पोल्याण्डमा रोजगारीको अवसर, भिसा नियम बदल्यो

१३ पुस ८१, आइतबार

१४ पुष , काठमाण्डौ।

पोल्याण्ड विश्वका ती देशहरू मध्ये एक हो जहाँ नेपालीहरु पनि अध्ययन र रोजगारीका लागि पुग्ने गर्दछन् । पोल्याण्ड रोजगार र शिक्षाका लागि अन्य विदेशी राष्ट्रहरुका लागि पनि त्यति नै लोकप्रिय छ। यसलाई ध्यानमा राख्दै युरोपको यस देशले सन् २०२५ का लागि आफ्नो भिसा नियमहरू परिवर्तन गर्ने घोषणा गरेको छ।

रोचक कुरा के छ भने अमेरिकाले आफ्नो लोकप्रिय एच–१बी भिसा कार्यक्रममा पनि परिवर्तन गरेको समयमा पोल्यान्डले भिसा नियममा परिवर्तनको घोषणा गरेको हो। आज विश्वका धेरै देशहरूले कुशल जनशक्तिहरूका लागि आफ्नो आप्रवासन नीतिलाई पूर्णतया सहज बनाउने दिशामा ठुला–ठुला कदम चालेका छन्।

Advertisement

पोल्यान्डले गरेको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन विदेशी कामदारहरूका लागि अनिवार्य रोजगार सम्झौता हो। यी नयाँ नियमहरू अन्तर्गत, कामदारहरूले अब नागरिक कानून सम्झौता अन्तर्गत कम्पनीहरूमा काम गर्न सक्दैनन्।

यसले कामदारहरूलाई अधिक रोजगारी सुरक्षा र पोलिश श्रम कानुनअन्तर्गत विशेष सुरक्षा प्रदान गर्नेछ। वास्तवमा, पोल्याण्डको यो कदमलाई पारदर्शी र नियमित श्रम बजार सिर्जना गर्ने प्रयासको हिस्साको रुपमा हेरिएको छ ।

Advertisement

पोल्याण्ड आफ्नो देशमा आउने विदेशी कामदारहरूले कुनै पनि प्रकारको शोषणको सामना गर्न नपरोस् भन्ने चाहन्छ। पोल्यान्डले नयाँ विधायी मस्यौदामा पनि काम गरिरहेको छ। भिसा र निवास अनुमतिहरूलाई सरल बनाउने उद्देश्यले यो कदम चालिएको हो।

मस्यौदामा विदेशी कामदारहरूको राम्रो अनुगमन र नियमहरूको पालना नगरेकोमा सजायको प्रावधान छ। यसबाहेक यो ड्राफ्टअन्तर्गत गैरकानुनी रूपमा देशमा प्रवेश गर्ने मानिसहरूलाई पनि रोक्नुपर्ने छ।

पोल्याण्डमा कुशल जनशक्तिको माग निरन्तर बढिरहेको छ। नयाँ भिसा मार्फत पोल्यान्ड आफूलाई कुशल श्रमको केन्द्र बनाउन चाहन्छ र यसले पोल्यान्डलाई विश्वव्यापी प्रतिभाका लागि उत्कृष्ट गन्तव्य बनाउन गइरहेको छ।

पोल्यान्डले नयाँ भिसा व्यवस्था ल्याएको छ । पोल्याण्डका विभिन्न क्षेत्रमा विदेशी कामदारको ठूलो माग छ। यसलाई पूरा गर्नाका लागि पोल्यान्डले नयाँ भिसा श्रेणी पनि घोषणा गरेको छ। ९० दिन भन्दा बढीको रोजगारका लागि राष्ट्रिय भिसा (टाइप डी)।

मौसमी कार्य भिसाका लागि मुख्यतया कृषि, पर्यटन र निर्माणमा अधिकतम ९ महिनाको लागि मान्यता । ईयू ब्लू कार्डमा उच्च–कुशल कामदारहरूका लागि दीर्घकालीन प्रवास र बसोबासका विकल्पहरू प्रदान गर्दछ।

अस्थायी निवास अनुमतिमा रोजगार प्रस्ताव वा व्यवसाय भएका व्यक्तिहरूका लागि अधिकतम ३ वर्षका लागि अनुमति दिइन्छ भने पोल्याण्डमा व्यापारमा लगानी गर्ने व्यक्तिहरूका लागि व्यापार भिसा प्रदान गरिन्छ ।

पछिल्ला वर्षहरूमा, युरोपेली देशहरूमा नेपालीहरूको आकर्षण बढ्दो छ। विशेषगरी, रोमानिया, क्रोएसिया, साइप्रस, माल्टा, पोल्याण्ड र युक्रेन जस्ता देशहरूमा नेपालीहरूको संख्या बढेको देखिन्छ।

आर्थिक वर्ष ८० ,८१ मा ५० हजार नेपाली युरोप गएका छन् । जसमा एकवर्षमा १९ सय ६९ जनाले श्रमस्कृति लिएका छन् । पोल्याण्डमा अध्ययन र रोजगारीका लागि जाने नेपालीहरूको संख्या विशेष गरी युरोपेली श्रम बजारमा नेपालीहरूको बढ्दो रुचि र अवसरहरूको कारण बढिरहेको छ।

पोल्याण्डले विगत तीन वर्षमा २० लाखभन्दा बढी काम गर्ने भिसा जारी गरेको छ, जसमा विभिन्न देशका नागरिकहरू समावेश छन्। उता अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि विदेशी दक्ष जनशक्ति अमेरिका भित्र्याउने पक्षमा उभिएका छन् ।

ट्रम्पले खर्बपति व्यापारी एलन मस्क र विवेक रामास्वामीलाई समर्थन गरेका छन् । मस्कको कुरा दोहो¥याउँदै उनले उच्च तालिम प्राप्त कामदारलाई देशमा ल्याउन विशेष भिसा कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

‘मलाई एन–१बी भिसा पहिला देखि नै मन परेको छ र म सधैँ यसको पक्षमा छु । त्यसैले हामीले यसलाई कायम राखेका छौँ ।’ अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले भनेका छन् । तर ट्रम्पका समर्थकहरू आप्रवासन नीतिको विरुद्धमा छन् । आफ्नो सम्पूर्ण चुनावी अभियान ट्रम्पले यसै मुद्दामा केन्द्रित गरेका थिए ।

अमेरिका अवैध आप्रवासीलाई प्रवेश गर्नबाट रोक्ने र अमेरिकामा बस्दै आएका अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने वाचा पनि उनले गरेका थिए । यही कारणले ट्रम्पका परम्परागत समर्थकहरूले पनि एच–१बी भिसाको विरोध गरिरहेका छन् । तर मस्कले भने यो भिसा कार्यक्रमको समर्थन गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top