Nepal Times
Nepal Times
3
Shares

देशभरको तापक्रम घट्यो, चिसो बढ्यो

देशभरको तापक्रम घट्यो, चिसो बढ्यो

१५ पुष , विराटनगर।

पछिल्ला केही दिनदेखि देशभर चिसो बढ्दै गएको छ। हिमाली क्षेत्रमा हिमपातसँगै तराई र मध्यपहाडी भेगमा बाक्लो कुहिरोले जनजीवन प्रभावित बनाएको छ। बिहान र साँझको समय अझै कठ्याङ्ग्रिने चिसोले स्वास्थ्यमा समेत असर पु¥याएको छ।

मौसम विभागका अनुसार चिसो अझै केही दिनसम्म जारी रहनेछ, जसले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ । केही स्थानमा शनिबार र हिजो आइतबारको तुलनामा आज तापक्रममा थोरै गिरावट आएपछि चिसो बढेको हो ।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस थियो ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३.७ डिग्री सेल्सियस छ ।

आइबार जुम्लाको न्यूनतम तापक्रम १.७ डिग्री सेल्सियस थियो । शनिबार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । सोमबार डडेलधुराको न्यूनतम तापक्रम ५.२, ताप्लेजुङको ५.६, वीरेन्द्रनगरको ७.०, ओखलढुंगाको ७.२, पोखराको ७.८, धनकुटाको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ४.७ डिग्री सेल्सियसमा झरेको छ।

यसअघि आजै बिहान ५ः४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। तर बिहान ८ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घटेर ४.७ डिग्री सेल्सियस कायम भएको हो। आइतबार साँझदेखि मौसम सफा भएर राति आकाश खुलेसँगै देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम घटेको हो।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.