NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

रविको फोटो प्रकरणको कम्पन,साइबर ब्युरो पुगे दीपक बोहरा

शुक्रबार पुस ५ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
हिरासतको फोटो भाइरल, रवि सुरक्षित छैनन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

५ पुष , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासतमा रहेको तस्बिर सार्वजनिक भएपछिको कम्पन अझै कम भएको छैन् । हिरासतको फोटो आफूले खिचेको र सामाजिक संजालमा सार्वजनिक गर्नु गम्भिर गल्ती भएको भन्दै रविका समर्थक नै रहेका डा निकोलस भुसालले माफी मागेका छन् भने कास्की प्रहरीले अनुसन्धान जारी रहेको भन्दै फोटो खिच्ने रसार्वजनिक गर्नेमाथि कारबाही गर्ने बताएको छ ।

तर सुरुमा उक्त तस्बिर सार्वजनिक गर्ने तथा त्यो आफैँले खिचेको दाबी गर्ने लामिछानेका समर्थक डा. निकोलस भुसाल र आफूबीचको नक्कली च्याट बनाउनेविरुद्ध रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले साइब्युरोमा निवेदन दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै निकोलस र आफूबीच च्याटमा कुराकानी भएको भनी फेक च्याट बनाएर अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको बताएका हुन्। निकोलसलाई आफूले नभेटेको नै ७ महिना भइसकेको र यसबीच कुनै सम्पर्क नभएको उनले दावी गरेका छन्।

यसैले यसविरुद्ध आफूले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको उनले उल्लेख गरेका छन्। ‘हिजोदेखि निकोलस भुसाल र मबीच कुरा भयो भनेर एउटा फेक च्याट गरेको स्क्रिनसट भाइरल छ। यो के हो भनेर धेरैले मलाई म्यासेज गरिरहेका छन्। बिहान मलाई डोनाल्ड ट्रम्पले गुडमर्निङ भनेको, नरेन्द्र मोदीले कैसे हो भाइ भनेको, केपी ओलीले के छ दीपक भनेको च्याटको स्क्रिनसट मसँग छ। भनेको यसरी फेक च्याट बनाउन मिल्छ। तर फेक च्याट बनाउनेहरूलाई त्यो साइबर कानुन आकर्षण हुन्छ’, भिडिओमा बोहराले भनेका छन्, ‘निकोलस भाइ मैले नभेटेकै ७ महिना भाको होला। निकोलस पोखरा आकै मलाई थाहा छैन। ऊ रवि दाइलाई भेट्न गाको पनि मलाई थाहा छैन। ऊ भेटेर गयो कि नेभटी गयो कि मलाई थाहा छैन। नत्र म फोटो खिच भन्थेँ। फेक च्याट भाइरल बनाउनेहरूलाई लागि मैले साइबर ब्युरोमा जानकारी गराको छु र निवेदन पनि पठाएको छु।’

रविको फोटो भाइरल भएपछि दीपक र निकोलसको भनिएको च्याट सार्वजनिक गरिएको छ ।लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई भने जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गर्ने भएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारवाही गर्ने उल्लेख गरेको छ ।

‘‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिने र नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्तकुमार शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । उक्त तस्वीर सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रतिबद्ध रहेको पनि बताएको छ ।

Tags: # रविको फोटो प्रकरण#राष्ट्रिय स्वतन्त्र पार्टी

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.