NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

दलका नेताविरुद्धको मुद्दा फिर्ता लिने व्यवस्था हट्ने भयो

आइतवार पुस ७ , २०८१
Reading Time: 1 min read
A A
राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ पुष , काठमाण्डौ।

सरकार शान्तिपूर्ण राजनीतिमा आएका दलका नेताविरुद्धको मुद्दा फिर्ता लिने निर्णयबाट पछि हटेको छ । कानुन न्याय तथा मानवअधिकार समितिको आइतबार बसेको बैठकमा केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ फिर्ता लिएको हो ।

जहाँ सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दासमेत सरकारले फिर्ता लिन सक्ने प्रावधान छ । यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा विचाराधीन छ ।

LS Auto

आइतबार बसेको समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तावित विधेयकको दफा ६४ फिर्ता लिने घोषणा गरेका हुन् । ‘दफा ६४ यसअघिकै मन्त्रीले फिर्ता लिन्छु भनेकाले हामी फिर्ता लिन तयार छौँ, मन्त्री चौरसियाले भने ।

यसमा माओवादी केन्द्रले भने असहमति जनाएको छ । माओवादी केन्द्रले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको प्रस्तावमा असहमति राख्दै सङ्घीय संसदमा आपत्ति जनाएको हो । माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीसहितका सांसदहरूले आफ्नो पार्टीका तर्फबाट यो व्यवस्था फिर्ता लिने कुरामा नोट अफ डिसेन्ट रहने भनी असहमति जनाएका छन् ।

२०७७ सालमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको तीन बुँदे सहमतिका आधारमा दफा ६४ राखिएको थियो । त्यस्तै नेपाल जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सहमति गर्दा ऐनमार्फत उनीहरूका कार्यकर्ता र नेतामाथि लागेको मुद्दा फिर्ता लिने भनिएको थियो ।

तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल रहेका थिए । घर्तीले उक्त तीन बुँदे सहमति कार्यान्वयनसँग समेत दफा ६४ सम्बन्धित रहेको तर अहिले आएर फिर्ता लिन नमिल्ने बताए ।

‘सरकारले फिर्ता लिन्छु भन्यो । तर यो आउनुको कारण छ भन्ने लाग्छ’ उनले भने– ‘तै पनि सरकार पछाडि हट्छ र समिति तयार हुन्छ भने हाम्रो पार्टीको ‘नोट अफ डिसेन्ट रहन्छ ।’ माओवादीका अर्का सांसद रामकुमार राईले पनि घर्तीको भनाइमा समर्थन जनाए ।

उनले यो दफा राजनीतिक आन्दोलनपछि शान्ति वार्तामा र खुल्ला राजनीतिमा आएका दलहरू र तीनका नेताहरूसँग जोडिएकाले अहिले फिर्ता लिने कुरामा सहमत हुन नसकिने बताए । ‘राजनीतिक आन्दोलन र राजनीतिक सहमति तत्कालीन सरकारले गरेको छ ।

त्यसमा सहमति गर्ने सरकार जिम्मेवार नै रहन्छ ’ राईले भने ‘फेरि अहिले विगतमा सहमति गर्ने केपी शर्मा ओलीकै नेतृत्वमा सरकार छ । यो त कार्यान्वयनमा लैजानुपर्नेमा फिर्ता लिने कुरा किन भयो ।’ तत्कालीन समयमा विप्लवसहितका नेताहरू विरुद्ध हत्यासहित एनसेलको टावरमा विस्फोटन गराएको मुद्दा थियो ।

त्यस्तै सिके राउत र उनका कार्यकर्तालाई देश विप्लवको मुद्दा थियो । खासगरी विप्लव र उनका कार्यकर्ताहरूलाई अदालतले पक्राउ पुर्जी समेत जारी गरेपछि सरकारले यस्तो कानुनी व्यवस्था अघि सारेको थियो ।

यसअघि सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग गरेको सम्झौताका आधारमा तत्कालीन कानुन मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधनमा सशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका समूहका नेताविरुद्ध जुनसुकै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सक्ने व्यवस्था सहित विधेयक तयार पारेका थिए ।

यो विधेयक हाल प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिमा छलफलको क्रममा छ । सरकार र सीके राउत नेतृत्वको जनमत पार्टीबीच २०७५ फागुन २४ गते ११ बुँदे सहमति भएको थियो ।

यसैगरी २०७७ साल फागुन २० गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियो । यो सहमतिसँगै जनमतले मुलुकको अखण्डता स्वीकार गर्दै संसदीय राजनीतिमा आएको थियो भने विप्लव नेतृत्वको नेकपा हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

ती सहमति पत्रहरुमा दुवै पार्टीका नेता–कार्यकर्तालाई लागेका मुद्दा सरकारले फिर्ता लिने उल्लेख छ । बैठकमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले विप्लव र सीके राउत नेतृत्वको पार्टीका नेता–कार्यकर्ताहरुको फिर्ता लिन सकिने मुद्दा फिर्ता लिइसकेको बताए ।

Tags: #सिके राउत र विप्लव#विप्लव माथि खतराको घण्टी

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.