको विषयमा फोटो खिच्ने र खिच्न अनुमति दिने अथवा सो समय सुरक्षामा रहेका ब्यक्तिमाथि कानूनी कारबाही चल्न सक्ने ब्यवस्था छ। तिमिल्सिनाका अनुशार उनीहरुमाथि अनुशन्धान प्रभावित पार्न खोजेको र विना अनुमति ब्यक्तिको गोपनियता भंग गरेको अभियोगमा मुद्दा चल्न सक्छ ।

हिरासतमा रहेका सुरक्षा अधिकारीको अनुमति विना कसैको भिडियो वा फोटो खिच्न नपाइने व्यवस्था रहेपनि हिरासतमा रहेका रविको फोटो सार्वजनिक हुनु सुरक्षाकर्मीको समेत गम्भिर चुक रहेको उनले बताए ।

नेपालको फौजदारी संहिता, २०७४ को धारा ३०५मा सुरक्षाकर्मीले हिरासतमा रहेका व्यक्तिको फोटो वा भिडियो खिच्न अनुमति दिएमा पनि निजताको उल्लङ्घन मानिन्छ। यसमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

प्रहरी ऐन, २०१२ को धारा ६४ (क) वमोजिम कुनै सुरक्षाकर्मीले आफ्नो जिम्मेवारीप्रति लापरवाही गर्दै हिरासतमा रहेका व्यक्तिको गोपनीयता उल्लङ्घन गरेमा उक्त सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्न सकिन्छ।

यसमा सेवाबाट निलम्बन, राजीनामा गराउने वा अन्य सजाय हुन सक्छ। यस्तै मुलुकी अपराध संहिता, २०७४ को धारा १५४ वमोजिम सुरक्षाकर्मीलाई समेत कारबाही गर्न सकिने व्यवस्था छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top