×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

विराटनगरमा गुण्डागर्दी ! मरणासन्न हुने गरी कुटिएको घटना के हो ?

७ पुष २०८१

७ पुष ,विराटनगर।

प्रदेश राजधानी समेत रहेको विराटनगरका नगरवासीले आफूलाई सबैभन्दा सुरक्षित महसुस गर्ने गर्दछन् । यसको कारण भनेको चाँही यहाँ अन्य स्थानमा भन्दा प्रहरीको सुरक्षा व्यवस्था कडा रहन्छ भन्ने हो । तर विराटनगरमा घटेका पछिल्ला दुई घटनाले भने विराटनगरवासीलाई असुरक्षित भएको आवास गराएको छ ।

Advertisement
Advertisement

विराटनगरको एयरपोर्ट लाइनमा रहेको तृष्णा–द क्रेभिङ टेल्समा गएका एक युवकलाई मरणासन्न हुने गरी कुटेको भिडियो सार्वजनिक भएलगत्तै हिजो विराटनगरको मुटुमा रहेको बालाजी कपडा पसलमा गएर युवाहरुको अर्काे समूहले जथाभावी आक्रमण गरेको अर्काे भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यी दुई भाइरल बनेका भिडियोको बास्तविकता बारे जानकारी दिँदै मोरङ प्रहरीले भने दुवै भिडियो एकअर्का घटनासँग जोडिएको भन्दै अनुसन्धान अन्तिम चरणमा रहेको र त्याहा सम्लग्नहरुको खोजी भइरहेको बताएको छ ।

मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुशार अहिलेसम्म कुनै पक्षबाट पनि जाहेरी नपरेपनि शान्ति सुरक्षामा खलल पुर्याएको घटनामा सम्लग्नहरुको खोजी भइरहेको छ । तृष्णामा कुटिएका युवा पक्षको भनाइ अनुशार शुक्रबार राती तृष्णामा गएका रुस्तम उपे्रती, गोपाल दास र गौतम भगतले मादक पर्दाथ सेवन गरेपछि संचालकसँग विवाद भएको थियो ।

सोही विवाद बढ्दै गएपछि तृष्णाका संचालक मध्येका एक बालाजी कपडा पसलका संचालक समेत रहेका विजयले सुरुमा रुस्तममाथि झापड प्रहार गरेका थिए । त्यसलगत्तै विवादले उग्ररुप लिदा रुस्तममाथि तृष्णा बाहिरको खाली जग्गामा मरणासन्न हुने गरी कुटपिट भएको थियो ।

सो कुटपिटमा संचालक विजयसहित अमन साहले नेतृत्व गरेको उनीहरुको आरोप छ । आक्रमणबाट घाइते भएका रुस्तमको टाउकोमा ९ वटा टाका लगाइएको भनिएको छ । यस घटनाका सम्बन्धमा मोरङ प्रहरीमा जाहेरी दिन गएपनि आफूहरुको जाहेरी नलिई तृष्णा पक्षको मात्रै जाहेरी लिएको उनीहरुले दावी गरेका छन् ।

अर्काे तर्फ तृष्णाका संचालकमध्येका एक अमन साहले भने तृष्णामा आएर रुस्तमसहितका युवाहरुले अर्काे पक्षलाई धाकधम्की दिँदै विवाद गरेपछि आफूहरुले छुट्याएपनि विवाद बढ्दै गएपछि बाहिर सो घटना भएको देखिएको बताएका छन् ।

उनले आफूहरु होटल व्यवसाय संचालक रहेको र कुनैपनि ग्राहकलाई आफूहरुको तर्फबाट आक्रमण गर्ने विषयमा सोच्न समेत नसकिने बताएका छन् । विवाद बढ्दै गएपछि त्याहा रहेका बाउन्सरहरुबाट सम्झाउने प्रयास गर्दा पनि केही नलागेपछि सो घटना भएको हुन् सक्ने संचालक साहले बताएका छन् ।

त्याहा विवाद भएपछि आफूहरुले प्रहरीलाई खबर गरेपनि प्रहरी त्याहा नपुग्दै १ मिनेटको समयमा सो घटना भएको उनले बताएका छन् । यता घाइते भएका रुस्तम पक्षले भने विवाद भए प्रहरी बोलाएर कानूनी कारबाहीमा लैजानु पर्नेमा तृष्णाका सबै मिलेर कुटपिट गरिएको बताएका छन् ।

विवाद हुँदा सम्झाउनुको साटो बाउन्सरसहितबाटै आक्रमण हुनु दुखद् भएको बताएका छन् । शुक्रबारको यो घटनापछि शनिबार विराटनगरको ट्राफिक चोकमा रहेको बालाजी कपडा पसलमा दिनदहाडै केही युवाहरुको समूहले आक्रमण गरेको छ । सो आक्रमण तृष्णामा भएको घटनासँग जोडिएको प्रहरीले बताएको छ । सो आक्रमणमा सम्लग्न भएकाहरुको पनि खोजी भइरहेको मोरङ प्रहरीले बताएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top