NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

कर्णालीको सपना चकनाचुर, जनकपुरसँग २ विकेटले हार्याे

बिहिबार पुस ४ , २०८१
Reading Time: 1 min read
A A
कर्णालीको सपना चकनाचुर, जनकपुरसँग २ विकेटले हार्याे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ पुष, काठमाण्डौ।

पहिलो क्यालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुरका कप्तान आसिफ शेखले भनेका थिए, सुदूरसँग फेरि फाइनलमा भेट हुनेछ , अन्ततः उनको दाबी सत्य सावित भएको छ । कर्णालीको उपाधि भिड्न्त खेल्ने सपना चकनाचुर बनाउदै जनकपुरले सुदूरसँगको उपाधि भिड्न्त पक्का गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि अब जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार प्रतिस्पर्धा हुने छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा स्थान पक्का गरेको हो।

LS Auto

जारी एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच अब तेस्रो भिडन्त हुने भएको छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो। फाइनल खेल शनिबार मध्यान्ह हुनेछ।

बिहीबार कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो। जनकपुरका शीर्ष तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनरद्वय शुभ कंसाकार ३ रन र कप्तान आसिफ शेख ४ रनमै आउट भए।

लाहिरू मिलान्था पनि २ रनमा आउट भएपछि जनकपुरले चार ओभर चल्दै गर्दा ३ विकेट गुमाएको थियो। आकास त्रिपाठीले १३ रन र हर्ष थाकरले १७ रन जोडे। थाकर जिमी निशमसँग असमझदारीका कारण १२औं ओभरमा रनआउट हुन पुगेका थिए।

त्यसपछि जिमी निशमले जनकपुरको आसा जगाए। उनले १७ बलमा २ चौका र ५ छक्काको मद्दतमा ४५ रन जोडे। तर उनी १५औं ओभरको तेस्रो बलमा कर्णालीका विपिनप्रसाद शर्माबाट बोल्ड हुँदा जनकपुर दबाबमा आयो।

यहि ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई विपिनले १ रनमा एलबिडब्लूको धरापमा पर्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो। १९औं ओभरको चौथो बलमा मयन यादव दुई रन लिने क्रममा रनआउट हुन पुगेका थिए।

उनले १८ बलमा १४ रन जोडे। यो ओभरमा जनकपुरले १४ रन लिएपछि जित निकाल्न सफल भयो। जसमा शेर मल्लले १० बलमा जोडेको नटआउट १६ रन महत्वपूर्ण सावित भयो। बलिङमा कर्णालीका विपिन शर्माले ३ विकेट लिए भने सोमपाल कामी, विलियम बासिस्टो र जिशन मक्सुदले १–१ रन हात पारे।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दोस्रो क्वालिफायरमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन जोड्यो। महत्वपूर्ण खेलमा कर्णालीको ओपनिङ चल्न सकेन।

चितवनविरूद्धको एलिमिनेटरको खेलमा अर्धशतक प्रहार गरेका जयकिशन कोल्सावाला १ रनमै आउट भए। उनी दोस्रो ओभरमा जनकपुरका ललितनारायण राजवंशीको बलमा हर्ष थाकरबाट क्याच भए।

त्यसपछि छैटौं ओभरमा ओपनर देव खनाल २४ रन जोडेर आउट भए। जिमी निशमको बलमा आकाश त्रिपाठीबाट क्याच हुनुअघि उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यसपछि जिशन मक्सुद १२ रन र विलियम बोसिस्टो १४ रनमा पेभिलियन फर्के।

सातौं ओभरमा मोहमद मोहसिनले विकेटकिपर लाहिरू मिलन्थाबाट जिशनलाई क्याच गराए। बोस्सिटोलाई दशौं ओभरमा ललितले मिलन्थाबाटै क्याच गराए। चाडविक वाल्टनलाई १२औं औभरमा हर्ष थाकरले ११ रनमा क्याच गराए भने अर्को ओभरमा अर्जुन घर्तीलाई २ रनमा मयन यादवले रनआउट गरे।

जससँगै कर्णालीले १३ ओभर चल्दै गर्दा ६ विकेट गुमाउँदा ७९ रन जोडेको थियो। त्यसपछि सोमपाल कामी ५ रनमा आउट भए। उनी १६औं ओभरमा शेर मल्लको बलमा मोहसिनबाट क्याच भए। १७औं ओभरमा गुल्सन झा २५ रनमा आउट भएपछि कर्णालीको स्कोरबोर्ड झनै सुस्त हुन पुग्यो।

२० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सनलाई मोहसिनले बोल्ड गरेका थिए। यस्तै अन्तिम बलमा जिमी निशमको एलबिडब्लूको धरापमा पर्नुअघि युनिस ठकुरीले १२ रन जोडे। अघिल्ला दुई बलमा उनले निशमलाई लगातार चौका प्रहार गरेका थिए।

बलिङमा जनकपुरका जिमी निशम, ललितनारायण राजवंशी र मोहमद मोहसिनले २–२ विकेट लिए। हर्ष थाकर र शेर मल्लले १–१ विकेट हात पारे। पराजित भएको कर्णाली याक्स एनपिएलको तेस्रो स्थानमा सिमित भएको छ । उसले २५ लाख सुरक्षित गरेको छ ।

Tags: #कर्णालीको सपना चकनाचुर#नेपाल प्रिमियर लिग (एनपिएल)

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.